सुन्दरबजार– लमजुङको सुन्दरबजार नगरपालिकामा भ्रष्टाचार विरुद्ध अभियान समिति गठन गरिएको छ । सुन्दरबजार नगरपालिका– ६ स्थित लक्ष्मीनारायण मन्दिरमा जेठ ७ गते भएको बृहत भेलाले सो समिति गठन गरेको हो ।
सुन्दरबजार– ७ निवासी वरिष्ठ समाजसेवी सुरेन्द्रलाल श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय भ्रष्टाचार विरुद्धको अभियान समिति गठन गरिएको हो । समितिको सदस्यमा बिष्णुबहादुर खडका, ज्ञानेन्द्र शर्मा, प्रकाश सेढाई, सन्तोषी गौली, पार्बती वाग्ले, नारायणबहादुर शाही, बिजय सेढाई, शम्भु सुनार, चेतबहादुर के.सी., शान्ति जोशी रहनु भएको संयोजक श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार नगरपालिका तथा समाज भित्र भएका सबैखाले भ्रष्टाचार, अनियमितता, बेतिथि, ढिलासुस्तीको विरुद्ध खबरदारीका साथै अन्त गर्न समितिको गठन भरिएको हो ।
नवगठित समितिका पदाधिकारीहरूले लक्ष्मीनारायण मन्दिरका गुरुबाट आशीर्वाद समेत ग्रहण गरेका थिए ।
प्रकाशित मिति २०८० जेष्ठ ८, सोमबार २१:२३ गते