लमजुङ– विज्ञापन बोर्डले सञ्चारमाध्यमहरू खासमा छापामाध्यमहरूको हकहितका पक्षमा दरिलो कदम चाल्नु भन्दा पनि कारिन्दा शैलीमा प्रस्तुत भई कथित बजेटको अभाव देखाई जेठ १५ पछि लोककल्याणकारी विज्ञापन नछाप्नु भन्दै गरेको परिपत्रको भर्त्सना गरिएको छ । साथै औचित्य विहीन विज्ञापन बोर्डको खारेजीको मागको समेत माग जेठ ६ गते गरिएको छ ।
स्वतन्त्र पत्रकार संघ नेपालले त्यस्तो माघ गरेको हो । संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले एक विज्ञप्ति जारी गर्दै त्यस्तो माग गर्नु भएको हो । गत बैशाख ३१ गते हुलाक निर्देशनालय सहित वर्गीकरणमा परेको सबै पत्रपत्रिकाका सम्पादक/प्रकाशकहरूलाई समेत सम्बोधन गरी लेखिएको पत्रले आजमात्र प्राप्त भई त्यसले विज्ञापन बोर्डको कारिन्दा शैली उदाङ्गो भई भर्त्सना योग्य भएको उल्लेख छ ।
यसैबीच, लमजुङबाट प्रकाशित हुने क वर्गको एकमात्र पत्रिका अन्तरङ्गका सम्पादक नवराज पहाडीले पनि एक छुट्टै विज्ञप्तिमार्फत विज्ञापन बोर्डको गैरजिम्मेवारीपूर्ण कार्यशैलीको भर्त्सना गर्र्दै औचित्य विहीन विज्ञापन बोर्डको खारेजीको समेत माग गर्नु भएको छ ।
नेपाल पत्रकार महासंघको लमजुङ शाखाका संस्थापक अध्यक्ष हुनुका साथै स्वतन्त्र पत्रकार संघ नेपालको पूर्वराष्ट्रिय महासचिव समेत रहनु भएका पहाडीले जारी गर्नु भएको विज्ञप्तिमा विज्ञापन बोर्ड आएपछि समानुपातिक विज्ञापन नीतिको कार्यान्वयन होला भन्ने विश्वास गरिएको बेलामा सर्वोच्च अदालतले समेत उक्त नीतिको कार्यान्वयको आदेश गरेको अवस्थामा समेत त्यसतर्फ ध्यान दिई उक्त कार्यमा लाग्नु त कता कता उल्टो छापामाध्यमले वर्षौं अघिदेखि खाइपाई आएको लोककल्याणकारीको सुविधा रोक्ने जस्तो निकृष्ट कार्यमा उद्दत रहेबाट बोर्डको उक्त कदमलाई जस्तोसुकै शब्दमा निन्दा गर्दा पनि कम हुन्छ भन्दै सोकार्यको कडा शब्दमा भर्त्सना गर्नु भएको छ । यस्तो, छापामाध्यकको प्रतिकुल, निकृष्ट काम गर्ने विज्ञापन बोर्डको औचित्य समेत नदेखिएको हुँदा बोर्डको उक्त निर्णय मात्र नभई राज्यको यो सेतो हात्ती रुपि निकाय बोर्डलाई नै तत्कालै खारेज गर्नु पर्छ भन्ने उहाँको जोडदार माग रहेको विज्ञप्तिमा उल्लेख छ ।
पहाडीले छापामाध्यमका अतिरिक्त अनलाइन सञ्चारमाध्यम र एफएम रेडियोका लागि समेत लोककल्याणकारी विज्ञापनको सुविधा उपलब्ध गराउनु पर्ने पत्रकार जगतबाट माग भइरहेको विद्यमान अवस्थालाई समेत नजर अन्दानज गर्दै राज्य आफ्नो दायित्वबाट विमुख हुनु र त्यो भन्दा पनि एक कदम अघि बढेर छापामाध्यम प्रति पूर्वाग्रही व्यवहार गर्ने विज्ञापन बोर्डको औचित्य समाप्त भएको देखिएको हुँदा यो संस्था राखेज योग्य भएकोले तत्काल खारेज गर्नु पर्छ आफ्नो विज्ञप्तिमा भन्नुभएको छ ।
प्रकाशित मिति २०८० जेष्ठ ६, शनिबार २३:५८ गते