काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा आज वैशाख ४ गते कोरोना संक्रमण तीन अंकमा संक्रमित पुष्टि भएको छ । सोही अवधिमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
एक हजार ६३२ नमुनामध्ये परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३७९ जना पुगेको छ । १ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज एकजना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २३ पुगेको छ ।
योसँगै सक्रिय संक्रमितको संख्या ३७९ पुगेका छन् । पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएका छन् ।
काठमाडौंका अस्पतालमा आजसम्म ३४ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये सातजना आईसीयू र तीनजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति २०८० बैशाख ४, सोमबार २०:२८ गते