यस वर्षको मनसुन नेपालमा एक दिन ढिला भित्रियो

यस वर्षको मनसुन नेपालमा एक दिन ढिला भित्रियो

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ ३१ गते बुधबार ०८:३९

मनसुन प्रणाली नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा आगमन भएको छ ।

सर्वसाधारणद्वारा राहत अनुभूति

काठमाडौँ– नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ अर्थात हिजो हो । तर यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला गरी नेपालमा जेठ ३१ गतेबाट प्रवेश गरेको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले आज अपरान्ह विशेष मौसम बुलेटिन जारी गर्दै देशमा मनसुन प्रणाली भित्रिएको जानकारी दिएको हो ।
सो बुलेटिन अनुसार यस वर्षको मनसुन प्रणाली नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा आगमन भएको छ । गण्डकी प्रदेशका लमजुङ लगायतका जिल्लामा मीठो तरिकाले पानी परिरहेको छ ।
नेपालको अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने बताइएको छ ।
एक दिन ढिलागरी नेपाल भित्रियो मनसुन, देशभर पुग्न अझै केही दिन लाग्ने महाशाखाको भनाइ छ । महाशाखाका अनुसार मनसुन नेपाल भित्रिने सरदर समयभन्दा एक दिन ढिलागरी पूर्वी भागमा आइपुगेको हो ।
महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर यो वर्ष जुन १४ अथात् जेठ ३१ गते देशका कोशी प्रदेशदेखि गण्डकी प्रदेशका पूर्वी भू–भागमा पुगेको छ ।
नेपालको बाँकी भू–भागहरूमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति २०८० जेष्ठ ३१, बुधबार २०:३९ गते
हजुरको प्रतिक्रिया