बेसीशहर– निजी विद्यालय अर्गनाइजेशन(प्याब्सन) लमजुङद्वारा आफ्नो संस्थामा आवद्ध विद्यालयका शिक्षकहरूका लागि एक दिने पाठ्यक्रम बारेमा अभिमूखिकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । यहाँको मनाङ्गे चौतारास्थित बरण्डा रेष्टो एण्ड इन्भेष्टको...
बेसीशहर– निजी विद्यालय अर्गनाइजेशन(प्याब्सन) लमजुङद्वारा आफ्नो संस्थामा आवद्ध विद्यालयका शिक्षकहरूका लागि एक दिने पाठ्यक्रम बारेमा अभिमूखिकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । यहाँको मनाङ्गे चौतारास्थित बरण्डा रेष्टो एण्ड इन्भेष्टको सभाहलमा पठ्याक्रम उप्रेरीकरण अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रम जेठ २७ गते जारी रहेको छ ।
सो अभिमुखीकरण कार्यक्रममा कक्षा– २ देखि कक्षा– ६ सम्मका शिक्षकहरूको एक समूह र कक्षा– ७ देखि १२ सम्मका शिक्षकहरूका लागि एक गरी दुई समूहमा दुई वटा हलमा एकै साथ सञ्चालन गरिएको छ । सो कार्यक्रममा सहजिकरणका लागि पाठ्यक्रम विकास केन्द्रबाट नेपाल सरकारका उपसचिव डा. गणेशप्रसाद भट्टराई, ब्रह्मकुमार रमण भट्टराई उत्प्रेरकका रुपमा सहभागी रहनुु भएको छ ।
सो कार्यक्रमको बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले उदघाटन गर्नु भयो । उहाँले नेपाल सरकारको सहयोग पाउनु त परै रहोस् उल्टो कर तिरेर विद्यालयहरू सञ्चालनमा ल्याइरहेको भन्दै निजी विद्यालयले शिक्षामा गरेको योगदानको प्रशंसा गर्नुभयो । उहाँले निजी विद्यालयमा विद्यार्थी एवम् अभिभावकको आकर्षण, नतिजाले समेत देखाउने गरेको स्तरीयता त्यसको कारण हो भन्नुभयो । त्यसैगरी, निजी विद्यालयका शिक्षकहरूले कम सेवा सुविधा लिएर पनि गर्नु भएको योगदान उच्च छ र समाजमा सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरूलाई भन्दा निजी विद्यालयमा पठाउने शिक्षकलाई हेर्ने दृष्टिकोण फरक र सम्मानजक छ भन्नुभयो ।
यसैगरी, बेसीशहर नगरपालिकाको शिक्षा शाखाका प्रमुख किसानराज चिलवालले प्याब्सनले अनुकरण योग्य कार्य गरेको भन्दै यस कार्यक्रमले आफूलाई प्रभावित बनाएको छ, आयोजकहरू बधाईका पत्र हुनुहुन्छ भन्नुभयो ।
प्याब्सन लमजुङका अध्यक्ष मेमबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त अभिमुखीकरणको उदघाटन सत्रमा उहाँले निजी विद्यालयका शिक्षकहरूलाई आफ्नो ज्ञान सीपको भरपुर उपयोग गर्नु होला तपाईको त्यो लगानीको कदर अवश्य पनि हुनेछ भन्नुभयो । उहाँले यो कार्यक्रममा निजी विद्यालयका सञ्चालकहरू समेत सहभागी हुनुहुन्छ, तपाईको त्यो भावना र मर्मलाई उहाँहरूले बुझ्नु भएको छ, हामीले यस विषयमा छलफल समेत गरेका छौं भन्नुभयो । उहाँले अब जिल्लाभर प्याब्सनमा आवद्ध विद्यालयहरूको परीक्षामा एकै प्रकारको पद्दति लागू गरिने रणनीति तय गरेकोसमेत जानकारी दिनुभयो । त्यस्तै, उहाँले जिल्लाभरका प्याब्सनमा आवद्ध शिक्षकहरूको मनोबल उच्च बनाउनेतर्फ प्याब्सनको ध्यानाकर्षण भई त्यस्तो कार्यक्रमको थालनी भएको छ । उदाहरणका लागि प्याब्सनमा आवद्ध शिक्षकहरूको पोशाक समेत आउँदो शैक्षिक सत्रदेखि जिल्लाभर एउटै बनाउने भएको उल्लेख गर्नु हुँदै हर तरहले शिक्षकहरूको मनोबल उच्च बनाउन आफूहरू लागि परेको जानकारी दिनु भयो ।
सो कार्यक्रमको सञ्चालन प्याब्सनका सचिव विमल अधिकारीले गर्नु भएको थियो । उहाँले प्रशिक्षणको सञ्चालन विधिका बारेमा जानकारी दिनुभएको थियो । उक्त अभिमुखीकरणमा जिल्ला भर रहेका प्याब्सनमा आवद्ध २१ आवासीय विद्यालयका ४६० जना शिक्षकहरूले भाग लिएको प्याब्सनका सदस्य रामचन्द्र भण्डारीले जानकारी दिनुभएको छ ।
सो कार्यक्रमलाई नजिकबाट नियालेका उदघाटन सत्रका एक सहभागीले राजनीतिक दलमा आवद्ध शिक्षहरूका भातृ संगठनहरूका रुपमा परिचित संघ संगठनका लागि सबक भएको बताए ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..