एमाले नेता दुर्गा प्रसाईँद्वारा पूर्वराजपरिवारका सदस्य साक्षी रारी ‘महाअभियान’को थालनी

एमाले नेता दुर्गा प्रसाईँद्वारा पूर्वराजपरिवारका सदस्य साक्षी रारी ‘महाअभियान’को थालनी

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण १ गते सोमबार ०५:३०

स्मरणीय छ, नेकपा एमालेका केन्द्रीय सदस्य रहेका प्रसाईँ पछिल्लो समयमा पार्टीको नीति भन्दा फरक एजेन्डा बोकेर गतिविधि गर्दै आएका छन् । तर, यसबारेमा पार्टी नेतृत्व मौन रहँदै आएको छ ।

यो अभियानमा ऐक्यवद्धता जनाउन आम राष्ट्रप्रेमी नागरिकलाई अपील

काठमाडौँ– व्यवसायी दुर्गा प्रसाईँले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने महाअभियान’ को शुभारम्भ गर्नु भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारस शाहलाई एउटै मञ्चमा राखेर प्रसाईँले उहाँकै शब्दको ‘महाअभियान’को फागुन १ गते थालनी गर्नु भएको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले महाभियानको दीप प्रज्ज्वलनसहित उद्घाटन गर्नु भएको हो । कार्यक्रममा पूर्वराजा शाहले शान्तिको प्रतीक सेतो परेवाको जोडी समेत उडाउनु भएको थियो । झापामा आयोजित एक समारोहका बीच नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका प्रसाईँले अभियानको शुभारम्भ गर्नु भएको हो । प्रसाईँको महाअभियानको शुभारम्भअघि मेची पुलबाट शान्ति पुलसम्म पदयात्रा गरिएको थियो । पदयात्रापछि मेची नगरपालिकाको नयाँ बसपार्कमा भव्य कार्यक्रमका साथ अभियानको शुभारम्भ गरिएको हो ।
अभियानका सरिक हुन उहाँले प्रधानमन्त्री प्रचण्डसहित, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा तथा रास्वपाका सभापति रबिसहित विभिन्न दलका नेताहरूलाई निमन्त्रणा गरेको बुझिएको छ । तर ती कुनै पनि नेताहरू कार्यक्रममा देखिएनन् ।
तर पूर्वराजपरिवारका सदस्यहरूलाई पनि आमन्त्रित हुनुभउका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाह, पूर्वअधिराजकुमारी पे्ररणा शाहसहितका राजपरिवारका सदस्यहरूको सहभागिता थियो ।
प्रसाईँले आफ्नो महाअभियान पार्टी भन्दा माथि देशको रक्षाका लागि भएको दाबी गर्नु भएको छ । सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै प्रसाईँले देशको माटोलाई छातीमा राखेर अभियान शुरु गरिएको उल्लेख गर्नु भएको छ । उहाँले महाअभियान कुनै पार्टी र व्यक्ति विरुद्धको नभएको उल्लेख गर्दै उहाँले देशको रक्षा गर्दै अघि बढ्नु अहिलेको आवश्यकता भएको दाबी गर्नु भएको छ ।
सो अभियानमा ऐक्यवद्धता जनाउन आम राष्ट्रप्रेमी नागरिकलाई अपील गरिएको छ ।
प्रसाईँले आफ्नो अभियानको बारेमा केही पार्टीले नजानु भनेर भनेको सुनेको उल्लेख गर्दै त्यस्तो सोचाई गलत भएको समेत दाबी गर्नु भएको छ ।
स्मरणीय छ, नेकपा एमालेका केन्द्रीय सदस्य रहेका प्रसाईँ पछिल्लो समयमा पार्टीको नीति भन्दा फरक एजेन्डा बोकेर गतिविधि गर्दै आएका छन् । तर, यसबारेमा पार्टी नेतृत्व मौन रहँदै आएको छ ।

प्रकाशित मिति २०७९ फाल्गुन १, सोमबार १७:३० गते
हजुरको प्रतिक्रिया