पोखरा– राष्ट्रिय शारीरिक अपाङ्ग महासंघको गण्डकी प्रदेशको पहिलो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा सुवेदी र महासचिवमा पौडेललाई फागुन २१ गते चयन गरेको हो ।
पोखरा महानगरपालिका– ७ का वडाध्यक्ष राममोहन आचार्यको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन भएको हो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूको हक हितका लागि वडादेखि महानगरपालिकासम्म समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सदस्य विष्णु सिग्देलले अपाङ्गता भित्र पनि शारीरिक अपाङ्गता भएका व्यक्तिहरू संगठित हुन आवश्यक रहेको औंल्याउनु भयो ।
सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेश अपाङ्ग निर्देशक समितिका विज्ञ सदस्य युवराज पराजुलीले अपाङ्गता भएका व्यक्तिको हितका लागि बनेका कानुनको व्यवहारिक प्रयोगका लागि आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । राष्ट्रिय अपाङ्ग महासंघका निवर्तमान केन्द्रीय सदस्य चन्द्रकान्त पौडैलले आफूहरू जिल्ला जिल्लामा संगठन विस्तारका लागि लाग्ने बताउनु भयो ।
उक्त अधिवेशनको सञ्चालन गर्दै संयोजक राम शर्मा पौडेलले गण्डकी प्रदेशको १० जिल्लाका ३५ जना सहभागी भएको जानकारी दिनुभयो ।
सम्पन्न अधिवेशनले अध्यक्षमा जगन्नाथ सुवेदी कास्कीको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिति चयन गरेको छ । उपाध्यक्षमा युवराज पराजुली स्याङ्जा, महासचिव चन्द्रकान्त पौडेल लमजुङ, सचिव हुमनाथ शर्मा बाग्लुङ, कोषाध्यक्ष सविता पौडेल कास्की चयन हुनु भएको छ ।
यसैगरी समितिको सदस्यहरूमा सीता कुँवर तनहूँ, रामचन्द्र विक कास्की, गणेश सुवेदी पर्वत, सानु थकाली मुस्ताङ, वलबहादुर तामाङ नवलपुर, सरीता केसी कास्की, गौरी दर्जी म्याग्दी र अञ्जना केसी कास्की चयन हुनुभएको छ ।
सो समितिको सल्लाहकारहरूमा सुरेन्द्र केसी, अमर गुरुङ, विष्णु सिंग्देल र देव गुरुङ चयन हुनुभएको छ । त्यस्तै, आमन्त्रित सदस्यमा विश्वराज शर्मा, विनोदविक्रम विक र जमुना सुवेदी चयन हुनुभएको छ ।
प्रकाशित मिति २०७९ फाल्गुन २२, सोमबार ०४:५६ गते