नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा निष्पक्षता, तटस्थता र विधिको पालना गर्ने प्रतिबद्धता

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा निष्पक्षता, तटस्थता र विधिको पालना गर्ने प्रतिबद्धता

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण २६ गते शुक्रबार ०५:२७

विद्यार्थी जीवनमा विपी कोइरालासँग निकट भएका पौडेलको कांग्रेसका शीर्ष नेताहरूसँगको उठबसले राजनीतिक महत्वकांक्षालाई ह्वात्तै बढाई दिएको थियो ।

प्रधानमन्त्रीको धोको अधुरै राखेर राष्ट्रपतिमा निर्वाचित

काठमाडौं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफूले निष्पक्षता, तटस्थता तथा विधिको पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि ‘धन्यवाद पत्र’मार्फत पौडेलले नेपालको राष्ट्रिय एकताको प्रबद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने फागुन २५ गते साँझ बताउनु भएको हो ।
उहाँद्वारा जारी ‘धन्यवाद पत्र’मा ‘राष्ट्रपति– संस्था’ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्दछु । नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन् ।’ उल्लेख छ ।
उहाँले भन्नु भएको छ, ‘राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु ।’
पौडेलले आफूलाई समर्थन गर्ने दल तथा मत दिने सांसदहरूलाई धन्यवाद दिनुका साथै निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराएकामा निर्वाचन आयोग, नेपाल सरकारका सम्बन्धित निकाय, सुरक्षाकर्मीसहित सबै पक्षलाई धन्यवाद दिनु भएको छ ।
साथै, आफ्ना प्रतिस्पर्धी सुवास नेम्वाङ तथा आफूलाई मत दिनेहरुप्रति सम्मान व्यक्त गर्ने समेत उल्लेख गर्नु भएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित हुनु भएको हो । तथापि उहाँको आकांक्षा ‘पार्टी र देशको कार्यकारी भएर भूमिका निर्वाह गर्ने रहेको थियो । त्यही चाहनाका कारण उहाँले प्रथम राष्ट्रपतिको प्रस्ताव त्याग समेत गर्नु भएको थियो ।
विद्यार्थी जीवनमा विपी कोइरालासँग निकट भएका पौडेलको कांग्रेसका शीर्ष नेताहरूसँगको उठबसले राजनीतिक महत्वकांक्षालाई ह्वात्तै बढाई दिएको थियो ।
नेपाली काँग्रेसको १४औं महाधिवेशन अघिका दिनसम्म पनि पौडेलको रोजाइमा राष्ट्रपति होइन प्रधानमन्त्री नै थियो । गत मंसिर– ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा समेत पौडेलले आफू प्रधानमन्त्री बन्ने भनेर नै भोट माग्नु भएबाट त्यसको पुष्टि हुन्छ । त्यसताका उहाँले भन्नुएको थियो, ‘अबको प्रधानमन्त्री म हुँ ।’ चुनावी सभाहरूमा भाषणमा भन्ने गुर्नुहुन्थ्यो, ‘सभामुख र मन्त्रीसमेत भइसकेको मान्छे हुँ अब म पुग्ने भनेको प्रधानमन्त्रीमै हो ।’
कार्तिक २८ गते तनहुँको डुम्रेमा भएको कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पौडेलले भोलि देशै हाँक्न सक्ने उल्लेख गर्नु भएको थियो ।
स्मरणीय छ, २०७७ को पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले विरोध गर्न नसकिरहेका बेला रामचन्द्र पौडेलले चर्को विरोध गर्नु भएको थियो । सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको फैसला ग¥यो तर प्रधानमन्त्री भने २०७८ असार २९ गते देउवा बन्नु भएको थियो ।

प्रकाशित मिति २०७९ फाल्गुन २६, शुक्रबार ०५:२७ गते
हजुरको प्रतिक्रिया