काठमाडौं– पछिल्लो २४ घण्टामा तीन अंकमा संक्रमित थपिएका छन् । बैशाख ११ गते ११३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै त्यस्तो खुलासा भएको हो ।
आज १ हजार ८१० नमुना जाँच गरिएको मध्ये ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ४४ जनाको एन्टीजे परीक्षण गर्दा ४९ जना गरी ११३ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाको सक्रिय संक्रमितको संख्या ३६२ पुगेको छ । संस्थागत आईसोलेशनमा २९ जना, आईसीयूमा ४ जना र भेन्टिलेटरमा एक जना उपचाररत रहेको समेत मन्त्रालयले जनाकारी दिएको छ ।
कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले संक्रमण बढेसँगै कोरोनाविरुद्धको बुस्टर डोज खोज लगाउन सबैमा आग्रह गरेको छ ।
त्यस्तै, आजै ७२ जनाले कोरोना जितेर संक्रमणमुक्त भएका छन् । हाल देशभर ३६२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
यसैबीच, हिजो बैशाख १० गते ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति २०८० बैशाख ११, सोमबार २०:३० गते