ग्लोबल भिजन आमाविमा गुरु पूर्णिमाका अवसरमा विशेष कार्यक्रम

ग्लोबल भिजन आमाविमा गुरु पूर्णिमाका अवसरमा विशेष कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार १९ गते मङ्गलबार ११:५४


पश्चिमा संस्कृतिले नेपाली मौलिकपनलाई के कसरी गाँजेको छ भन्ने विद्यार्थीहरूले ‘गुरु बन्दना’ गाइरहदा गीतार बजाईबाट पुष्टि भएको आंकल गरिएको प्रत्यक्षदर्शीको भनाइ ।

आयोजक विद्यार्थीहरूद्वारा शिक्षकहरूका लागि कुर्चि चालका साथै बोतलमा पानी भर्ने खेल

फूलबारी(लमजुङ)– सुन्दरबजार नगरपालिका– ८ को फूलबारी स्थित सयपत्री आवसीय माध्यमिक विद्यालयमा गुरु पूर्णिमाका अवसरमा विशेष कार्यक्रमका साथ मनाइएको छ । गुरु पूर्णिमाको दिन विद्यालय हातामा असार १८ गते उक्त कार्यक्रम गरिएको हो ।
उक्त विद्यालयका विद्यार्थीहरूले स्वस्फूर्त रुपमा शिक्षकहरूलाई सम्मान गर्दै आफूहरूले नाचगान गरी मनोरञ्जन दिदै मनाएका हुन् । विद्यार्थीले शिक्षकहरूलाई टीका, खदा पहिराउँदै कलम दिएर सम्मान गरेका हुन् । साथै, आफैले संकलन गरेको रकमबाट शिक्षकहरूलाई चोखोपन चक्लेट र खिर समेत खुवाएको कार्यक्रमका संयोजक पासाङ तामाङले बताए । उनका अनुसार उक्त कार्यक्रमको नेतृत्व गर्नेमा चाइना गुरुङ र बसन्त गुरुङ समेत थिए । यसैगरी, कार्यक्रममा कक्षा– ९ की चाइना गुरुङको नेतृत्वमा सात जनाले लेखेको गुरु बन्दना कविता वाचन गरेका थिए ।
सो अवसरमा गुरु बन्दना कविता, गीत लगायत आधुनिक(पप) गीत समेत उनीहरूले प्रस्तुत गरेका थिए । अनुष्का श्रेष्ठ र पासाङ तामाङको गुरु बन्दना कविता निकै रोचक थियो ।
सो अवसरमा आयोजक विद्यार्थीहरूले शिक्षकहरूका लागि कुर्चि चालका साथै बोतलमा पानी भर्ने खेलसमेत खेलाउने काम गरेको सो माविका सहायक प्रिन्सिपल शारदा अछामीले बताउनु थियो । उहाँका अनुसार उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल मेनबहादुर घलेसहित सबै शिक्षकहरूको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा विद्यार्थीहरूले ‘गुरु बन्दना’ गाइरहदा गीतार बजाउने काम गरिनु भने अमिल्दो देखिएको प्रत्यक्षदर्शीले बताए । पश्चिमा संस्कृतिले नेपाली मौलिकपनमा कसरी धाबा बोल्ने काम गरेको छ ? यो एक नमूना भएको उनीहरूको तर्क छ ।
सनातन संस्कृति परम्परा अनुसार असार महिनाको शुक्ल पक्षको पूर्णिमाको दिन गुरु पूर्णिमा मनाउने गरिन्छ । आफूलाई शिक्षा दिने गुरुहरूप्रति श्रद्धा प्रकट गर्दै यो पर्व मनाउने प्रचलन छ । ‘गुरु’ संस्कृत शब्द हो । यसमा गुको अर्थ अन्धकार हुन्छ भने रु को अर्थ अज्ञानरुपि अन्धकारबाट ज्ञान रुपि प्रकाश तथा सतमार्गतर्फ लाग्न उप्रेरित गर्दै ज्ञान दिई मार्ग दर्शन गर्ने हुँदा गुरुपूर्णिमाको विशेष महत्त्व रहेको छ ।

प्रकाशित मिति २०८० असार १९, मंगलवार ११:५४ गते
हजुरको प्रतिक्रिया