कांग्रेसका जिल्ला सभापतिहरूले गरेका १४ बुँदे प्रतिबद्धता

कांग्रेसका जिल्ला सभापतिहरूले गरेका १४ बुँदे प्रतिबद्धता

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार २५ गते सोमबार १२:११

पार्टीलाई सुदृढीकरण र गतिशील बनाउन आआफ्नो संरचनामा थप क्रियाशील हुने भन्दै आउँदो भदौ महिना भरिमा सम्मेलन सक्ने प्रतिबद्धता गरिएको छ ।

ती प्रतिवद्धता के के हुन् भन्ने गोप्य राखिएको छ

काठमाडौं– नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले यहाँ आयोजित दुई दिने भेलाको १४ बुँदे प्रतिबद्धता गर्दै सम्पन्न भएको छ । केन्द्रीय कार्यालयमा भएको छलफलपछि जिल्ला तहका सबै संरचनाको सम्मेलन अबको दुई महिना अर्थात भदौ महिनाभित्र सक्ने सभापतिहरूले प्रतिबद्धता असार २२ गते व्यक्त गरेका हुन् ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माद्वारा आह्वान गरिएको बैठकको समापन पछि जिल्ला सभापतिहरूले १४ बुँदे प्रतिबद्धता गरेका थिए । तर उक्त प्रतिबद्धतालाई सार्वजनिक गरिएको छैन । छलफलमा सहभागी एक जिल्ला सभापतिले भने, ‘पार्टी भित्रको आन्तरिक विषय भएकाले सार्वजनिक नगरिएको हो ।’
आआफ्नो पार्टी संरचनाभित्र रहेको स्थानीय समस्यालाई लिपिवद्ध गरिने भएको छ । पार्टीमा आबद्ध नेता कार्यकर्तालाई कुनै न कुनै भूमिका दिएर पार्टीमा खटाउने सभापतिहरूले प्रतिबद्धता गरेका छन् ।
स्रोतका अनुसार १४ बुँदे प्रतिबद्धताको पहिलो र अन्तिम बुँदा समान खालको छ । पार्टीलाई सुदृढीकरण र गतिशील बनाउन आ–आफ्नो संरचनामा थप क्रियाशील हुने भन्दै आउँदो भदौ महिना भरिमा सम्मेलन सक्ने प्रतिबद्धता गरिएको छ ।
महामन्त्रीद्वय थापा र शर्माले तल्लो तहका संरचनालाई विधान अनुसार कार्य गर्न दुईपटक मातहतका समितिलाई पत्राचार गरेका थिए । गत चैतमा गरिएको परिपत्रमा विधानको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको थियो । त्यस्तै, वैशाखमा अर्को परिपत्र गर्दै सम्मेलन अनिवार्य भएकाले सबै तहले गर्न निर्देशन दिइएको थियो ।
हालसम्म डेढ दर्जन जिल्लाले मात्र सम्मेलन गर्ने काम सकेका छन् । कतिपय जिल्लाले वडा, पालिका, प्रदेश÷संघीय निर्वाचन क्षेत्र लगायतका संरचनाको सम्मेलन गरिरहेका छन् । महाधिवेशन हुने वर्ष बाहेक हरेक वर्षमा सबै तहले सम्मेलन गर्नुपर्ने विधानको व्यवस्था छ ।
भ्रातृ संस्थालाई अनुशासित र व्यवस्थित परिचालनको प्रतिबद्धता जिल्ला सभापतिले गरेका छन् । भ्रातृ संस्थाको तल्लो तहमा संगठित कुनै कार्यकर्ताले अनुशासनहीन काम गरेमा सम्बन्धित संरचनाले तुरुन्त कारबाही गर्ने प्रतिबद्धता समेत गरिएको छ ।
जिल्ला सम्मेलनको क्रममा कांग्रेस सरकारले तीन तहमा गरेका राम्रा कार्यको प्रचार गर्ने प्रतिबद्धता पनि सभापतिहरूले गरेका छन् । ‘राम्रा कामको प्रचार गर्ने र नराम्रा कामको टिपोट सम्बन्धित सबै समितिले गर्नुपर्ने प्रतिबद्धता गरेका छौं,’ एक सभापतिले जानकारी दिए ।
कांग्रेस सरकारमा हुँदा गरेका सुधारका कार्यलाई प्रचार गर्ने प्रतिबद्धता गरिएको छ ।
जिल्ला सभापतिहरूले प्रतिबद्धता गरे अनुरुप पार्टी केन्द्र पनि विधान अनुसार चल्ने महामन्त्रीद्वयले प्रतिबद्धता गरेका छन् । कुनै एउटा कार्यकर्ताले अनुशासनहीन काम गर्दा देशभरका कार्यकर्ता तथा नेताहरूले गाली खानुपर्ने र पार्टीलाई क्षति पु¥याउने भएकाले तत्काल कारबाहीले पार्टी शुद्धीकरण हुने विश्वास लिइएको छ ।
सो अवसरमा विभाग गठन, नीति महाधिवेशन, भ्रातृ संस्थाको कार्यसमितिको पूर्णता लगायतमा केन्द्रले यथाशक्य छिटो निर्णय लिने महामन्त्री द्वयको प्रतिबद्धता थियो ।

प्रकाशित मिति २०८० असार २५, सोमबार १२:११ गते
हजुरको प्रतिक्रिया