अपाङ्गता भएका व्यक्तिहरूलाई एक दिने कुखुरा पालन तालिम सहित चल्ला, दाना र विउँ पूँजी वितरण

अपाङ्गता भएका व्यक्तिहरूलाई एक दिने कुखुरा पालन तालिम सहित चल्ला, दाना र विउँ पूँजी वितरण

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत ३० गते बिहिबार ०७:५७

अपाङ्ग संरक्षण समाजले आयोजना गरेको सो कार्यक्रममा समाजका अध्यक्ष चन्द्रकान्त पौडेलले ५१ जना सहभागी रहेकामध्ये ३२ जनालाई प्रतिव्यक्ति २० वटाका दरले कुखुराका चल्ला तथा दाना साढे १२ केजीका दरले वितरण गरिएको थियो ।

१३ जनालाई वीउ पूँजी प्रतिव्यक्ति १० हजारका दरले वितरण

बेसीशहर– लमजुङमा अपाङ्ग संरक्षण समाजले अपाङ्गता भएका व्यक्तिहरूलाई एक दिने कुखुरा पालन तालिम सहित चल्ला, दाना र विउँ पूँजी वितरण कार्य गरेको छ । बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी समाजले चैत ३० गते गरिएको हो ।
कार्यक्रमका सहभागीहरूलाई बेसीशहर नगरपालिका पशुपन्छी शाखाका डा. सन्दीप विष्टले कुखुरा पालनका बारेमा तालिम दिनु भएको थियो । सो अवसरमा ५१ जना सहभागी रहेको अपाङ्ग संरक्षण समाजका अध्यक्ष चन्द्रकान्त पौडेलले बताउनु भयो । उहाँका अनुसार तालिम पश्चात सहभागी भएका ३२ जनालाई प्रतिव्यक्ति २० वटाका दरले चल्ला तथा दाना साढे १२ केजीका दरले वितरण गरिएको थियो । उहाँले भन्नुभयो, ‘उक्त अवसरमा १३ जनालाई १० हजार रुपैयाँका दरले बीउ पूँजीसमेत वितरण गरिएको थियो ।’ उहाँले उक्त कार्यक्रम सामाजिक विकास कार्यालयको सहयोगमा गरिएको बताउनु भयो । 
सो वितरण कार्य बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले गर्नु भएको हो । उहाँले अपाङ्गताका मुद्दामा आफू संवेदनशील भएको बताउँदै नगरपालिकाकै अपाङ्गता कार्यक्रममा जोड दिने गरेको उल्लेख गर्नु भयो ।
सो अवसरमा नेकपाको पोलिटब्यूरो सदस्य राजु थापाले महिला, बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित मन्त्रालय आफ्नो दलको भागमा परेको हुँदा जिल्लामा अधिकत्तम कार्यक्रम ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्र्नुभयो । एमालेका जिल्ला सचिव सुभास पौडेलले आफूले अपाङ्गताका मुद्दामा धेरैपटक विभिन्न स्थानमा गएर छलफल र लविङका कार्य गरेको स्मरण गर्नु भयो ।
अपाङ्ग संरक्षण समाजका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सचिव सीताराम बसेलले स्वागत तथा समाजका सल्लाहकार राजेन्द्र घिमिरेले सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०७९ चैत्र ३०, बिहीबार १९:५७ गते
हजुरको प्रतिक्रिया