काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ८१ जना कोरोना संक्रमित थपिएका छन् । आजका दिनसम्म कुल २२ जना अस्पतालमा भर्ना भएका छन् ।
एक हजार ३०६ वटा नमुना परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजै ५४ जनाले कोरोना जितेर संक्रमणमुक्त हुन सफल भएका छन् । आज पुष्टि भएको संख्यासँगै सक्रिय संक्रमितको संख्या ३७० पुगेको छ । कोरोनाको संक्रिय संक्रमितको संख्या ३७० जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २२ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तीमध्ये तीनजना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २७ पुगेको छ ।
संक्रमण बढेसँगै मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सबैमा आग्रह गर्दै आएको छ ।
प्रकाशित मिति २०८० बैशाख १०, आईतवार २०:५२ गते