विराटनगर महानगरपालिकाले गर्यो निस्कृय १५ सहकारी संस्थाको दर्ता खारेज

विराटनगर महानगरपालिकाले गर्यो निस्कृय १५ सहकारी संस्थाको दर्ता खारेज

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख ११ गते सोमबार ०१:०९

विराटनगर– विराटनगर महानगरपालिकाले १५ वटा सहकारी संस्थाहरूको दर्ता खारेज गरेको छ । महानगरपालिका कार्यालयका अनुसार लामो समयदेखि निस्कृय सहकारी संस्थालाई खारेज गरेको वैशाख ११ गते सार्वजनिक गरेको हो । लेखा परीक्षण नगरेको, साधारणसभा...

विराटनगर– विराटनगर महानगरपालिकाले १५ वटा सहकारी संस्थाहरूको दर्ता खारेज गरेको छ । महानगरपालिका कार्यालयका अनुसार लामो समयदेखि निस्कृय सहकारी संस्थालाई खारेज गरेको वैशाख ११ गते सार्वजनिक गरेको हो ।
लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका कारण सहकारी ऐनअनुसार ती सहकारी खारेजीमा परेको महानगरपालिकाले जनाएको छ ।
महागनरले गत फागुन २२ गते सार्वजनिक सूचना प्रकाशित गरी लेखापरीक्षण प्रतिवेदन तथा आवश्यक कागजातसहित महानगरमा सम्पर्कमा आउन सूचित गरेको थियो । पटक–पटक सूचना प्रकाशित गर्दा पनि सम्पर्कमा नआएपछि महानगरले खारेजी गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताउनु भयो । उहाँका अनुसार खारेजीमा पर्ने सहकारी संस्थाहरू धेरैजसो बचत तथा ऋणको कारोबार गर्नेहरू छन् । तिनीहरूमा विराटनगर– २ को सक्रिय बचत तथा ऋण सहकारी संस्था लि., विराटनगर– ४ को पुष्पाञ्जली बहुद्देश्यीय सहकारी, वडा नं ५ को विराट कासेलीघर, ५ कै एक्सेचेन्ज बचत तथा ऋण सहकारी, ७ को सुमेरु बचत तथा ऋण सहकारी र ८ को सहयोगी सहकारी संस्था छन् ।
विराटनगर– ९ को भिजन फर्मा सहकारी, खाटुश्याम बचत तथा ऋण सहकारी, सत्यम ओमसाई बचत तथा ऋण सहकारी संस्था, सबल बचत तथा ऋण सहकारी संस्था, युरो बहुद्देश्यीय सहकारी संस्था लिमिटेड पनि खारेजीमा परेका छन् ।
विराटनगर– १२ स्थित गजलक्ष्मी बचत तथा ऋण सहकारी, १४ को गरिमा बचत तथा ऋण सहकारी, १४ को बहुमूल्य कृषि सहकारी र १५ को ऋद्धिसिद्धि बचत तथा सहकारी संस्थासमेत खारेजीमा परेका हुन् ।

प्रकाशित मिति २०८० बैशाख ११, सोमबार १३:०९ गते
हजुरको प्रतिक्रिया