
बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो वार्षिकोत्सव मनाउनका लागि तय गरेको विविध कार्यक्रम अन्तर्गत आज देशभरी नै सामुदायिक विद्यालय र सरकारी अस्पताल सफा गर्ने कार्य असार ३ गते गरिएको छ ।
सोही कार्यक्रम अनुसार लमजुङमा रास्वपा बेसीशहर नगर कमिटीको आयोजनामा लमजुङ जिल्ला अस्पताल र यहाँ स्थित जन विकास माध्यामिक विद्यालयमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । उक्त अवसरमा सरसफाई कार्यक्रममा सहभागी साथीहरूले स्वस्फूर्त रूपमा छ हजार पाँच सय रुपैयाँ संकलन गरी मृगौला सम्बन्धी रोगबाट पीडित बेसीशहर नगरपालिका– ७ निबासी चन्द्रप्रसाद गुरूङका आफन्तलाई हस्तान्तरण गरिएको छ ।
आजको सरसफाई कार्यक्रममा बेनपा कमिटी सभापती कृष्णबहादुर राउतसहित पदाधिकारीहरू र सदस्यहरू, वार्ड नं ७, ८ का सभापती क्रमशः राजकुमार घिमिरे र ध्रुव ढकालसहित पदाधिकारी र सदस्यहरू, वडा नं २, ६ र ९ बाट पदाधिकारी तथा सदस्यहरू र अरु शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।
रास्वपको स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रम असार १ गतेबाट सुरु भएको हो । पहिलो दिन बृक्षारोपण गरिएको थियो भने दोस्रो दिन वडा भेलाका साथ समिति गठनका कार्य गरिएको सो दलले जनाएकोछ ।
प्रकाशित मिति २०८० असार ३, आईतवार २१:०० गते