बिना मञ्च, उठेरै सम्बोधन गरेर हिडे रास्वपाका सभापति रवि र उम्मेदवार स्वर्णिम : फोटो फिचर

बिना मञ्च, उठेरै सम्बोधन गरेर हिडे रास्वपाका सभापति रवि र उम्मेदवार स्वर्णिम : फोटो फिचर

नवराज पहाडी

@antaranganews

२०७९ चैत ३० गते बिहिबार ०६:३४

सो सभामा रास्वपाका सभापति रविले आफूहरू राजनीतिको भिडमा अर्को दल थप्नका लागि राजनीतिमा नआएको बताउँदै हिजोकै दिनको घट्नाले पनि त्यसको पुष्टि गरेको दावी गर्नु भयो । विवादित सांसद ढाकारामको कारवाहीतर्फ संकेत गर्दै उहाँले यसअघि पनि त्यस्ता अडियो काण्ड नेपाली राजनीतिमा कति आए तर ककस्ले के के गरे यहाँहरूका सामु छर्लङ्ग छ । हामी राजनीतिको सेरोफेरोमा भएका र हुने त्यही र त्यस्तै फोहोर सफाई गर्नका लागि राजनीतिमा आएका हौं रविले दावी गर्नु भयो ।

तनहुँ– १ लाई नेपालकै नमूनाको निर्वाचन क्षेत्र बनाउने स्वर्णिम वाग्लेको प्रण

मानेचौका(तनहूँ)– उपनिर्वाचनको मिति नजिकिदै गर्दा राजनीतिक दलका प्रचार शैलीले पनि गति लिइरहेको छ । यसै सन्दर्भमा तनहुँ– १ को भानु नगरपालिका– ११ को लमजुङको सीमा क्षेत्र मानेचौकामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्न आउनु भएका रास्वपाका सभापति रवि लामिछाने र सो क्षेत्रमा उक्त दलका उम्मेदवार स्वर्णिम वाग्लेले बिना मञ्च उठेरै सम्बोधन गरेर चैत ३० गते विदा हुनु भयो । प्रस्तुत छ, उक्त कार्यक्रमको फोटो फिचर ।

प्रकाशित मिति २०७९ चैत्र ३०, बिहीबार १८:३४ गते
हजुरको प्रतिक्रिया