काठमाडौं– कोरोना संक्रमित संख्या बढ्ने क्रम जारी छ । आज संक्रमित संख्या झण्डै तीन अंकको नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ९८ जना कोरोना संक्रमित थपिएसँगै चैत २२ गते त्यस्तो पुष्यिट भएको हो ।
एक हजार ७६८ वटा नमुना परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज २८ जना संक्रमणबाट मुक्त भएका छन् ।
योसँगै सक्रिय संक्रमितको संख्या ३२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति २०७९ चैत्र २२, बुधबार २१:१८ गते