काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकका प्रतिनिधि सभा निर्वाचन क्षेत्रस्तरमा संगठन विस्तार गर्दै समिति गठन गर्ने तयारी गरेको छ । रास्वपाले निर्वाचन क्षेत्र भित्रका पार्टीका सदस्यहरूबाट खुला आवेदनमार्फत् निर्वाचन क्षेत्र समिति गठन गर्ने ७७ जिल्लामा नै तयारी गरेको फागुन २२ गते एक विज्ञप्तिमार्फत जनाएको हो ।
उक्त समितिमा रहेर काम गर्न इच्छुकहरूले आउँदो चैत १५ गतेसम्म आवेदन दिनुपर्ने सो पार्टीका महामन्त्री डा. मुलुल ढकालले आज जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ । पार्टीको एपमार्फत आवेदन दिन सकिने पनि उल्लेख गरेको छ । अनलाइन मतमार्फत् निर्वाचन क्षेत्र समिति गठन गरिने पनि उक्त पार्टीको विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले केही दिन अघि मात्र हालै सातै प्रदेश समिति पनि गठन गरिसकेको छ ।
स्मरणीय छ, आजका दिनमा पनि अनलाइनको पहुँचमा नभएका र त्यो प्रविधि अर्थात एपको ज्ञान नभएका पनि धेरै व्यक्ति छन् । सो पार्टीमा त्यस्ता व्यक्ति पनि आबद्ध हुने चाहना राखेको बुझिएको छ तर त्यस्ता व्यक्तिलाई उसले के कसरी समेट्ने हो ? त्यो भने खुलेको छैन ।
प्रकाशित मिति २०७९ फाल्गुन २३, मंगलवार ०९:०२ गते