प्रदेश अस्पताल लमजुङका प्रमुख डा. देवकोटा स्वर्ण पदकबाट विभूषित

प्रदेश अस्पताल लमजुङका प्रमुख डा. देवकोटा स्वर्ण पदकबाट विभूषित

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन ८ गते शनिवार ११:०३

डा. देवकोटा जिल्ला अस्पतालको प्रमुखका रुपमा २०८१ सालको भदौमा प्रमुखको रुपमा यहाँ आउनु भएको हो । सर्जन स्पेशलिष्ट (विशेषज्ञ)का रुपमा विशेष ज्ञान, योग्यता र अनुभवले युक्त हुनुभएका डा. देवकोटा आउनु भएपनि यो अस्पतालको स्तर बृद्धि भएर जिल्ला अस्पताल प्रदेश अस्पतालमा रुपान्तरण भएको हो ।

त्रिविका डिन प्रा. मोहनराज शर्माले डा. देवकोटालाई उक्त सम्मान प्रदान गर्नु भएको हो ।

बेसीशहर– प्रदेश अस्पताल लमजुङका प्रमुख, मेडिकल सुपरिटेन्डेन्ट तथा सर्जन डा. शिशिर देवकोटा स्वर्ण पदकबाट विभूषित हुनुभएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), त्रिभुवन विश्वविद्यालयद्वारा प्रदान गरिने प्रतिष्ठित ‘डा. सी.पी. मास्के एफ.आर.सी.एस. स्वर्ण पदक’बाट उहाँ विभूषित हुनुभएको हो ।
महाराजगञ्ज चिकित्सा क्याम्पसको एमएस जनरल सर्जरी कार्यक्रममा शैक्षिक वर्ष २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेवापत डा. शिशिर देवकोटालाई उक्त सम्मान प्रदान गरिएको हो । त्रिविका डिन प्रा. मोहनराज शर्माले डा. देवकोटालाई उक्त सम्मान प्रदान गर्नु भएको हो ।
डा. देवकोटा जिल्ला अस्पतालको प्रमुखका रुपमा २०८१ सालको भदौमा प्रमुखको रुपमा यहाँ आउनु भएको हो । सर्जन स्पेशलिष्ट (विशेषज्ञ)का रुपमा विशेष ज्ञान, योग्यता र अनुभवले युक्त हुनुभएका डा. देवकोटा आउनु भएपनि यो अस्पतालको स्तर बृद्धि भएर जिल्ला अस्पताल प्रदेश अस्पतालमा रुपान्तरण भएको हो ।

प्रकाशित मिति २०८३ श्रावण ९, शनिबार ११:०३ गते
हजुरको प्रतिक्रिया