देश र प्रकृति बचाउने अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी

देश र प्रकृति बचाउने अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार १ गते शुक्रबार ११:३६

बेल, बर, पिपल, जमुना, अम्बा, मेङ्गोस्टेक, कागति, आँप लगायतका विरुवा रोपण गरिएको छ । साथै, असारे, गुलाफ, खुर्साने फूल लगायतका एक सय विरुवा रोपण गरिएको बेसीशहर नगरसमितिका कोषाध्यक्ष रञ्जना तिवारी क्षेत्रीले जानकारी दिनु भयो ।

सो पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा ८५ वर्षीय जेष्ठ नागरिक टुकमान थापाले बेलको विरुवा रोपण गरी बृक्षारोपण कार्यक्रमको थालनी

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टीको लमजुङका सहसंयोजक अशोक सापकोटाले देश र प्रकृति बचाउने अभियानमा जुटेको बताउनु भएको छ । सो पार्टीको दोस्रो स्थापना दिवस एवम् पहिलो वार्षिकोत्सवका अवसरमा असार १ गते बृक्षारोपण गरिएको छ ।
सो अवसरमा ८५ वर्षीय जेष्ठ नागरिक टुकमान थापाले बेलको विरुवा रोपण गरी कार्यक्रमको थालनी गर्नु भएको थियो । बेसीशहर नगरपालिका– २ को कोकले(कल्यण) डाँडा स्थित कालिका मन्दिर परिसरमा भोलिका दिनमा विरुवा हुर्काएर जंगल बनाउने उद्देश्यका साथ बृक्षारोपण गरिएको हो । बेसीशहर नगर सभापति कृष्णबहादुर राउतको अध्यक्षतामा भएको बृक्षारोपण कार्यक्रममा बेल, बर, पिपल, जामुन, अम्बा, मेङ्गोस्टेक, कागति, आँप लगायतका विरुवा रोपण गरिएको छ । साथै, असारे, गुलाफ, खुर्साने फूल लगायतका एक सय विरुवा रोपण गरिएको बेसीशहर नगरसमितिका कोषाध्यक्ष रञ्जना तिवारी क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार उक्त कार्यक्रममा जन्मदिनमा बृक्षारोपण कार्यक्रमका अध्यक्ष वासुदेव सेढाई, बास नेपालका जिल्ला अध्यक्ष लक्ष्मी धिताल, वरिष्ठ पत्रकार नवराज पहाडी, रास्वपाका बेसीशहर नगरपालिका– २, ६, ७, ८ र ९ का वडा संयोजक सहितका पदाधिकारी तथा सदस्यहरू र शुभचिन्तकहरूको सहभागिता थियो । सो कार्यक्रमको फोटो फिचर फिचर :

प्रकाशित मिति २०८० असार १, शुक्रबार ११:३६ गते
हजुरको प्रतिक्रिया