
बेसीशहर नगरपालिका– ३ स्थित लमजुड मा.वि.का दश जना छात्राहरूलाई पुनः प्रयोग गर्न सकिने सेनेटरी प्याड बनाउने तालिम सञ्चालन गरेको छ । ‘विकासमा महिला’को आयोजनामा सञ्चालित चार दिने सो तालिम जेठ २६ गते समापन गरिएको हो ।
सो तालिम यही जेठ २३ सु्रु भएको हो । तालिमको समापन सोही माविका प्रअ सीता बरालको अध्यक्षतामा भएको थियो । स्कुलका प्रअ सीता बरालले महिलातथा किशोरीहरूका लागि अति नै आवश्यक यस्ता तालिमहरू लिएर गाउँ गाउँमा आउनु भएकोमा आयोजक संस्था ‘विकासमा महिला’लाई धन्यवाद दिनु भयो । उहाँले यस्ता कार्यक्रमहरू प्रत्येक स्कूल तथा महीलालाई अत्यावश्यक रहेको बताउनु भयो । आगामी दिनहरूमा यस्ता तालिम आएमा सक्दो सहयोग गर्ने प्रअ बरालले बताउनु भयो ।
सो अवसरमा ‘फर्कौं न गाउंँ, गरौं न केही’ नाराका साथ आयोजित सो तालिममा महिला प्रजनन स्वास्थ्य, वातावरण संरक्षणका साथै आत्मनिर्भर र दिगो आर्थिक उपार्जनको स्रोत बन्न बनाउन सकिने उद्देश्य लिई कार्यक्रमहरू सञ्चालन गर्दै आएको संस्थाका सचिव सबला अधिकारी आत्रेयले बताउनु भयो ।
तालिमका प्रशिक्षार्थी लक्ष्मी परियारले यस्ता प्रकारको प्याडका बारेमा पहिला जानकारी नभएको बताउँदै तालिम अतिनै उपयोगी भएको बताउनु भयो ।
विकासमा महिलाको मुख्य नारा ‘फर्कौं न गाउंँ, गरौं न केही’ रहे अनुसार महिला तथा किसोरीको स्वाश्थ्य, आत्म निर्भर, वातावरण जगेर्ना तथा दिगो आर्थिक उन्नतिका लागि हरदम लागिरहेको बसुधा अधिकारी बरालले बताउनु भयो । स्कूलका छात्राहरू तथा शिक्षिकाहरूलाई पुनः प्रयोग गर्न सकिने सेनेटरी प्याड समेत वितरण पनि गरिएको थियो । उहाँका अनुसार तालिममा १० जना छात्राहरूले भाग लिएका थिए ।
‘विकासमा महिला’ संस्थाले ‘फर्कौं न गाउंँ, गरौं न केही’ मूल नाराका साथ महिला, किशोरी तथा बालबालिकाहरूको क्षेत्रमा विभिन्न किसिमका कार्यक्रमहरू गर्दै आएको छ ।
प्रकाशित मिति २०८० जेष्ठ २७, शनिबार १२:४२ गते