सुन्दरबजार– लमजुङको सुन्दरबजार अस्पतालमा मनकारी दम्पतीद्वारा युरोगार्ड जडान गरिएको छ । सुन्दरबजार नगरपालिका– ७ तार्कुटार स्थित सो अस्पतालमा सेवा विस्तार गर्ने क्रममा युरोगार्ड र टेलिफोन कार्य असार १७ गते गरिएको हो ।
सुन्दरबजार नगरपालिका– ७ तार्कुटार निवासी स्वर्गीय भरत मिश्रको स्मृतिमा अस्पतालमा युरोगार्ड जडान गरिएको हो । स्व. मिश्रका साईला ज्वाइँ कृष्णचन्द्र पण्डित र छोरी शर्मिला मिश्रबाट सो पुण्य कार्य गर्नु भएको हो ।
अस्पतालमा जडित युरोगार्डको मूल्य २९ हजार पाँच सय रुपैयाँ रहेको पण्डितले बताउनु भयो ।
उहाँका अनुसार अस्पतालमा जडित युरोगार्डको क्षमता प्रति घण्टा १५ लिटर रहेको छ । लायन्स क्बलसँग आवद्ध हुनु भएका हाल गोंगबु काठमाडौं निवासी पण्डितले भन्नुभयो, ‘यसअघि संस्थागत रुपमा स्वास्थ्यका क्षेत्रमा धेरै काम गरिएको हो तर ऐले व्यक्तिगत रुपमा सहयोग गर्ने इच्छा भएको हुँदा स्व. बुबा भरतको आफ्नो गाउँक्षेत्रमा उहाँको कीर्ति एवम् अमरत्वका लागि यो कार्य हामीले गरेका हौं ।’ 
यसैगरी, अस्पतालमा सेव सुविधा थप गर्ने सिलसिलामा यही सातामा अस्पतालमा ल्याडलाइन टेलिफोन जडान गरिएको सो अस्पतालका प्रमुख डा. होमबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार अस्पतालले नयाँ समिति पाएँ सँगै सेवासुविधा थप गर्ने पहल थालिएको छ । उहाँले भन्नुभयो, ‘स्वास्थ्य चौकीबाट अस्पतालमा स्तरोन्नति भएकौ नौ वर्ष भएको छ । तर पनि अस्पतालको स्वरुप अनुसार हुनुपर्ने जनशक्ति तथा अन्य साधन स्रोत, प्राविधिक जनशक्ति, बजेट आदि सबैको अभाव खड्कि रहेको छ । यसतर्फ सम्बद्ध निकायको तत्काल ध्यान जान जरुरी छ ।’
प्रकाशित मिति २०८० असार १८, सोमबार २१:४८ गते