कोरोना अपडेट : थप एक जनाको मृत्यु

कोरोना अपडेट : थप एक जनाको मृत्यु

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख ९ गते शनिवार ०९:०३

हाल मुलुकभर ३८३ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५० जनाले कोरोना जितेर संक्रमण मुक्त भई घर फर्किएका छन् ।

७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । साथै ७८ जनामा कोरोना भाइरस संक्रमण बैशाख ९ गते पुष्टि भएको हो ।
कुल २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ५० जनाले कोरोना जितेर संक्रमण मुक्त भई घर फर्किएका छन् । हाल मुलुकभर ३८३ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति २०८० बैशाख ९, शनिबार २१:०३ गते
हजुरको प्रतिक्रिया