साहित्यको श्रीबृद्धिमा जुट्दै निवृत्त शिक्षक समाज

साहित्यको श्रीबृद्धिमा जुट्दै निवृत्त शिक्षक समाज

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार २९ गते शुक्रबार ०८:५६

कार्यक्रममा रामायण वाचन, सांस्कृतिक एकीकरणमा भानुभक्तको योगदान, कृतित्वको विवेचना, व्यक्तित्वमा प्रकाश एवम् परिचयात्मक लेख प्रस्तुत गरिएको थियो ।

आउँदो भदौ २८ गते सोही ठाउँमा मोती जयन्ती भव्य रुपमा मनाउने पनि निर्णय

भोटेओडार(लमजुङ)– साहित्यको श्रीबृद्धिमा जुट्दै निवृत्त शिक्षक समाज लमजुङ जुट्न थालेको छ । सोही समाजको आयोजनामा सुन्दरबजार नगरपाालिका– ९ स्थित धारापानीमा भानुभक्तीय कृति पाठ र कविता वाचन गरी २१०सौँ भानु जयन्ती श्रद्धापूर्वक असार २९ गते मनाइएबाट त्यस्तो पुष्टि भएको हो ।
समाजका अध्यक्ष रामहरि न्यौपाने अध्यक्षतामा भएको उक्त कार्यक्रममा कवि तथा दुरा भाषा विज्ञ मुक्तिनाथ घिमिरे प्रमुख अतिथि हुनुहुन्थ्यो ।
सो अवसरमा सोमराज बरालले रामायण वाचन गर्नु भएको थियो भने ध्रुवबहादुर कुँवरले सांस्कृतिक एकीकरणमा भानुभक्तको योगदानका विषयमा प्रकाश पार्नु भएको थियो । यसैगरी, अङ्गराज घिमिरेले भानुभक्तको कृतित्वको विवेचना गर्नु भएको वरिष्ठ साहित्यकार गोविन्दबहादुर कुँवरले बताउनु भयो । उहाँका अनुसार सुन्दरबजार नगरपालिकाका निवर्तमान मेयर जनकराज मिश्रले  मन्तव्य सहित कविता वाचन गर्नु भएको थियो । यस्तै, रामकृष्ण अधिकारीले भानुभक्तको परिचयात्मक लेख प्रस्तुत गर्नु भएको थियो ।
यसैगरी, कविता वाचन गर्नेहरूमा बिष्णुभक्त अधिकारी, जनकलाल श्रेष्ठ, मीनप्रसाद ढकाल, सोमराज बराल, लवराज ढकाल, पूर्णकान्त सापकोटा, नारायणप्रसाद ढकाल, हरिश्चन्द्र सापकोटा, होतृराज ढकाल, तीर्थराज अधिकारी, लक्ष्मीप्रसाद मिश्र, रमेशचन्द्र अधिकारीलगायत हुनुहुन्थ्यो ।
काेषाध्यक्ष मधुविलास पौडेल स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन सचिव टीकाराम घिमिरेले गर्नु भएको थियो ।
सो अवसरमा आउँदो भदौ २८ गते सोही ठाउँमा मोती जयन्ती भव्य रुपमा मनाउने पनि निर्णय भएको समेत कविवर कुँवरले जानकारी दिनु भयो ।
यसअघि पनि उक्त समाजको कृति विमोचन सहितका कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति २०८० असार २९, शुक्रबार २०:५६ गते
हजुरको प्रतिक्रिया