बेसीशहर– लमजुङमा हिजो सम्पन्न भएको शिक्षक संघको निर्वाचनको मत गणनाको अन्तिम परिणाम प्राप्त भएको छ । घोषित नतिजा अनुसार अध्यक्ष पदमा सूर्यबहादुर केसी १६६ मत अन्तरले विजयी हुनुभएको छ । केसी नेतृत्वको प्यानल अधिकांश पदमा विजयी भएको छ ।
सो निर्वाचनमा ७२० मत खसेको थियो । घोषित मत अनुसार सूर्यबहादुर केसी १६६ मत अन्तरले विजयी हुनुभएको छ । केसीले ४४९ मत र अर्का प्रत्यासी हरिश्चन्द्र लम्सालले २८३ मत पाउनु भएको छ ।
यसैगरी, उपाध्यक्ष महिला– सीता बराल– ३५९ मतले विजयी हुनुभएको छ भने अर्का प्रत्यासी तुलसी गुरुङले ३३३ मत, उपाध्यक्ष पदमा दिनेश चिलुवाल– ३७३ मतले विजयी हुनुभएको छ । अर्का प्रत्यासी रणबहादुर गुरुङले ३४३ मत पाउनु भएको छ । सचिवमा राजु पण्डितले भारी मत २६७ मत अन्तरका साथ विजयी हुनुभएको छ । उहाँले ४९५, राजु राउतले २२८ मत पाउनु भएको छ । यसैगरी, सचिव अर्थमा प्रदिपराज घिमिरे– ३८५ मतले विजयी हुनुभएको छ भने दिनेश गुरुङ– ३१८ मत पाउनु भएको छ । त्यस्तै सहसचिव भरतबहादुर घिमिरे– ४०१ मतका साथ विजयी हुनु भएको छ भने बेलबहादुर थापा– २९४ मत पाउनु भएको छ ।
सदस्यहरू पदमा विजयी हुनुहुनेहरूमा गणेश अधिकारी– ४५८ सर्वाधिक मतका साथ विजयी हुनुभएको छ । अन्य विजयी हुनुहुनेहरूमा सन्तोष भट्टराई– ४४०, हरिश्चन्द्र लम्साल ३९० र बद्रीप्रसाद पौडेल ३६२ मतले विजयी हुनुभएको छ । अन्य प्रत्यासीहरूले देवेन्द्र न्यौपाने– ३२४, बद्रीनाथ खनाल २९२ र हरिराज रेग्मीले २६३ मत पाउनु भएको जानकारीमा आएको छ ।
संघीय र प्रदेश प्रतिनिधिको मत गणना परिणाम आउन बाँकी रहेको छ ।
सम्पन्न निर्वाचनमा कुल मतदाता संख्या १ हजार ६३ मतदाता रहेकोमा जम्मा ७२० मत खसेको निर्वाचन समितिले जनाएको छ । बौद्धिक जमातका रुपमा परिचित शिक्षक वर्गमा कम मत खस्नुको अर्थ गुटगत राजनीति नचाहनेहरूले मतदानमा भाग नलिएको समेत स्रोतको दावी छ ।
प्रकाशित मिति २०७९ फाल्गुन २१, आईतवार ०५:१७ गते