सुन्दरबजार नगरपालिका– ४ स्थित सत्रसय फाँटमा चैते धान रोप्ने चटारो

सुन्दरबजार नगरपालिका– ४ स्थित सत्रसय फाँटमा चैते धान रोप्ने चटारो

विष्णुकुमार श्रेष्ठ

@antaranganews

२०७९ चैत ९ गते बिहिबार ०६:४५

‘किसानहरूले चैतको पहिलो साताबाट चैते धान रोप्न शुरु गर्दछन् र यो धान आउँदो असार महिनामा भिर्त्याउने र अर्को वर्षे धान रोप्ने काम गरिन्छ ।’

नब्बे प्रतिशत भू–भागमा आर्मली जातको धान लगाइने

सुन्दरबजार(लमजुङ)– जिल्लामा चैते धान रोप्ने चटारो सुरु भएको छ । जिल्लाको सुन्दरबजार नगरपालिका– ४ स्थित सत्रसय क्षेत्रमा चैते धान रोप्न किसानहरू जुटिरहेका(फोटोमा) छन् ।
हिउँदे याममा पनि धानको उत्पादन पर्याप्त हुने भएपछि जिल्लाको सिंचित क्षेत्रका कृषकहरू चैते धान लगाउन लालायित भएका हुन् । सुन्दरबजार नगरपालिकाको कृषि विकास शाखाका प्रमुख सुरेशप्रसाद अधिकारीले बताउनु भयो । उहाँका अनुसार नगरपालिकाको करिब चार सय रोपनी खेतमा चैते धान रोपिसकिएको छ र रोप्ने काम जारी छ । उहाँले भन्नुभयो, ‘किसानहरूले चैतको पहिलो साताबाट चैते धान रोप्न शुरु गर्दछन् र यो धान आउँदो असार महिनामा भिर्त्याउने र अर्को वर्षे धान रोप्ने काम गरिन्छ ।’
आफूहरूले नब्बे प्रतिशत भू–भागमा आर्मली जातको धान लगाइने कृषक पोषराज खनियाले बताउनु भयो । उहाँका अनुसार वर्षातमा धान थन्क्याउन कठिन हुने भए पनि उत्पादन पर्याप्त हुने भएपछि कृषक चैते धानतर्फ आकर्षित भएका छन् ।
वर्षातमा धान थन्क्याउनु पर्ने काम निकै कठिन छ । आफूहरूले दुःख गरे अनुसार हिउँदे धानको बिक्री बितरण र मूल्य पाउन नसक्ने समस्या रहेको किसान खनियाले जानकारी दिनु भयो ।

प्रकाशित मिति २०७९ चैत्र ९, बिहीबार ०६:४५ गते
हजुरको प्रतिक्रिया