मृगौलापीडित तुलप्रसाद गुरुङलाई उपचारका लागि अढाई लाख बढी सहयोग

मृगौलापीडित तुलप्रसाद गुरुङलाई उपचारका लागि अढाई लाख बढी सहयोग

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार ३१ गते आईतबार ०२:२४

कतारमा संकलन गरिएको रकम पीडित तुलप्रसाद गुरुङको घरमै पुगेर पत्रकार महासंघका निवर्तमान जिल्ला अध्यक्ष एवम् सामाजिक अभियन्ता आश गुरुङ र तमू प्ये ल्हु संघ लमजुङ प्रवास प्रचारप्रसार संयोजक आस प्ल्हें तमूले बिरामीलाई रकम हस्तान्तरण गर्नुभएको हो ।

मृगौला फेल भएका बिरामी गुरुङको हप्तामा दुई पटक डायलिस गर्नु परेको परिवारजनको भनाइ

लमजुङ– लमजुङको मस्याङ्दी गाउँपालिका– ९ निवासी तुलप्रसाद गुरुङलाई उपचारका लागि अढाई लाख बढी सहयोग प्राप्त भएको छ । मृगौलाका बिरामी साविक सिम्पानी गाविस– १, लामा गाउँ निवासी ५७ वर्षीय तुलप्रसाद गुरुङलाई कतारबाट सहयोग प्राप्त भएको हो ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उहाँको थप उपचारको लागि कतारमा रहनुभएका तमू प्ये ल्हु संघ कतार शाखाका प्रमुख सल्लाहकार रबिन्द्र गुरुङको विशेष पहलमा तमू प्ये ल्हु संघ कतारमा आवद्ध सदस्यहरूबाट ५५ हजार रुपैयाँ र रबिन्द्र गुरुङ कार्यरत दोहा कतारको एक प्रतिष्ठित कम्पनी TRAGS trading & agency services Ltd wll मा कार्यरत नेपाली दाजुभाइहरूबाट संकलित दुई लाख एक हजार रुपैयाँ गरी दुई लाख ५६ हजार रुपैयाँ पीडित तुलप्रसाद गुरुङलाई सहयोग गरिएको हो ।
कतारमा संकलन गरिएको रकम पीडित तुलप्रसाद गुरुङको घरमै पुगेर नेपाल पत्रकार महासंघ लमजुङका निवर्तमान अध्यक्ष एवम् सामाजिक अभियन्ता आश गुरुङ र तमू प्ये ल्हु संघ लमजुङ प्रवास प्रचारप्रसार संयोजक आस प्ल्हें तमूले असार २८ गते बिरामीलाई रकम हस्तान्तरण गर्नुभएको हो । उक्त रकम हस्तान्तरण कार्यक्रममा वडा सदस्य बिर्खबहादुर गुरुङ, बिरामीका श्रीमती, गाउँका गन्यमान्यलगायतको उपस्थिति थियो ।
दुबै मृगौला फेल भएका बिरामी गुरुङको हाल बेसीशहरस्थित लमजुङ अस्पताल लमजुङमा उपचार भइरहेको छ । हाल गाउँमा बस्दै आउनुभएका उहाँको सातामा २ दिन हरेक आइतबार र बुधबार डाइलाइसिस हुँदै आएको छ ।
हालसम्म मृगौलापीडित तुलप्रसाद गुरुङलाई सहयोग गर्नेहरूमा– १) डिल्लिजङ गुरुङ नेरु १० हजार (युके), २) दिपेन्द्र गुरुङ नेरु १० हजार (हङकङ), ३) साधुराम गुरुङ नेरु १० हजार (युके), ४) राजेन्द्र गुरुङ नेरु १० हजार (युके), ५) शान्तजङ गुरुङ नेरु सात हजार (साउदी), ६) युवराज गुरुङ नेरु १० हजार (जापान), ७) इन्द्र गुरुङ नेरु सात हजार (युएई) हुनुहुुन्छ । यसैगरी, ८) मावली तर्फबाट नेरु ५८ हजार पाँच सय (नेपाल, नजरे गाउँ), ९) तस्बिर माया गुरुङ नेरु पाँच हजार (बेसीशहर), १०) सुमित्र गुरुङ नेरु पाँच हजार (काठमाडौ), ११) चन्द्रकाशी गुरुङ नेरु पाँच हजार (काठमाडौ), १२) लुकु गुरुङ नेरु पाँच हजार (पोखरा), १३) च्योना गुरुङ नेरु पाँच हजार (पोखरा), १४) खेमराज गुरुङ नेरु पाँच हजार (लामागाउँ), १५) जमुना गुरुङ नेरु एक हजार (लामागाउँ), १६) ऋषि श्रेष्ठ नेरु एक हजार (खुदी), १७) सूर्य गुरुङ नेरु पाँच हजार (लामागाउँ), १८) गिमायाँ गुरुङ नेरु पाँच हजार (भलामचौर साडा), १९) तिलक गुरुङको पहलमा नेरु १२ हजार (चितवन), १८) कमिजमाया गुरुङ नेरु पाँच हजार (लामागाउँ), १९) लामागाउँ भाइखलक समाजबाट नेरु १० हजार (लामागाउँ), २०) गंगाबहादुर गुरुङ नेरु छ हजार (लामागाउँ, हाल जर्मन) र २१) हेमबहादर गुरुङको पहलमा साउदीमा कार्यरत साथीहरूबाट नेरु ६९ हजार तीन सय, २२) रबिन्दु गुरुङको पहलमा कम्पनीमा कार्यरत साथीहरूबाट नेरु दुईलाख एक हजार रुपैयाँ २३) रबिन्द्र गुरुङको पहलमा तमू प्ये ल्हु संघ कतारबाट नेरु ५५ हजार रुपैयाँ गरी हालसम्म जम्मा कुल रकम नेरु पाँच लाख १९ हजार एक सय रुपैयाँ सहयोग प्राप्त भएको छ ।

प्रकाशित मिति २०८० असार ३१, आईतवार १४:२४ गते
हजुरको प्रतिक्रिया