अमेरिकामा दुई महिना नबित्दै तेस्रो बैंक टाटपल्टियो

अमेरिकामा दुई महिना नबित्दै तेस्रो बैंक टाटपल्टियो

एजेन्सी

@antaranganews

२०८० बैशाख १९ गते मङ्गलबार ०८:०२

यसअघि अमेरिकामा गत मार्च १० मा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकको टाट पल्टिएका थिए । सम्पत्तिको आधारमा सिग्नेचर बैंक अमेरिकी इतिहासमा पतन हुने तेस्रो ठूलो बैंक थियो ।

जेपी मोर्गनले किन्यो फर्स्ट रिपब्लिकलाई : यस घट्नाले विश्व अर्थ बजारमा शुभ संकेत दिएको छैन । 

काठमाडौं– अमेरिकामा दुई महिना नबित्दै तेस्रो बैंक टाटपल्टिएको छ । अमेरिकी बैंकिङ नियामकले सान फ्रान्सिस्कोस्थित बैंक फर्स्ट रिपब्लिकलाई बन्द गर्ने र ऋणदाताको निक्षेप जेपी मोर्गन चेसलाई बेच्ने घोषणा बैशाख १८ गते गरेसँग त्यस्तो खुलासा भएको हो ।
दुई महिना नपुग्दै अमेरिकामा तेस्रो बैंक टाट पल्टिन गएको हो । यसअघि अमेरिकामा गत मार्च १० मा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकको टाट पल्टिएका थिए । सम्पत्तिको आधारमा सिग्नेचर बैंक अमेरिकी इतिहासमा पतन हुने तेस्रो ठूलो बैंक थियो ।
फर्स्ट रिपब्लिक बैंकको पतन भए पनि जेपी मोर्गनले किनेसँगै आज १९ गतेदेखि नै दुई लाख ५० हजार अमेरिकी डलरभन्दा बढी बिमा क्याप भएकासहित सबै निक्षेपकर्ताहरूले आफ्नो पैसा प्राप्त गर्न सक्नेछन् ।
फर्स्ट रिपब्लिक बैंकको ९३.५ अर्ब अमेरिकी डलर जेपी मोर्गनले किन्ने छ । फर्स्ट रिपब्लिक बैंकका लागि अमेरिकाको फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी) जेपी मोर्गनसँग घाटा–साझेदारी सम्झौतामा पुग्न सक्षम भएको छ ।
धनी ग्राहकहरूलाई लोभ्याउन र आफैँसँग राख्नका लागि तुलनात्मक रूपमा कम ब्याजदरमा बैंकले दिएको ‘जम्बो मोर्टगेज ऋण’को मूल्यमा नाटकीय गिरावट आएसँग संकट सुरु भएको विज्ञहरूले औंल्याएका छन् ।
नियामकले तुरुन्तै चालेको कमदले अमेरिकी बैंकिङ क्षेत्रको पतनलाई थप संकटपूर्ण हुन दिएको छैन । तर, यो सम्झौताबाट आफ्नो बिमा कोषले करिब १३ अर्ब अमेरिकी डलरको घाटा बेहोर्ने एफडीआईसीले जनाएको छ ।
अमेरिकाबाहिर स्विट्जरल्यान्डको दोस्रो ठूलो इन्भेस्टमेन्ट बैंक क्रेडिट सुइसको पनि गत मार्चमा पतन भएको थियो । यो बैंकलाई स्विट्जरल्यान्डर्क अर्काे इन्भेस्टमेन्ट बैंक यूबीएसले किनेको थियो ।
यस घट्नाले विश्व अर्थ बजारमा शुभ संकेत दिएको छैन ।

प्रकाशित मिति २०८० बैशाख १९, मंगलवार ०८:०२ गते
हजुरको प्रतिक्रिया