सुन्दरबजार अस्पताललाई अटोसिस्टम भएको वाशिङ मेसिन निःशुल्क हस्तान्तरण

सुन्दरबजार अस्पताललाई अटोसिस्टम भएको वाशिङ मेसिन निःशुल्क हस्तान्तरण

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन ४ गते बिहिबार १०:२१

कम्पनीको व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत ॐ फर्निचर एण्ड फर्निसिङ सेण्टर सुन्दरबजारका प्रोप्राइटर नवीन श्रेष्ठको समन्वयमा सुन्दरबजार अस्पताल(सरकारी) तार्कुटार लमजुङलाई ७५ हजार रुपैयाँ मूल्य बराबरको अटोसिस्टम भएको वाशिङ मेसिन साउन ४ गते प्रदान गरेको हो ।

डिजिटल होम इन्टरनेशनल (डिएचआई) कम्पनी ललितपुरद्वारा सो मेसिन हस्तान्तरण

सुन्दरबजार(लमजुङ)– सुन्दरबजार अस्पताल(सरकारी) तार्कुटार लमजुङलाई अटोसिस्टम भएको वाशिङ मेसिन निःशुल्क हस्तान्तरण गरिएको छ । डिजिटल होम इन्टरनेशनल (डिएचआई) कम्पनी ललितपुरले साउन ४ गते सो कार्य गरेको हो ।
सुन्दरबजार अस्पतालमा भएको हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला, बिशेष अतिथि उपमेयर भवानी केसी, सुन्दरबजार नगरपालिका– ७ का अध्यक्ष जयराम रेग्मी, डिएचआई कम्पनीका डिलर नवीन श्रेष्ठले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट डाक्टर होमबहादुर गुरुङलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो ।
ललितपुरको उक्त कम्पनीको व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत ॐ फर्निचर एण्ड फर्निसिङ सेण्टर सुन्दरबजारका प्रोप्राइटर नवीन श्रेष्ठको समन्वयमा सुन्दरबजार अस्पताल(सरकारी) तार्कुटार लमजुङलाई ७५ हजार रुपैयाँ मूल्य बराबरको अटोसिस्टम भएको वाशिङ मेसिन प्रदान गरेको हो ।
मेसिन हस्तान्तरण पछि प्रमुख अतिथि मेयर कोइरालाले सुन्दरबजार नगरपालिकाको गहनाको रुपमा सुन्दरबजार अस्पताल रहेको हुँदा यसको स्तरोन्नति गर्न आफू लागि परेको स्मरण गर्दै प्रतिवद्धता दोहोर्याउनु भयो । उहाँले आवश्यक थप सहयोग गर्न सदैव नगरपालिका तयार रहेको बताउनु भयो । उहाँले हालै सम्पन्न नगरसभाले समेत सुन्दरबजार अस्पतालको भौतिक विकास, व्यवस्थापकीय क्षमता अभिबृद्धी, जग्गा प्राप्ति, भवन निर्माण तथा प्रदेश स्तरीय अस्पतालमा स्तरोन्नति गरि ट्रमा सेण्टर स्थापना गर्ने, ब्लड बंैक स्थापना गर्ने, स्वास्थ बीमालाई प्रभावकारी बनाउने नीति तय गरेको बताउनु भयो ।
विशेष अतिथी उपमेयर के.सी.ले सुन्दरबजार अस्पतालको सेवालाई प्रभावकारी बनाउन जहाँ जहाँ छौं त्यहाँ त्यहाँबाट सहयोग गर्नु पर्ने खाँचो औंल्याउँदै सुन्दरबजार नगरपालिका सदैव यो सरकारी सुन्दरबजार अस्पतालको साथमा रहेको बताउनु भयो । उक्त अस्पतालकाका जग्गा दाता समेत रहनु भएका सुन्दरबजार नगारपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीले अस्पताल २४ सै घण्टा सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको बताउँदै वडा र आफ्नोतर्फबाट अस्पतालको विकास र बिस्तारको लागि कहाँ कहाँ के के गर्नु पर्ने, डेलिगेसन जान पर्ने लगायतका सबै काममा आफू जान तैयार भएको बताउनु भयो ।
सुन्दरबजार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले अस्पतालमा तत्कालै डाक्टर, ल्याब, फार्मेसी, रेडियोग्राफर र कप्युटर अप्रेटर स्टाफ भर्ना गर्नु पर्ने स्थिति रहेको बताउँदै भिडियो एक्सरे मेसिन र ल्याबका मेसिनहरू शिघ्र खरिद गरि सेवा बिस्तार गर्ने योजना समितिको रहेको बताउनु भयो । अध्यक्ष श्रेष्ठले लमजुङ जिल्ला अस्पताल र सुन्दरबजार अस्पताल बीच भगिनी सम्बन्ध स्थापना गर्न सम्झौता गर्ने तयारी भएको जानकारी दिनु भयो ।
त्यस्तै, सुन्दरबजार अस्पतालका मेसु डाक्टर होमबहादुर गुरुङले अस्पतालको तत्कालै गर्नु पर्ने आवश्यकता बिषयमा जानकारी दिदै अस्पतालको सेवा क्षेत्रहरू बढाउन आफू लागि परेको बताउनु भयो । उहाँले वासिङ मेसिन निःशुल्क प्रदान गर्ने डिएचआइ कम्पनी र समन्बय गर्नु हने डिलर नवीन श्रेष्ठलाई धन्यवाद दिदै आगामी दिनमा अझै यस्ता सहयोग प्राप्त भइरहने अस्पतालले अपेक्षा गरेको बताउनु भयो ।
सो अवसरमा डिएचआई कम्पनीका डिलर एवम् समन्वयकर्ता ॐ फर्निचर एन्ड फर्निसिङ सेण्टरका प्रोप्राइटर नवीन श्रेष्ठले आफूले अस्पतालको अहिलेको आवश्यकता पहिचान गरी सोका लागि समन्वय गरी वाशिङ मेशिन निःशुल्क रुपमा हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले आगमी दिनमा अझै यस्ता सेवाहरू गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । सो कार्यक्रममा सुन्दरबजार नगरपालिकाका वडा सदस्य मुरली कुमाल, समाजसेवी गेहेन्द्र मिश्र, कानुनी सल्लाहकार सुदर्शन जोशी, लगायतको सहभागिता थियो ।
कार्यक्रमको सञ्चलान सिनियर अहेब दिपक पण्डितले गर्नु भएको थियोे । विश्वस्तरीय घरेलुु बिद्युतीय उपकरणहरू नेपाली उपभोक्ता माझ पुर्याउने उद्देश्य लिएको डिएचआई कम्पनीले वाशिङ मेशिनको अलवा फ्रीज, एसि, पंखा, राइसकुकर, टिभी लगायतका सम्पूर्ण इलेक्ट्रोनिक समानहरू तीन सय डिलर र दुई हजार सब डिलर मार्फत बिक्री बितरण गरिरहेको छ ।
सो अवसरमा मेयर कोइराला सहितको टोलीले विरामीसँग सेवाका बारेमा जानकारी लिनु हुँदे अस्पतालको गतिविधि तथा अवस्थाका बारेमा निरीक्षण समेत गर्नु भएको थियो ।
सेवा भावना र इच्छा शक्ति भए उपलब्धीपूर्ण काम गर्न सकिन्छ भन्ने सन्देश दिन सुन्दरबजार अस्पतालको हालै आएको व्यवस्थापन समिति र खासमा त्यो समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठको लगावले निकै काम गरेको देखिन्छ । उहाँले अध्यक्ष बहाल गरेको छोटा अवधिमा युरो गार्न पनि अनुदानमा ल्याउनु भएको थियो । त्योसँगै अस्पतालमा लाइन फोन सेवा जडान गरिएको थियो । आज वासिङ मेसिन पनि निःशुल्क अस्पतालमा प्राप्त भएको छ । यसप्रकार निकट भविश्यमा पनि थप आवश्यक सामग्री उपलब्ध हुने वातावरण तयार भएको अध्यक्ष श्रेष्ठले जनाकारी दिनुभएको छ ।

प्रकाशित मिति २०८० श्रावण ४, बिहीबार २२:२१ गते
हजुरको प्रतिक्रिया