सुन्दरबजार बहुउद्देश्यीय सहकारीले बनायो आफ्नै भवन, आज उदघाटनको तयारी

सुन्दरबजार बहुउद्देश्यीय सहकारीले बनायो आफ्नै भवन, आज उदघाटनको तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख १ गते शुक्रबार ०५:४३

सुन्दरबजार बहुउद्देश्यीय सहकारी संस्था २०६६ सालमा स्थापना भएको हो । सहकारीको भवन उदघाटन कार्यक्रम सँगै सो सहकारीको १४ औं स्थापना दिवस समेत मनाउने तयारी छ ।

आर्थिक मन्दीको विगुल फुकिएको बेलामा भवन निर्माण गर्नु सराहनीय

सुन्दरबजार(लमजुङ)– सुन्दरबजार बहुउद्देश्यीय सहकारी संस्था लि.ले अब आफ्नै भवनबाट सेयर सदस्यहरूलाई सेवा दिने भएको छ । नवनिर्मित भवनको भोलि नयाँ वर्ष– २०८० को पहिलो दिन आज बैशाख १ गते उदघाटनको तयारी छ ।
आर्थिक मन्दीको डंका पिटिएको बेलामा आफ्नो भवन निर्माण गर्नु सराहनीय कार्य भएको छ । सुन्दरबजार नगरपालिका– ६ को कार्यालयसँगै निर्माण गरिएको उक्त भवनको सो नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले उदघाटन गर्नु हुने कार्यक्रम रहेको उक्त सहकारीको सञ्चालक समितिका अध्यक्ष उत्तम गुरुङले बताउनु भयो । उहाँका अनुसार सहकारीका नाउमा रहेको जग्गा ११ आनामध्ये ९ आना क्षेत्रफलमा भवन निर्माण गरिएको छ ।
उक्त भवनको निर्माणका लागि कुल लागत साढे दुई करोड खर्च लागेको सो सहकारीका प्रवन्धक नेत्र गुरुङले बताउनु भयो । उहाँका अनुसार सो भवन निर्माण कार्य गत वर्षको बैशाखबाट थालनी गरिएको हो, तयार गर्न एक वर्ष लाग्यो । उहाँले भन्नुभयो, ‘नव निर्मित भवनमा तीन तला छन् । त्यसमध्ये भूइँ तला र माथिल्लो तला व्यवसायिक प्रयोजनका लागि उपयोग गर्ने गरी भाडामा दिइने कार्यक्रम छ ।’ उहाँले थप जानकारी दिदै भन्नु भयो, ‘बीचको भागमा कार्यालय सञ्चालनका साथमा हलको प्रयोजन हुने गरी निर्माण गरिएको छ ।’ सहकारीको आफ्नो कार्यक्रम नभएको बेलामा हल पनि भाडामा लगाउने योजना रहेको प्रवन्धक गुरुङले जानकारी दिनुभयो ।
सुन्दरबजार बहुउद्देश्यीय सहकारी संस्था २०६६ सालमा स्थापना भएको हो । सहकारीको भवन उदघाटन कार्यक्रम सँगै सो सहकारीको १४ औं स्थापना दिवस समेत मनाउने तयारी छ ।

प्रकाशित मिति २०८० बैशाख १, शुक्रबार ०५:४३ गते
हजुरको प्रतिक्रिया