जन्मदिनमा वृक्षरोपण अभियान नेपालको दोस्रो अधिवेशनद्वारा परिकल्पनाकार सेढाईलाई पुनः अध्यक्ष चयन

जन्मदिनमा वृक्षरोपण अभियान नेपालको दोस्रो अधिवेशनद्वारा परिकल्पनाकार सेढाईलाई पुनः अध्यक्ष चयन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार १० गते आईतबार ०२:४६

जिल्ला समन्वय समितिका उपप्रमुख बुना रिमालले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण खुवाउनु भएको थियोे ।

दोस्रो अधिवेशनबाट सो अभियानका परिकल्पनाकार बासुदेव सेढाईलाई पुनः अध्यक्षता चयन

बेसीशहर– लमजुङबाट सुरु भएको जन्मदिनमा वृक्षरोपण अभियान नेपालको दोस्रो अधिवेशनद्वारा परिकल्पनाकार सेढाईलाई पुनः अध्यक्ष चयन गरेको छ । बेसीशहर नगरपालिका– ८ स्थित लक्ष्मीनारायण सामुदायिक पुस्तकालयमा आयोजित दोस्रो अधिवेशनले असार ९ गते सेढाइँलाई पुनः अध्यक्ष चयन गरेको हो ।

बेसीशहर नगरपालिका मेयर गुमानसिंह अर्यालको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति उपप्रमुख बुना रिमालको बिशेष आतिथ्यतामा सो अधिवशेन भएको हो । आफ्नो उद्घाटन मन्तव्यमा बेसीशहर नगरपालिकाका मेयर अर्यालले पर्यावरण संरक्षणका लागि अभियानले खेलेको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले अभियानलाई आयआर्जनसंग जोडेर अगाडि बढाउन सके अभियान सफल हुने समाजको आर्थिक विकास पनि हुने भन्दै त्यस अनुरुपको कार्यक्रममा नगरपालिकाको साथ रहने सल्लाह दिनुभएको थियो । विशेष अतिथि जिल्ला समन्वय समिति उपप्रमुख एवम् अभियानकि उपाध्यक्ष बुना रिमालले वातावरण प्रदुषणका कारणले मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको अवस्थामा अभियानले स्वच्छ वातावरणको कार्यक्रम लिएर अगाडि बढेकाले अभियान निकै प्रभावकारी भएको उल्लेख गर्नुभयो ।

Exif_JPEG_420

सो अवसरमा अभियानका परिकल्पनाकार बासुदेव सेढाईले अभियानको थालनीदेखि हालसम्म सञ्चालन गरिएका गतिविधिका साथमा भावि लक्ष्य तथा कार्यक्रम समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अभियानका सल्लाहकार, आजीवन सदस्य एवम् लमजुङ उद्योग बाणिज्य संघका कोषाध्यक्ष शिवराम सिलुवाल, ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय लमजुङकी प्रमुख एवम् बेसीशहर शाखा सञ्चालिका राधा भण्डारी, नागरिक समाजका अगुवा डा. बालकृष्ण बराल, आजीवन सदस्य विश्वविनोद घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सहसंयोजक अशोक सापकोटा, संस्थाका सल्लाहकार एबं साहित्यकार ज्ञानशाली पन्त, बास नेपाल लमजुङ शाखाकी अध्यक्ष लक्ष्मी धिताललगायतले अभियान सफलताको शुभकामना व्यक्त गर्दै मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
दोस्रो अधिवेशनबाट सो अभियानका परिकल्पनाकार बासुदेव सेढाईलाई पुनः अध्यक्षता चयन गरेको छ । आउँदो तीन वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा देवी थापा, सचिव रामजी प्रशाद बसौला, कोषाध्यक्षमा दुर्गा थापा चयन हुनुभएको छ ।
यसैगरी, सदस्यहरूमा विश्वविनोद घिमिरे, अमृतबहादुर थापा, भेषनिधि पाण्डे, लक्ष्मी धिताल, लक्ष्मी श्रेष्ठ, सुनीता मिश्र, उषा गुरुङ, प्रदिप गुरुङ र सीता खड्का चयन हुनु भएको छ ।
जिल्ला समन्वय समितिका उपप्रमुख बुना रिमालले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउनु भएको थियोे ।

अभियानका परिकल्पनाकार एवम् अध्यक्ष बासुदेव सेढाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बुना रिमालले र सञ्चालन कोषाध्यक्ष रामजीप्रशाद बसौलाले गर्नुभएको थियोे ।

प्रकाशित मिति २०८० असार १०, आईतवार १४:४६ गते
हजुरको प्रतिक्रिया