बास नेपाल लमजुङद्वारा जिल्लामा भएको र हुने भ्रष्टाचार बढार्न प्रजिअलाई कार्यकक्षमा पुगेर कुचो सहितको ज्ञापनपत्र बुझाउँदाको फोटो फिचर

बास नेपाल लमजुङद्वारा जिल्लामा भएको र हुने भ्रष्टाचार बढार्न प्रजिअलाई कार्यकक्षमा पुगेर कुचो सहितको ज्ञापनपत्र बुझाउँदाको फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत १७ गते शुक्रबार ०३:३०

ज्ञापन पत्र ग्रहण गर्दै सुझाव र सत्प्रयासका लागि धन्यवाद दिदै मुलुकमा ज्ञापत्र पत्रका झल्काइएको जस्तो अर्थात भ्रष्टाचार युक्त स्थिति एक पक्षका कारणले मात्र उत्पत्ती भएको होइन र एकल प्रयासले भन्दा पनि सामुहिक प्रयत्नबाट यसको निकारण गर्न सकिन्छ । सबै मिलेर सुशासनका लागि काम गरौं, म पनि आफ्नो स्थानबाट सक्दो पहल गर्नेछु भन्नुभयो ।

बासका जिल्ला सल्लाहकार संयोजक नवराज पहाडीको नेतृत्वमा एक टोली ज्ञापन पत्र बुझाउन कुचो बोकेर जिल्ला प्रशासन कार्यालय पु्गेको हो ।

बेसीशहर– मुलुक यतिबेला भ्रष्टाचारको दलदलमा फसिरहेको छ । त्यसबाट लमजुङमात्र अछुतो रहने प्रश्न रहेन । तर पनि त्यसका विरुद्ध सुशासनका पक्षमा लाग्नेहरूले पनि आफ्नो प्रयास जारी राखिरहेका छन् । त्यसै क्रममा विगत २२ वर्षदेखि भ्रष्टाचार विरुद्धको अभियान सञ्चालन गरिहरेको बास नेपालको जिल्ला शाखाले लमजुङका नवागन्तुक प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको कार्यकक्षमा पुगेर जिल्लामा भएका, भइरहेका र हुने भ्रष्टाचार बढार्न उहाँलाई कुचो सहितको ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापन पत्र ग्रहण गर्दै सुझाव र सत्प्रयासका लागि धन्यवाद दिदै मुलुकमा ज्ञापत्र पत्रका झल्काइएको जस्तो अर्थात भ्रष्टाचार युक्त स्थिति एक पक्षका कारणले मात्र उत्पत्ती भएको होइन र एकल प्रयासले भन्दा पनि सामुहिक प्रयत्नबाट यसको निकारण गर्न सकिन्छ । सबै मिलेर सुशासनका लागि काम गरौं, म पनि आफ्नो स्थानबाट सक्दो पहल गर्नेछु भन्नुभयो । प्रस्तुत छ त्यस समयको फोटो फिचर :

प्रकाशित मिति २०७९ चैत्र १७, शुक्रबार १५:३० गते
हजुरको प्रतिक्रिया