भ्रष्टाचार विरुद्ध खुल्ला सडक कविता वाचन कार्यक्रमको तयारी

भ्रष्टाचार विरुद्ध खुल्ला सडक कविता वाचन कार्यक्रमको तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार २७ गते बुधबार ०५:५५

बास नेपाल ट्रान्सपरेन्सी इन्टरनेशनलसँग आवद्ध रहेको सुशासनका लागि पैरवी गर्ने संस्था हो । यस संस्थाका मुलुकका अधिकांश जिल्लामा शाखाहरू सञ्चालनमा आएका छन् ।

आउँदो साउन १३ गते शनिबार विहान ११ बजे भीमसेनस्थान चोकमा भ्रष्टाचार विरुद्ध खुल्ला सडक कविता कार्यक्रम सञ्चालन गर्ने निर्णय

बेसीशहर– बास नेपाल लमजुङ शाखाले भ्रष्टाचार विरुद्ध खुल्ला सडक कविता वाचन कार्यक्रम जिल्ला सदरमुकाम बेसीशहरमा तयारी  गरेको छ । शाखाको असार २६ गते यहाँ सम्पन्न भएको बैठकले सो निर्णय गरेको हो ।
भ्रष्टाचार विरुद्ध सडक कविता वाचन कार्यक्रम आउँदो साउन १३ गते शनिबारका दिन विहान ११ बजे भीमसेन स्थान चोकमा सञ्चालन गर्ने निर्णय गरिएको बास नेपाल लमजुङका सचिव रामजी बसौलाले बताउनु भयो । उहाँका अनुसार खुल्ला रुपमा आयोजना गरिने सडक कविता वाचन कार्यक्रम भाग लिनका लागि विभिन्न विद्यालय, क्याम्पस तथा अन्य संघसंस्थाहरूका साथै कविहरूले स्वतन्त्र रुपमा पनि कविता सुनाउन सक्नु हुने निर्णय गरिएको छ ।
त्यसैगरी, साउन २७ गतेका दिन ‘सुशासनमा युवाहरूको भूमिका’ विषयक खुल्ला वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिने भएको उहाँको भनाइ छ । त्यस्तै, आगामी भदौ ३० गते तीजका अवसरमा भ्रष्टाचार विरुद्ध तीज विशेष कार्यक्रम गरिने समेत निर्णय गरिएको सचिव बसौलाले जानकारी दिनु भएको छ ।
बास नेपाल लमजुङ शाखाका अध्यक्ष लक्ष्मी धितालको अध्यक्षतामा बसेको उक्त बैठकमा सल्लाहकारहरू नवराज पहाडी, रमाराज खनिया, कृष्ण केसी, कृष्णराज ओलिया लगायतका पदाधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।
स्मरणीय छ, बास नेपाल ट्रान्सपरेन्सी इन्टरनेशनलसँग आवद्ध रहेको सुशासनका लागि पैरवी गर्ने संस्था हो । यस संस्थाका मुलुकका अधिकांश जिल्लामा शाखाहरू सञ्चालनमा आएका छन् ।

प्रकाशित मिति २०८० असार २७, बुधबार ०५:५५ गते
हजुरको प्रतिक्रिया