पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख ४ गते सोमबार ०८:१२

महामारी जारी रहेका बेला एमाले लगायत प्रमुख राजनीतिक दलले ठूलो संख्यामा देशभरका आफ्ना कार्यकर्ता सम्मिलित गरेर महाधिवेशन समेत सम्पन्न गरेका थिए ।
त्यस्तो बेलामा, आमसभा र भेटघाट पनि जारी राखेका कारण महामारीका बीच नेताहरूले राजनीतिक गतिविधि जारी राखेको भन्दै आलोचना हुने गरेको थियो ।

पार्टी अध्यक्ष ओलीलाई कोभिड भएको पुष्टि

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उहाँ घरमै आराम सहित उपचारमा पनि हुनुहुुन्छ ।
अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा. दिव्यासिंह शाहले गरिरहनु भएको उहाँका प्रेस संयोजक रामशरण बजगाईले बताउनु भयो । उहाँका अनुसार उहाँको स्वास्थ्य अवस्था हिजोभन्दा सुधारोन्मुख भइरहेको छ, । उहाँले भन्नुभयो, ‘भाइरल ज्वरो भएकाले सिटामोल खाइरहनुभएको छ ।’
एमालेका पार्टी अध्यक्ष ओलीलाई भाइरल ज्वरोका कारणले स्वास्थ्यमा समस्या आएको थियो । उहाँलाई कोभिड– १८ को आशंका गरिएको छ ।
बिरामी पर्नु भएका ओलीलाई आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेले ओली निवास बालकोटमा पुगेर उहाँलाई स्वास्थ्यलाभको कामना गर्नु भएको थियो ।
पार्टी अध्यक्ष ओलीलाई कोभिड भएको पुष्टि
यसैबीच, एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पार्टी अध्यक्ष ओलीलाई कोभिड भएको पुष्टि गर्नु भएको छ । उहाँ यतिबेला बालकोटस्थित निवासमा एकान्तवासमा हुनुहुन्छ ।
उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
पहिलो र दोस्रो लहरमा राजनीतिक दलका उच्च तहका नेताहरू कम मात्र सङ्क्रमित भएका थिए । यसअघि नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत विभिन्न दलका केन्द्रीय तहका नेताहरूलाई पनि कोभिड सङ्क्रमण भएको थियो ।
महामारी जारी रहेका बेला एमाले लगायत प्रमुख राजनीतिक दलले ठूलो संख्यामा देशभरका आफ्ना कार्यकर्ता सम्मिलित गरेर महाधिवेशन समेत सम्पन्न गरेका थिए ।
त्यसैगरी, आमसभा र भेटघाट पनि जारी राखेका कारण महामारीका बीच नेताहरूले राजनीतिक गतिविधि जारी राखेको भन्दै आलोचना हुने गरेको थियो ।

प्रकाशित मिति २०८० बैशाख ४, सोमबार २०:१२ गते
हजुरको प्रतिक्रिया