कोरोना अपडेट : आज थप दुई जनाको मृत्यु, १७१ संक्रमित थप भए

कोरोना अपडेट : आज थप दुई जनाको मृत्यु, १७१ संक्रमित थप भए

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख ५ गते मङ्गलबार ०८:३०

पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर ३९७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २५

काठमाडौँ– नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको बैशाख ५ गते मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २५ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण दुईजनाको मृत्यु पुष्टि भएको छ ।
यसैगरी, ८५ जनाले कोरोना जितेर संक्रमण मुक्त हुन सफल भएका छन् । हाल देशभर ३९७ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९८० पीसीआर तथा १ हजार ३१२ एन्टिजेन परीक्षण भएको छ ।
काठमाडौंका अस्पतालमा आजका मितिमा २२ जना भर्ना भएका छन् । तीमध्ये आठ आईसीयू र चारजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले पुष्टि गरेको छ ।

प्रकाशित मिति २०८० बैशाख ५, मंगलवार २०:३० गते
हजुरको प्रतिक्रिया