बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लमजुङले अहिले विहान सदरमुकाममा सद्भाव र्याली निकाल्ने तयारी गरेको छ ।
उपनिर्वाचनमा सो दलका उम्मेदवारप्रति ऐक्यवद्धता जनाउने उद्देश्यले लमजुङको समेत समर्थन रहेको जनाउ दिने उक्त र्याली बैशाख ६ गते विहान प्रदर्शन गरिने भएको हो ।
र्याली विहान ८ः०५ बजे मनाङ्गे चौताराबाट सुरु हुने आयोजकको भनाइ छ । बिशेष गरी भ्रष्टाचार अन्त्य गर्नका लागि राम्रा नेता छनौट गरौं र विकासमा अवसर दिऔं, यस्तो पुनित कार्यमा सबै जना एक जुट होऔं भन्ने उद्देश्यका साथ सदभाव ¥याली हुन लागेको सो दलले जनाएको छ । सो दलले देशको समसामयिक अवस्थालाई बुझ्न र युवा क्रेजलाई ठम्याउन पनि यसले सञ्चारको क्षेत्रमा महत्व दिएको समेत जनाइएको छ । त्यसैले उक्त र्यालीमा सहभागी हुन सम्पूर्ण जिल्लाबासीमा रास्वपा लमजुङले अनुरोध गरेको छ ।
प्रकाशित मिति २०८० बैशाख ६, बुधबार ०४:३२ गते