सुन्दरबजार(लजमुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापित रवि लामिछाने आज चैत ३० गते तनहूँको मानेचौकामा आउनु हुने भएको छ । उपनिर्वाचन हुने तनहूँ– १ को प्रचारप्रसारको सिलसिलामा उहाँ यहाँ आउनु हुनु भएको हो । उहाँले आज तनहूँका मानेचौका सहित पाँच ठाउँका कोणसभालाई सम्बोधन गर्नु हुने कार्यक्रम रहेको सो दलले जनाएको छ ।
सो दलका केन्द्रीय सभापति रवि लामिछाने दिउँसो १२ बजे मानेचौकामा आउने कार्यक्रम तय भएको रास्वपाका लमजुङका जिल्ला संयोजक धर्म केसीले बताउनु भएको छ । उहाँका अनुसार उहाँको साथमा तनहूँ– १ का लागि रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले, केन्द्रीय सदस्य रमेश प्रसाईँ लगायतका नेताहरूले उक्त कोणसभालाई सम्बोधन गर्नु हुनेछ । केसीले भन्नुभयो, ‘आजका कार्यक्रममा विहान ११ बजे बाइस जघाँरमा कोणसभा, १२ बजे मानेचौकामा, २ बजे पोखरी छापमा, ३ बजे चन्द्रावतीमा र ४ बजे सेपा बगैंचामा कोणसभा हुने कार्यक्रम छ ।’ त्यसबाहेक विभिन्न स्थानमा रहेका पार्टी कार्यालयमा भेटघाटका कार्यक्रम समेत रहेका छन् ।
प्रकाशित मिति २०७९ चैत्र ३०, बिहीबार ०८:५५ गते