गण्डकीका स्वास्थ्य मन्त्री सिम्खडाद्वारा सुन्दरबजार अस्पतालको निरीक्षण

गण्डकीका स्वास्थ्य मन्त्री सिम्खडाद्वारा सुन्दरबजार अस्पतालको निरीक्षण

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन ५ गते शुक्रबार १०:०७

सो अवसरमा स्वास्थ्य मन्त्री शुशीला सिम्खडाले प्रदेश सरकारबाट विधि र कानुनको अधिनमा रहि सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

सुन्दरबजार अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न मन्त्री समक्ष माग

सुन्दरबजार(लमजुङ)– गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशीला सिम्खडाले सुन्दरबजार अस्पताल तार्कुटार लमजुङको निरीक्षण गर्नु भएको छ । मन्त्री सिम्खडाले सो अस्पतालको साउन ५ गते निरीक्षण गर्नु भएको हो ।
सो क्रममा मन्त्री सिम्खडाले अस्पतालको स्तरोन्नति गर्न जरुरी रहेको आफूले पाएको बताउनु भयो । सो अवसरमा उहाँले विशेषतः मध्य पहाडी लोकमार्ग र डुम्रे– बेसीशहर मार्गको केन्द्रमा रहेको यस अस्पताललाई ट्रमा सेण्टरको रुपमा विकास गर्न सकिएमा धेरै प्रभावकारी र उपयोगी हुने अस्पतालको अपेक्षालाई अध्ययन गर्ने बताउँदै प्रदेश सरकारबाट विधि र कानुनको अधिनमा रहि सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । साथै सुन्दरबजार अस्पतालको समग्र विकासका लागि आपसी हातेमालो गरांै भन्दै अस्पतालको उत्तरोउत्तर प्रगतिको कामना मन्त्री सिंखडाले गर्नु भएको थियो ।
सो अवसरमा सुन्दरबजार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले सुन्दरबजार अस्पतालको भौतिक अवस्थाको जानकारी गराउँदै जग्गा प्राप्ती, भवन निर्माण, आवश्यक जनशक्ति र अस्पताललाई आवश्यक यन्त्र तथा उपकरण उपलब्ध गराईदिनु हुन मन्त्री सिम्खडालाई अनुरोध गर्नु भयो ।
सो अवसरमा सामाजिक विकास तथा स्वास्थ मन्त्रीलाई अस्पतालमा स्वागत गर्नु हुँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर होमबहादुर गुरुङले २४ सै घन्टा अस्पतालको सेवा सञ्चालन गर्न आफूहरू प्रतिक्षारत रहेको बताउनु भयो । मन्त्री समक्ष उहाँले सुन्दरबजार अस्पतालको विकासका लागि लिखित निवेदन पेश गर्नु भएको थियो ।
सो अवसरमा लमजुङ जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङले जिल्ला अस्पताल र सुन्दरबजार अस्पतालले आपसमा समन्वय गरी भगिनी सम्बन्ध विस्तार गर्ने भएको जानकारी दिनुभयो । सो अवसरमा जिल्ला अस्पतालको व्यवस्थापन समितिका सदस्य बासुदेव थापा, नेकपा माओवादी सुन्दरबजार नगरका इञ्चार्ज सुनिल सुनार, अस्पतालका जग्गादाता रमेशबाबु सापकोटा, समाजसेवी गेहेन्द्र मिश्र, भुपती बास्तोला, सुन्दरबजार नगरपालिकाका आइ टि प्रमुख सुजन मिश्र लगायतको सहभागिता थियोे ।

प्रकाशित मिति २०८० श्रावण ५, शुक्रबार २२:०७ गते
हजुरको प्रतिक्रिया