
काठमाडौं– कोरोनाभाइरस संक्रमणको संवेदनशीलतालाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोनाभाइरस संक्रमणको लक्षण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा चैत २१ गते अनुरोध गरेको हो ।
शून्यमा झरेको कोरोना भाइरसको संक्रमण पछिल्ला दिनमा फेरि बढिरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हरेक रुघाखोकी र ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड– १९ समेत हुने सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बहाना नगरौँ, कोभिड– १९ का लक्षण देखिनेबित्तिकै परीक्षण गराऔँ र आइसोलेसनमा बसौँ ।’
मन्त्रालयले संक्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका निभाउन समेत आग्रह गरेको छ । अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले संक्रमण बढिरहेको छ । नेपालमा पहिलोपटक कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी. १.१६ देखापरेको छ ।
कोभिड– १९ महामारी अझ पनि पूर्ण रूपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई आग्रह गरिएको छ ।
कोरोना भाइरसबाट बच्नका लागि नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोनाभाइरस विरुद्धको खोप लगाउन, बेलाबेलामा साबुनपानीले हात धुन वा स्यानिटाइजर लगाउन, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले छोप्न र भौतिक दूरी दुई मिटर राख्न मन्त्रालयले अनुरोध गरेको छ ।
नेपालमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट संक्रामक बढी, घातक कम :
यसैबीच, पछिल्लो समय भारतमा संक्रमण तीव्र बढाइरहेको कोरोनाको नयाँ भेरियन्ट ह्द्यद्य।ज्ञ।ज्ञट नेपालमा पनि देखा परेको छ । विज्ञहरूका अनुसार ह्द्यद्य।ज्ञ।ज्ञट भेरियन्ट अहिले संक्रिय रहेका भेरियन्टहरू मध्ये बढी संक्रामक रहेको छ । भारतकै तथ्यांक हेर्दा पनि त्यस्तो पुष्टि हुन्छ । उनीहरूले छिमेकी मुलुकमा कोरोनाको संक्रामक भेरियन्ट तीव्र गतिमा फैलिनु नेपालका लागि चिन्ताको विषय हो भनेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ वटा नमूनाको सिक्वेन्सिङ गर्दा १० वटा नमूनामा ह्द्यद्य।ज्ञ।ज्ञट भेरियन्ट देखिएको हिजै जनाएको हो ।
भारतमा पाँच महिनायता कै धेरै अर्थात् झन्डै चार हजार जनामा संक्रमण हिजो चैत २० गते देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी नयाँदिल्ली, मुम्बईसहित दक्षिणी भारतीय शहरहरूमा अहिले संक्रमण तीव्र भइरहेको छ ।
भाइरोलोजिष्ट डाक्टर लुना भट्टले ‘अहिले संक्रिय रहेका भेरियन्टहरूमध्ये ह्द्यद्य।ज्ञ।ज्ञट बढी संक्रामक देखिएको छ । हामी धेरै गम्भीर हुनुपर्ने विषय यसले हाम्रो शरीरको इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) लाई छल्न सक्छ । त्यसैले संक्रमण एकदम बढ्न सक्छ ।’
उहाँले भन्नुभयो, ‘ओमिक्रोनकै उपप्रजाति भएकाले अहिले देखिएका नयाँ भरियन्ट अघिल्लो भेरियन्ट ‘डेल्टा’ जस्तो घातक भने हुँदैन ।’ उहाँले ढाडस दिदै थप भन्नुभएको छ, ‘नेपालमा गत वर्ष ओमिक्रोन भेरियन्टको संक्रमण व्यापक फैलिएको थियो । संक्रमण फैलिए पनि अस्पताल भर्ना हुने संक्रमितको संख्या डेल्टा भेरियन्टको बेलाजस्तो थिएन । अस्पताल भर्ना भएकाहरूमा पनि धेरैलाई भेन्टिलेटर चाहिएको थिएन ।’
नयाँ भेरियन्ट डेल्टाजस्तो घातक नदेखिए पनि अन्य भेरियन्ट भन्दा बढी संक्रामक रहेकाले नेपालमा संक्रमण बढ्न सक्ने अर्का भाइरोलोजिष्ट डाक्टर वासुदेव पाण्डे बताउनु हुन्छ । उहाँले भारतमा पनि नयाँ भेरियन्टका कारण संक्रमण फैलिरहेको उल्लेख गर्दै नेपालमा पनि संक्रमण बढ्न सक्ने दावी गर्नुभयो ।
प्रकाशित मिति २०७९ चैत्र २१, मंगलवार १९:१४ गते