राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना मध्यावधि निर्वाचनको पक्षमा !

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना मध्यावधि निर्वाचनको पक्षमा !

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण २५ गते बिहिबार ०८:५९

अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूले ढंग पु¥याएर मिलेर चलाउन नसक्ने, अनि कागजलाई दोष दिने गरेको स्मरण गर्नु भयो । उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, ‘त्यस्तो गरेपछि विघटन नगराएर संसद बचाउनु पर्ने ?’

ऐन, कानुन बनाउने क्रममा राजनीति गर्नेहरू अतिमा जाने गरेको उहाँको जिकिर

काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मध्यावधि निर्वाचनको पक्षमा देखिनु भएको छ । उहाँले प्रतिनिधिसभा विघटन दुनियाँको अभ्यास भएको बताउँदै फागुन २५ गते त्यस्तो आशयको अभिव्यक्ति दिनु भएको हो ।
पारिवारिक निजी वन संघ नेपालको नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै तिमिल्सिनाले ऐन, कानुन बनाउने क्रममा राजनीति गर्नेहरू अतिमा जाने गरेको जिकिर गर्नु भयो । उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिमूलक संस्था ठीकै ढंगले जाँदा कहीँ केही भयो भने सरकारले संसद विघटन गर्ने दुनियाँको जहाँको पनि अभ्यास हो । नेपालमा त्यो भइरहेको थियो, संविधान बनाउँदा पटकपटक विघटन भयो भनेर विघटन नै नगर्ने बनाउँ भनेर लेख्दा अहिले लफडा भइरहेको छ ।’
तर नेपालमा नयाँ संविधान निर्माणका क्रममा संसद विघटन गर्न नपाइने व्यवस्था राख्दा अहिले लफडा भएको उहाँले दावी छ ।
अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूले ढंग पु¥याएर मिलेर चलाउन नसक्ने, अनि कागजलाई दोष दिने गरेको स्मरण गर्नु भयो । उहाँले अहिले संसद विघटन गर्नु हुन्न भन्ने क्रान्तिकारी हुने गरेको भन्दै भन्नुभयो, ‘कस्तो विडम्बना ! भागबण्डा गरेको छ, एउटा पार्टी फुटाउन अध्यादेश ल्याएको छ, अर्को पार्टी जोड्न अध्यादेश ल्यायो, भागबण्डा ग¥यो, मन्त्री बाँड्यो ।’
राजनीतिज्ञहरूमा आफ्ना बानी सुधार नगर्ने, तर नियम– कानुनलाई दोष दिने गरेको भन्दै उहाँले भन्नु भयो, ‘परिवर्तनको चक्र घुमाएर मात्रै हामी कहाँँ पुग्छौं ?’ तिमिल्सिनाले थप भन्नुभयो, ‘चुनाव गर्ने हो भने नयाँ आउँथ्यो, त्यस्तो भएन ।’
उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, ‘त्यस्तो गरेपछि विघटन नगराएर संसद बचाउनु पर्ने ?’

प्रकाशित मिति २०७९ फाल्गुन २५, बिहीबार ०८:५९ गते
हजुरको प्रतिक्रिया