मध्यपहाडी लोकमार्गको सुन्दरबजार क्षेत्रमा रहेको लामो विवाद समाधान

मध्यपहाडी लोकमार्गको सुन्दरबजार क्षेत्रमा रहेको लामो विवाद समाधान

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ ७ गते आईतबार ०७:३४

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाद्वारा मन्त्रीस्तरीय निर्णय गरी तत्कालका लागि सो सडकको उक्त खण्डमा सडकको चौडाई १२ मिटर कायम भएको र (सडकको केन्द्रवाट ६, ६ मिटर) भन्दा बढी दुवै दायाँ वायाँको जग्गा रोक्का समेत नहुने गरी निर्णय भएको र कार्यान्वयनका लागि जेठ ४ गते सुन्दरबजार नगरपालिकालाई जानकारी समेत दिइसकेको हुँदा उक्त समस्या एवम् विवाद समाधान भएको हो ।

नेकपा (एकीकृत) समाजवादी जिल्ला कमिटी लमजुङका संयोजक अधिकारीको पहलमा समस्या समाधान

सुन्दरबजार(लमजुङ)– मध्यपहाडी लोकमार्गको लमजुङ जिल्लाको सुन्दरबजार क्षेत्रमा रहेको विवाद समाधान भएको छ । सो सडक स्विकृत भएदेखिनै सुन्दरबजारको बजार क्षेत्रका बासिन्दाले बजार क्षेत्रमा मापदण्डमा पुनर्विचार गर्न माग गर्दै आएकोमा त्यसलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सम्बोधन गरी समाधान भएको छ ।
सो सडकको डिपिआर अनुसार मापदण्ड कायम गरी सडक निर्माण गर्दा हालको बजार स्वरुप ध्वस्त हुने, कतिपय बजारबासीको उठीबास समेत हुने स्थिति रहेको हुँदा मापदण्डमा पुनर्विचार गर्नु पर्ने माग र अडान राख्दै विरोध गर्दै आएको स्थिति थियो । सोही विरोधका कारण उक्त सडकको जिल्लाको पूर्वी खण्ड(पाउँदी– धमिलिकुवा– गरमबेसी खण्ड)मा कालोपत्रे भइसक्दा तथा पश्चिमतर्फको (ग्लाग्दीखोला किरिञ्चे– बिमिरेभञ्ज्याङ) खण्डको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तर सुन्दरबजारको लमजुङ क्याम्पस गेटदेखि खत्रीढाँटी – ग्याग्दी खोला खण्डमा सडक निर्माणको काम समेत अवरुद्ध भएको थियो । सोही स्थितिलाई ध्यानमा राख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको निर्देशन बमोजिम सम्बन्धित आयोजनाले पत्राचार गरेको हो । जस अनुसार सो सडकको उक्त खण्डमा सडकको चौडाई १२ मिटर कायम भएको र (सडकको केन्द्रवाट ६, ६ मिटर) भन्दा बढी दुवै दायाँ वायाँको जग्गा रोक्का समेत नहुने गरी निर्णय भएको र कार्यान्वयनका लागि जेठ ४ गते सुन्दरबजार नगरपालिकालाई जानकारी समेत दिइसकेको हुँदा उक्त समस्या एवम् विवाद समाधान भएको हो ।
विषेश धन्यवाद तथा आभार :
नेकपा (एकीकृत) समाजवादी जिल्ला कमिटी लमजुङले माननीय मन्त्री प्रकाश ज्वाला (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय)लाई विशेष धन्यवाद तथा आभार व्यक्त गरेको छ । वर्षाैंदेखि सुन्दरवजार क्षेत्रमा रहेको पुष्पलाल मध्यपहाडी राजमार्गको सडकको चौडाई तथा जग्गा रोक्काको विषयमा समाधानको बाटो खोजी दिन सरोकारवालाहरूले पार्टीलाई गरेको अनुरोधलाई तदारुकताका साथ कार्यान्वयन गरी सो सडकको चौडाई उक्त खण्डमा १२ मिटर कायम भएको र १२ मिटर (केन्द्रवाट ६, ६ मिटर) भन्दा बढी दुवै दायाँ वायाँको जग्गा रोक्का समेत नहुने निर्णय गरी कार्यान्वयनको निर्देशन भएको छ ।
यही जेठ ४ गते सो सम्बन्धमा कार्यान्वयनका लागि नगरपालिकामा पत्राचार समेत भएकोमा पार्टीकोतर्फबाट मन्त्री ज्वालालाई धन्यवाद ज्ञापन गरिएको सो दलका जिल्ला संयोजक रामबाबु अधिकारीले बताउनु भएको छ ।

प्रकाशित मिति २०८० जेष्ठ ७, आईतवार ०७:३४ गते
हजुरको प्रतिक्रिया