एसइईको पुनर्योगका लागि आवेदन दिने म्याद तोकियो

एसइईको पुनर्योगका लागि आवेदन दिने म्याद तोकियो

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार २३ गते शनिवार ०४:२५

एसइईको पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ । अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् ।

साउन ५ गतेसम्म पुनर्योगका लागि, पूरक परीक्षा साउन अन्तिममा

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई), २०७९ मा सहभागी विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनर्याेगका आवेदन दिन सक्ने सूचना प्रकाशन गरेको छ । पुनर्याेगका लागि आउँदो साउन ५ गतेसम्ममा आवेदन दिन सक्ने बोर्डले असार २३ गते जनाउ दिएको हो ।
ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिन सक्नेछन् राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । साधारण र प्राविधिकतर्फ नियमित तथा ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीले तोकिएको ढाँचा तथा प्रक्रियाबमोजिम पुनर्याेग गराउन आवेदन दिन सक्नेछन् । बोर्डको कार्यालय वा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा तोकिएको आवेदन दिन सकिनेछ । सोका लागि आवश्यक व्यवस्था मिलाउन सबै एकाइहरूलाई बोर्डले भनेको छ ।
त्यस्तै, एसइईको पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ । अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने असार २३ गते जनाएको हो ।
ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पेस गर्नुपर्ने उक्त सूचनामार्फत जनाइएको छ । परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् । एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनु पर्ने बार्डले जनाएको छ ।
साधारण र प्राविधकतर्फ नियमित तथा ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीले तोकिएको ढाँचा तथा प्रक्रियाबमोजिम गराउन आवेदन दिन सक्ने उल्लेख छ ।
बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ । सोका लागि बोर्डको कार्यालय या सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा तोकिएको आवेदन दिन सक्ने जनाएको छ । सोको लागि आवश्यक व्यवस्था मिलाउन सबै एकाइहरूलाई बोर्डले दिर्नेशन दिएको छ ।
गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसइईको नतिजा यही असार २१ गते सार्वजनिक गरिएको थियो । त्यसमा २२ हजार चार सय ७५ विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका थिए ।

प्रकाशित मिति २०८० असार २३, शनिबार १६:२५ गते
हजुरको प्रतिक्रिया